क्रान्ति सुब्बा । हङकङ ।

हङकङकि कार्यकारी प्रमुख  क्यारी लामले डिसेम्बर १४ तारिख मंगलबार हङकङका प्रमुख यातायात अपरेटरहरू (एमटिआर, बस र ट्राम )ले स्वेच्छाले विधायिका (व्यवस्थापिका) परिषदको चुनावको दिन नि: शुल्क सेवाहरू उपलब्ध गराउने भएको कुरा बताएकी छिन। तर  मतदाताको मतदान दर बढाउने हेतुले यो काम गर्न लागिएको होइन बरु यो त सामुहिक उत्तरदायित्वबोधको संकेत भएको भन्ने कुरा स्पष्ट पारिन।

हङकङमा परिचालित खोप सन्दर्भमा  हालमा वृद्धवृद्धा वा दीर्घ  रोगबाट पीडित  बिरामीहरू जो उच्च जोखिम समूहका नागरिकभित्र पर्दछ्न- लाई  मात्र बायोन्टेक  खोपको तेस्रो (बुस्टर) डोज उपलब्ध छ भनेकी छिन।

कार्यकारी परिषदको बैठकमा भाग लिनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै लामले आइतवार (डिसेम्बर १९) मा हुने लेज्को ( लेजिस्लेटिव काउन्सिल )को निर्वाचन चीनले लागू गरेको निर्वाचन ऐन सुधार पछिको पहिलो ठूलो निर्वाचन भएको भन्दै यो चुनाव अर्थपूर्ण हुने खुलासा गरिन।

ठूला सार्वजनिक यातायात कम्पनीहरू पनि  निर्वाचन सफल बनाउन के भुमिका निर्वाह सकिन्छ भन्ने आशयका साथ  त्यस दिन नि:शुल्क सेवा उपलब्ध गराउन लागेको कुरा लामले बताइन।

हरेक सार्वजनिक यातायात कम्पनीले समय समयमा नागरिकलाई विशेष छुट दिनको लागि रकम छुट्याएको छ जस्तै  ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराउने गरेको छ – उनले भनिन।

तर  यो रकम व्यवस्थापनमा सार्वजनिक कोषबाट एक पैसा पनि  लिइएको हुदैन र यसको असर  सञ्चालकहरूले  भविष्यमा दिने  भाडा समायोजनको आवेदनमा पनि  पर्दैन – उनले थपिन।

जनवरी १, २०२२ मा हुने नवनिर्वाचित विधायकहरुको  सपथ ग्रहण प्रक्रियाको प्रमुख आफू स्वयं हुने जानकारी पनि उनले दिइन।  त्यसपछि, जनवरी १२ मा हुने  बिधायिकी  परिषद ( लेजिस्लेटिव काउन्सिल ) को प्रश्नोत्तर सत्रमा नवनिर्वाचित विधेयकहरु बीच उनी उपस्थित हुनेछिन।

तपाईको प्रतिक्रिया