२० डिसेम्बर २०२० हङकङ ।२०२० । क्रान्ति सुब्बा ।

आज हङकङमा देखिएको ७४ कुल कोरोना संक्रमित केसमा ४ आयातित र ७० स्थानीय परेकाछ्न। स्थानीय केस अन्तर्गतका ४५ जनालाई पहिलाका रोगीबाट कोरोना सरेको हो भने २५ जनालाई कुन स्रोतबाट कोरोना सरयो पुष्टि हुन सकेन। हङकङमा कोरोना संक्रमित संख्या जम्मा ८,१५३ पुगेको छ।मृत्यु संख्या १३० पुगेकोछ।

सातिनको याता सुपर मार्केटबाट ४ , बिल्ली सर म्युजिक क्लास रुमबाट २, चुङ कान ओ लाम तीन टनलबाट १, सेन्ट्रलको ग्लो स्पा एण्ड सेलुनबाट २ केसहरु आज आएका हुन।

हङकङमा कोभिड चौथो लहरको प्रकोप गम्भीर बन्दै गएपछि हङकङका कहलिएका स्वास्थवीदहरुले अब अत्यावश्यक चीजबीजको व्यापार बाहेक अरु बन्द गर्नु पर्ने , सपिङ्ग सेन्टर खोल्ने समय घटाउनु पर्ने सुझाव अघिसारेकाछ्न।

“सोमबार देखि शुक्रबार सम्म मानिसको हिड्डुल कम भए पनि सनिवार र आइतबार मानिसको घुइँचो मलहरुमा बग्रेल्ती देखियो। यसको मतलब वासिन्दाहरुमा भिड्भाड गर्नु हुन्न भन्ने सोचको अभाव देखियो।”प्रोफेसर डेविट हुइ भन्छ्न।

संक्रामक रोग विशेषज्ञले त मानिसको भिड हुने सपिङ्ग मलहरु आइतबारको दिन ६ देखि आठ घन्टा अगाडि नै बन्द गर्नुपर्ने सुझाव दिएका छ्न। सुपर मार्केट खुला रहन सक्छ तर हेयर सेलुन तथा लुगा दोकान जस्ता कम महत्त्वका स्टोरहरु बन्द हुनुपर्छ ।

क्रीसमस र नयाँ वर्षका भेला र पार्टीहरु गर्नु हुन्न।नागरिकहरु घरमै बस्नु पर्दछ यो बेला हुइ भन्छ्न। थप्छ्न- यदी सामाजिक दुरि र महामारी संबंधी नियम पालनामा नागरिकहरुले उदासीनता प्रकट गरेभने भाइरसको प्रकोप लाई रोक्न कर्फ्यु पनि लगाउनु पर्दछ।

” निजि स्तरमा गरिने भेलालाई अनुगमन गर्न गाह्रो हुन्छ । त्यसैले नागरिक आफैले यस्तो बिषय सजगता देखाएनन भने मेल्बर्नमा जस्तो कर्फ्यु नै लाउनु पर्छ” उनले भने।

अर्का संक्रामक रोग विशेषज्ञ डाक्टर जोसेफ चाङले पनि हुइ कै कुरालाई सहि थाप्दै भने -” सामाजिक एवम भौतिक दुरि सम्बन्धि जतिसुकै कडा नियम लागू गरेता पनि खासै प्रभावकारी देखिएको छैन।”

” यदि व्यवसाय गर्ने समय घटाउदा समेत उत्तिकै मानिसहरु सडकमा निस्किरहे भने अर्को कदम भनेको शहरव्यापी लक डाउन नै हो”।

क्युइन एलिजाबेथ अस्पतालको आइसोलेसन वार्डबाट गत शुक्रबार भागेका ६३ वर्षका कोभिड रोगीलाई अहिलेसम्म सम्म प्रहरीले भेटेको छैन। यो कुराले समाजमा चिन्ता थपेको छ। त्यसमाथि अझ आइतबार एक जना ८४ वर्षकि वृद्वाको मृत्यु हुन गएकोछ कोरोनाबाट।

तपाईको प्रतिक्रिया