२३ डिसेम्बर २०२०।हङकङ । क्रान्ति सुब्बा

नर्थ लान्ताउ अस्पतालबाट क्वारेन्टाइनमा बसेकी एक युवती अनुमतिबिना अस्पताल छोडेर हिडेकी छिन। अस्पतालमा भर्ना भएपछि कोरोना परिक्षण गर्दा तत्काल नेगेटिभ देखिएको थियोे । आज बिहान उनलाई सन्चो नभएपछि आफू क्वारेन्टाइन बसेको पेन्नी बे क्वारेन्टाइन सेन्टरबाट उनलाई अस्पताल ल्याइएको थियोे ।डाक्टरले जाँच गरेपछि सामान्य उनको अवस्था देखियो त्यसपछि आइसोलेसनलाई निरन्तर गर्न क्वारेन्टाइन सेन्टरमा उनी फर्कनु पर्थ्यो। तर अस्पताल स्टाफले खोज्दा उनलाई भेटेनन।

आज बिहान ११ बजे अस्पतालबाट प्रहरीलाई रिपोर्ट गरिएको थियो ।

तपाईको प्रतिक्रिया