अरेन्द्र गुरुङ । हङकङ ।

१२ डिसेम्बर आइतबार प्रदेश नम्बर १ गुरुङ्ग समाज हङकङले  युवाहरुको व्यक्तित्व विकासको लागि एक कार्यक्रमको आयोजना जोर्डन स्थित चुम्लुङ हिमको कक्षमा सम्पन्न गरेको छ।
  करियर एक्स्प्लोरेसन एन्ड स्किल ट्रान्सफर टु युथ प्रोग्राम (Career Exploration & Skill Transfer To Youth Program) अर्थात युवाहरुलाई कसरी दक्ष जनशक्तिमा रुपान्तरण गर्ने भन्ने यस्तो  कार्यक्रमको ठुलो महत्त्व रहेको अभिव्यक्ति प्रदेश नम्बर १ गुरुङ समाजका सल्लाहकार लाल बहादुर गुरुङले बताएका थिए । हङकङका नेपाली नानीहरू यहीँ पढेर जताततै जागीर खाने भएपछि अस्पताल तिर जान पनि सजिलो भएको अनुभव गुरुङले सुनाए।

प्रदेश १ का गुरुङ युवा, अभिभावकको बिशेष उपस्थिति रहेको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष नरेन्द्र गुरुङले दिएका थिए । 

अभिभावक तथा युवाहरु बीच अनुभव,ज्ञान, सीप ,बिचार साटासट गर्ने यस प्लेटफर्मबाट तु युन कि फ्रुट कम्पनी लिमिटेडका डाइरेक्टर प्रकाश गुरुङ (जेपि)ले हङकङमा व्यवसाय गर्दा अहिले सम्म के कस्ता अप्ठ्याराहरु भोग्नु पर्यो, हङकङमा ब्यबसाय गर्न कतिको सहज छ, नेपाली बजार केन्द्रित व्यवसायको भविष्य  कस्तो छ र लोकल मार्केटमा कस्तो व्यवसाय लिएर  कसरी छिर्ने कुराहरुबारे बताएका थिए।

प्रदेश १ गुरुङ समाजका सदस्य पिएचडी विद्यार्थी क्रीती लर्निङ सेन्टर (Kriti Learning centre) कि डाईरेक्टर दिव्या गुरुङ्गले अभिभावक तथा युवाहरुलाई केही महत्वपूर्ण गाइडेन्स टिप्स दिएकी थिइन । विद्यार्थीले पढाइमा के कस्ता अवरोधहरू सामना गर्नु परेको हुन्छ र विद्यार्थी जीवनमा आमाबाबुबाट कस्तो प्रकारको सहयोगको अपेक्षा गरिएको हुन्छ ? र युवाहरूको आफ्नो समुदायप्रतिको दायित्व के हो?  के तपाईलाई भविष्यको जीवनको लागि निष्क्रिय आय वा लगानीको ज्ञानबारे प्रकाश पारेकी थिइन।

हङकङ साहित्यीक साझा श्रृङखलाका संयोजक तथा चित्रकार  रमण गुरुङले कविता वाचन गरेर दर्शकलाई फरक स्वाद दिएका थिए  ।

हङकङको एक गैरसरकारी संस्था अपराध निराकरण तथा पुनर्सुधार समाज (The society of rehabilitation and crime prevention) ले यस  कार्यक्रमको लागि हल उपलब्ध गराई दिएको थियो जहाँ संस्था स्वयंले हङकङमा युवाहरुलाई आपराधिक  कृयाकलापबाट मुक्त गराउन अभिभावकहरुले के कस्ता भुमिका निर्वाह गर्न सकिन्छ भन्ने  सन्देशहरु पावरपोइन्ट मार्फत प्रदर्शन गरिएको थियो ।
हङकङ नेपाली  लगानी ग्रुप लिमिटेड (HK Nepali Lagani Group Limited) का कार्यकारी प्रमुख
नंन्द घलेले अबका युवाहरु किन लगानीमा आकर्षित हुने? पेसिव इनकम भनेको के हो? स्मार्ट इन्भेस्टर कसरी बन्न सकिन्छ आदिबारे पावरपोइन्ट मार्फत खलस्त पारेका थिए ।
असिम  कन्सल्टेन्सीका डाइरेक्टर तथा समाजसेवी  लब कुमार गुरुङले अबका युवा व्यवसायतिर ” भन्ने सन्देश दिनका लागि युवाहरूलाई व्यवसाय कसरी गर्ने ? कुन व्यवसाय  गर्ने ? व्यवसाय  दर्ता कहाँ गर्ने ? कसरी गर्ने ? आदिबारे बताका थिए ।
हङकङका पहिलो नेपाली पुलिस निरज गुरुङ्गले हङ्गकङ्गमा  पुलिस बन्न के के कुरा चाहिन्छ भन्नेबारे बताएका थिए ।

मेडिटेसन तथा योगा टिचर इको गानले योगा र मेडिटेसन द्वारा निरोगी बन्ने उपाय हो बताउदै केही नमुनाहरु प्रदर्शन पनि गरेकी थिइन ।

कार्यक्रममा भाग लिएका विद्यार्थी तथा  पाहुनाहरुलाई प्रदेश १ गुरुङ समाज हङकङका अध्यक्ष हेम प्रताप गुरुङको हातबाट प्रशंसा पत्र वितरण गरिएको थियो ।

कार्यक्रमको संचालन प्रदेश १ गुरुङ समाजका सचीव निकेश गुरुङ र सम्झना गुरुङले गरेका थिए ।

तपाईको प्रतिक्रिया