२१ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा ।

हङकङमा आज देखा परेका ८५ केसमा ७ जना आयातित र ७८ जना स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गतका ५१ जनालाई पुरानो रोगीबाट कोरोना सरेको देखिएको छ भने २७ जनालाई कताबाट संक्रमण भयो पत्तो नलागेको अवस्था छ। कोरोना लाग्नेको कुल संख्या हङकङमा ८,२३८ पुगेको छ। आजको संक्रमितमा ४० पुरुष ४५ महिला परेकाछ्न। आजको दिन कम्युनिटी टेस्टिङ सेन्टरबाट २१ केस आएका थिए । पचास भन्दा बढीमा प्रारम्भिक पोजिटिभ देखिएका थिए ।

आज सेन्ट्रलको ग्लो स्पा एन्ड सेलुनबाट ४ केस, छोइ वान इस्टेटको मिङ लाई हाउसबाट १, क्वाइ सिइङ वेस्ट स्टेटको ब्लक ८ को पाँच तलाबाट १, युन लङको फङ निन बिल्डिङको बोर्डिङ हाउसमा बस्ने एक जना घरेलु काम्दारको केस दर्ज भएकाछ्न।

क्वाइ चिङको सेक लेइ स्टेटमा पर्ने सेक विङ हाउस , याउ तङ्को याउ लाई स्टेटमा पर्ने यात लाई हाउस र साउ केइ वानको मिङ्वा ताइ हाको ब्लक ए यी तीन हाउजिङ युनिटमा बस्ने या आवतजावत गर्ने मानीस अनिवार्य कोरोना टेस्टमा जानू पर्ने आदेश सरकारले जारी गरेकोछ। यी तीन बिल्ड्डिङबाट पाँच जना संक्रमित भएपछि यो स्थिति आएको हो।

कोरोना चौथो लहरबारे भबिस्यबाणी गर्न नसकिने भएपछी पुर्ब सतर्कता नै एक मात्र विकल्पस्वरूप पाठ्शालाहरु सबै जनवरी १० तारीख सम्मको लागि बन्द हुने भएकाछ्न।

डिसेम्बर २१ तारीख दिनको ४:३३ बजे ८२ वर्षकी महिलाको कोरोनाग्रस्त भएर मृत्यु भएकोछ प्रीन्सेस मार्गरेट अस्पतालमा ।

तपाईको प्रतिक्रिया