क्रान्ति सुब्बा । हङकङ ।

डिसेम्बर १९ मा सम्पन्न हुने बिधान परिषदको चुनावको लागि  एमटिआर कर्पोरेशन लिमिटेड (MTR), फ्रेन्चाइज्ड बस अपरेटरहरू र हङकङ ट्रामवेजले जनताको लागि निःशुल्क सवारी प्रदान गर्ने भएको छ। यातायात विभागले जनसमुदायलाई निःशुल्क सवारीको दायरा र संबंधित  व्यवस्थाहरूमा ध्यान दिन अनुरोध गरेको छ। जसको विवरण देहाय बमोजिम रहेको छ।

(१) एमटिआर (MTR)

एमटिआरले प्रदान गर्ने निशुल्क सेवा अन्तर्गत  लाइट रेल र एमटिआर बस सहित आन्तरिक एमटिआर सेवाहरू।  एयरपोर्ट एक्सप्रेस  यो निशुल्क सेवाको दायरा भित्र पर्दैन ।

(२) फ्रेन्चाइज्ड बस

निम्न बस कम्पनीले निशुल्क सेवा प्रदान गर्नेछ्न ।काउलुन मोटर बस कम्पनी (स्थापना :१९३३) लिमिटेड, न्यू वर्ल्ड फर्स्ट बस सर्भिसेज लिमिटेड, सिटीबस लिमिटेड र लङ विन बस कम्पनी लिमिटेड

निम्न बस सेवा निशुल्क उपलब्ध हुने छैनन।
विमानस्थलमा जाने “A” र “NA” रुटहरू , पोर्ट प्रवेशद्वार जाने  “B” रुटहरू, दर्शनीय स्थल जाने बसका “H” रुटहरू, रात्री सेवा  बसका “N” रुटहरू र भर्खरै संचालनमा आएको लामो दुरीका बस सेवाका “P” रुटहरू।

(३) हङकङ ट्रामवे

सबै ट्राम मार्गहरू
  त्यस दिन पहिलोदेखि अन्तिम प्रस्थानसम्मका सबै ट्राममा निःशुल्क सवारी गर्न पाइनेछ। सेवाहरू सामान्य स्तरमा कायम राखिनेछ । यात्रुको माग र ट्राफिकको अवस्था हेरेर  व्यस्त मार्ग र पिक आवरमा थप सेवा उपलब्ध गराउन सकिनेछ। सवारी सेवा सम्बन्धि स्थलगत व्यवस्थापनलाई हेरेर   जनसमुदायले  सार्वजनिक यातायात सञ्चालकका कर्मचारीहरूसँग सहकार्य गर्न सक्नेछन।

तपाईको प्रतिक्रिया