काठमाडौँ। मोडल सुरज श्रेष्ठ’को एनिभर्सरी’सबै कुरा बिर्सिएर आकाश र पूजाले ठुम्का लगाए’ साथमा पुष्प र गरिमा’को पनि प्रेम झल्कियो’ दमदार भिडियो । मिठो शब्द लेख्नमा माहिर गीतकार बाल के न्यौपानेको शब्द हरि लम्सालको संगीत उदयराज पौडेलको संगीत संयोजन चन्द्र चौधरीको मिक्सिङ अस्मिता अधिकारी र निशान भट्टराईको आवाजमा निकै नै मिठो किन होला बैमानी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा चर्चित अनुहारहरु नायक आकाश श्रेष्ठ नायिका पूजा शर्मा नायक पुष्प खड्का मोडल गरिमा शर्मा मोडल सुरज श्रेष्ठ मोडल कबिता श्रेष्ठको दमदार नृत्य सहित अभिनय रहेको छ । भिडियोमा निर्देशन/तथा नृत्य निर्देशन शिव बि क छायांकन ज्ञानेन्द्र शर्माहुमागाईं सम्पादन बिष्णु खड्काको रहेको छ गीतको भिडियोमा लगानी दुर्गा धिमालको रहेको छ । गीत संगीतमा लामो समय देखि गीत तथा संगीत सिर्जना गर्दै आईरहेका गीतकार बाल के न्यौपाने भन्छन-

गीत तथा संगीत जति राम्रो बनेको छ भिडियो पनि हामीले त्यतिकै मेहनत गरेर बनाएका छौं । आशा छ दर्शक स्रोताहरुले मन पराउनु हुनेछ । गीतको भिडियोलाई Bk creations को यूट्युब च्यानलमा हेर्न सकिन्छ भने गीतको अडियो तथा भिडियोलाई Bk creations ले पोस्ट प्रोडक्सन गरेको छ ।

आउनुहोस यो रमाईलो गीतको भिडियो हेरौं ।

तपाईको प्रतिक्रिया