क्रान्ति सुब्बा । हङकङ ।

डिसेम्बर २० तारीख सोमबार बिहान १० वटा मत गन्न बाकी रहेका निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि बिधान सभाको निर्वाचनमा भौगोलिक क्षेत्रका  सबै २० सिटमा संस्थापन पक्षधर उम्मेदवारले विजय हासिल गरेका छन।

डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ (DAB) सबैभन्दा ठूलो विजेताको रूपमा उभिएको छ, यसका उम्मेदवारहरूले प्रत्येक १० निर्वाचन क्षेत्रमा विजयी भएका छन।

हङकङ आइल्याण्ड पूर्वी निर्वाचन क्षेत्रको नतिजा बिहान ६.०५ बजे घोषणा गरिएको थियो।  विजेताहरू हङकङ फेडेरेसन अफ ट्रेड युनियन (FTU) का स्टेनली ङ्ग चाउ-पेई र DAB का एडवर्ड ल्यङ हेई क्रमशः ६४,५०९ र २६,७९९ मत ल्याएर विजयी भएका छन।

उनीहरूले न्यु पिपुल्स पार्टीका मर्कुस  लिउ टिन–सिङ र एमटीआर ह्विसलब्लोअर जेसन पून चुक–हुङलाई हराएका थिए जसले  क्रमशः २३ हजार १७१ र १४ हजार ४ सय ३५ मत ल्याएका छन ।

हङकङ आइल्याण्ड वेस्टमा न्यु पिपुल्स पार्टीकी रेजिना इप लाउ सुक–यी र डिएबीकी चान होक–फङले ६५,६९४ र ३६,६२८ मतका साथ विजयी भएका छन ।  प्रजातन्त्र समर्थक स्वतन्त्र उम्मेदवार फोङ लुङ-फेई ८,०५८ मतका साथ तेस्रो स्थानमा रहे।

काउलुन सेन्ट्रलमा DAB का स्टार्री ली वाइ-किंग र जिल्ला काउन्सिलर किट्सन याङ स्वतन्त्र उमेदवार म्यान्डी टाम ह्युङ-म्यान भन्दा अगाडि रहेका छ्न।

लीले ९५,९७६ मत प्राप्त गरे, जुन सबै भौगोलिक निर्वाचन क्षेत्रका उम्मेद्वारहरूमध्ये सबैभन्दा बढी हो, जबकि याङ र तामले क्रमशः ३५,७०२ र ८,०२८ मत प्राप्त गरे।

काउलुन वेस्टमा डीएबीका भिन्सेन्ट चेङ विङ शुन र काउलुन वेस्ट न्यू डायनामिकका स्कट लेउङ मान-क्वङ ३६,८४० र १५,९६१ मतका साथ पहिलो र दोस्रो भए।  पूर्व सांसद(ल मेकर) फ्रेडरिक फङ किन–की १५,९६१ मतले पराजित भए ।

काउलुन इस्टमा एफटीयूका बिल ताङ का-पिउ र डिएबिका फ्र्यान्की ङ्गान मान-युले ६५,०३६ र ६४,२७५ मत प्राप्त गरे, जसमा पाथ अफ डेमोक्रेसीका जेफ्री चान चुन–हुङसहित तीन जनाले २,९९९ मत प्राप्त गरे।

न्यु टेरिटोरिज दक्षिण पूर्वमा डिएबिका स्टेनली ली साई-विंग र प्रोफेशनल पावरका कोनी लाम सो-वाइ साई कुङ जिल्ला परिषद्का उपाध्यक्ष डेरिल चोइ मिङ-हेईभन्दा अगाडि रहे।

ली र लामले क्रमशः ८२,५९५ र ३८,२१४ मतले विजयी भए भने चोईले मात्र ६,७१८ मत प्राप्त गर्न सफल भए ।

न्यू टेरिटोरीज नर्थ वेस्टमा डिएबीका होल्डन चाउ होडिङ र राउण्डटेबलका माइकल टिएन पुक-सनले क्रमशः ९३,१९५ र ४०,००० मत पाएका थिए, जसले ४,०६६ मत पाएका थर्ड साइडका क्यास्पर वोङ चुन-लङलाई सजिलै पराजित गरे।

न्यु टेरिटोरिज नर्थ इस्टमा, डिएबी (DAB )का ग्यारी चान हक-कान र न्यु पिपुल्स पार्टीका डोमिनिक ली चे-किङले दुई गैरसंस्थापन उम्मेदवारहरू नेल्सन वोङ सिङ-ची र पाथ अफ डेमोक्रेसीका आलेन वङ विङ-होलाई हराए।

चान र लीले क्रमशः ६२,८५५ र ६१,२५३ मत प्राप्त गरे, जबकि वोङ र चानले ५,७८९ र ५,१६० मत पाए।

न्यु टेरिटोरिज साउथ वेस्टमा डिएबीका बेन चान हान-पान र एफटियु (FTU) का जोफी चान विंग-यानले क्रमशः ८३,३०३ र ६२,६९० मत ल्याए, स्वतन्त्र लोकतान्त्रिक उमेदवार  र जिल्ला काउन्सिलर एड्रियन लाउ चेउक-यु, जसले १२,८२८ मत प्राप्त गरे।

न्यु टेरिटोरिज नर्थमा डीएबीका एडवर्ड लाउ क्वोक-फ्यान र न्यु प्रोस्पेक्ट फर हङकङका ग्यारी झाङ सिनयुले अर्को संस्थापन पक्षका शुम हो-किट साथै होम मेकर जुडी चेङ लि-वेनलाई पराजित गरे।

लाउले सबैभन्दा बढी ७० हजार ५ सय ८४ मत ल्याएका छन भने झाङले २८ हजार ९८६, शम एड जेङले १७ हजार ८३९ र ३ हजार ४९८ मत पाएका छन ।

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (HKSAR) को सातौं कार्यकालको विधान परिषद (LegCo) का सबै ९० सदस्य निर्वाचित भएका छन।

बिधान परिषद (LegCo) मा निर्वाचन समिति निर्वाचन क्षेत्र (४० सिट), कार्यात्मक निर्वाचन क्षेत्र (३० सिट) र भौगोलिक निर्वाचन क्षेत्र (२० सिट) द्वारा निर्वाचित सदस्यहरू समावेश हुन्छन।

“हङकङ देशभक्तद्वारा प्रशासित” भन्ने  सिद्धान्त अन्तर्गत हङकङ (HKSAR) मा निर्वाचन प्रणालीमा भएको  सुधार पछि यो पहिलो विधान परिषद ( LegCo) चुनाव हो।

संस्थापन पक्षको ८९ र संस्थापन पक्ष इतर १ सिट

तपाईको प्रतिक्रिया