२२ डिसेम्बर २०२०। क्रान्ति सुब्बा ।

हङकङमा आज ६३ नयाँ कोरोना संक्रमित केस पुष्टि भयो जसभित्र १० आयातित ५३ केस स्थानीय परेका छ्न। ४० वटा स्थानीय केसको सम्बन्ध पुर्व केस संग जोडिएको पाइयो भने १३ वटा केसको सुराक पत्ता लाग्न नसकेको अवस्था रहयो। हङकङमा कोरोना संक्रमित संख्या जम्मा ८,३०१ पुगेको छ। आजको दिन संक्रमित हुनेमा २ देखि ८९ वर्षका ३५ जना पुरुष र २८ महिला परेका छ्न।

विभिन्न स्थानमा संचालित सामुदायिक परिक्षण केन्द्रबाट ७ वटा केस आएका छ्न।३० जना प्रारम्भिक पोजिटिभ देखा परेकाहरु पुर्ण पुष्टिको लागि कुरेर बसेकाछ्न।

आज आएका केसहरु यस प्रकार रहेका छ्न-डान्स क्लस्टरबाट १, हङकङ – जुहाइ -मकाउ बृजमा सर्सफाइको काम गर्ने १, तीन शुइ वाइको ग्रान्डुर टेरेसबाट एक जना डाक्टर ।

आज मंगलबार राति १.१४ बजे ८६ वर्षका वृद्ध पुरुषको मृत्यु क्युइन एलिजाबेथ अस्पतालमा भएको छ।

अस्पतालको आइसोलेसन वार्डबाट बेपत्ता भएका ६३ वर्षीय कोरोना रोगीलाई दुई दिनको खोजी पछि आइतबार साँझ प्रहरीले पक्राउ गरि क्युइन एलिजाबेथ अस्पतालमा पठाएकोछ र अहिले सुरक्षा कडा गर्नको लागि उनलाई राखिएको वार्ड बाहिर सुरक्षागार्ड तैनाथ गरिएको छ।

लि वान क्यङ नाम गरेको उक्त फरार हुने रोगी फेरि भाग्छ कि भनेर सुरक्षा कडा गरिएको कुरा अस्पताल अधिकारिले बताए।

स्मरण रहोस रोगी लि गत शुक्रबार दिउसो अस्पतालबाट सुइकुच्चा ठोकेपछी प्रहरीलाई तुरुन्त रिपोर्ट गरिएको थियोे ।

प्रहरीले उनको नाम वान्टेड लिस्टमा राखेर शनिबार फोटो सार्वजनिक गरेको थियोे र प्रहरीको एउटा समूह उनको व्यापक खोजीमा निस्केको थियोे ।

आइतबार बेलुकी उनलाई मानीसले मंङ कोक भन्ने स्थानमा देखेपछि प्रहरीले पुरै तयारीकासाथ समातेर एम्बुलेन्समा हाली अस्पताल पुर्याएको थियो ।

तपाईको प्रतिक्रिया