नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत ‘घरमा आइसियोस न ‘ मा नायक  भुवन केसी र  मोडेल सृष्टि खड्काको अभिनय रहेको छ ।

प्रेमिल शैलीको उक्त गीत भिडियोमा नायक केसी  मैसाव सृष्टिलाइ भेटन घोडचडी देखि, दरवारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ ।


 ‘घरमा आइसियोस न ‘गीतमा कृष्ण भारद्वाजको म्युजिक कम्पोज र बिशम आचार्यको एरेन्जमेन्ट रहेको छ  ।
सन्तोष राजबाहकको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र  विकास दाहालको सम्पादन रहेको छ।
भिडियोलाइ गायिका रानी शाक्यको युट्युब च्यानल (Rani Shakya) मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो लिन्क

तपाईको प्रतिक्रिया