क्रान्ति सुब्बा । हङकङ ।

हङकङमा आज  शनिबार एक कराते खेलाडी लाउ चि-मिङ सहित २५ आयातित केसहरु दर्ता भएको छ।
आजको  केस समेत गरेर हङकङको संक्रमित  संख्या १२,५८१ पुगेको छ। पछिल्लो ८ महिनाको अवधिमा एकै दिनमा आयात भएका केस मध्ये यो सबैभन्दा  उच्च संख्या हो। आज रिपोर्ट भएका केस अन्तर्गत तीन वटा
ओमिक्रोन भेरिएन्ट केस पनि परेकोछ।

आयातित केसहरूमा २१ देखि ८० वर्षका १४ पुरुष र ११ महिला रहेका  थिए। तिनीहरू मध्ये १४ जना म्युटेन्ट  स्ट्रेन N501Y ,T478K  र L452R धारी फेला परेका थिए । ती मध्ये चार जनाले कोभिड भ्याक्सिनको तीन डोज प्राप्त गरेका  थिए भने एक जनाले एउटा मात्र डोज प्राप्त गएका थिए। बाँकी रहेका सबैले  कोभिड भ्याक्सिनको दुई डोज प्राप्त गरेका थिए।

उनीहरु बेलायत, फ्रान्स, स्पेन, क्यानडा, अमेरिका, रुस, भारत, काजाकिस्तान र दक्षिण अफ्रिका जस्ता ठाउँबाट आएका थिए  ।

क्वारेन्टाइन स्थलमा  पाँच जनामा ​​कोभिड पोजेटिभ देखिएका हुन  भने बाँकी विमानस्थलमा पोजेटिभ देखिएका हुन।

बिरामी मध्ये चार जना इन्क्युबेशन अवधिमा हङकङमा बसेका थिए। जस अन्तर्गत कराते खेलाडी लाउ पनि परेका छ्न । जो शा तिनको युन वो रोडमा रहेको हङकङ खेलकुद संस्थानमा बसेका थिए।  उनी डिसेम्बर १२ मा हङकङ छाडेर कतार हुँदै कजाकस्तान गएका थिए। पछि कोरियाबाट केई६०७ को उडानमा उनी डिसेम्बर २३ मा हङकङ फर्किएका थिए।

बिमानस्थलमा भएको परीक्षणले उनलाई  पोजेटिभ देखाएको हो र बिहीवार उनमा लक्षण देखा परेको थियो । उनमा भाइरसको म्युटेन्ट स्वरूप  N501Y र T478K देखा परेको थियो ।

दोस्रो बिरामी २८ वर्षीय कराते खेलाडी नै थिए  जो युन लङको पात ह्यङको हो पुई चुन गाउँको घरमा बस्थे।  उनी डिसेम्बर ९ मा हङकङ छाडेर कतार हुँदै कजाकिस्तान गए र सोही उडानमा लाउको साथमा हङकङ फर्किएका थिए ।

तेस्रो केसमा फ्यानलिङको विङ फाई सेन्टरको टावर २ मा बस्ने ७९ वर्षीया महिला बिरामी थिइन।  उनी डिसेम्बर ७ मा युके गएकी थिइन र शुक्रबार उडान CX252 मा हङकङ फर्किएकी थिइन । विमानस्थलमा गरिएको   परीक्षणमा उनी  पोजेटिभ भएकि थिइन।

अन्तिम केस अन्तर्गत ताइ पोको ताई मे तक गाउँको  घरमा बस्ने एक २८ वर्षीया महिला जो लोकल क्रीउ मेम्बर थिइन। उनी बुधबार अष्ट्रेलिया गएकी थिइन र शुक्रबार उडान CX318 मार्फत हङकङ  फर्किएकी थिइन । एयरपोर्टमा गरिएको  परीक्षणमा उनमा पोजेटिभ देखिएको थियो । र उनले भाइरसको उत्परिवर्तित स्वरूप N501Y र T478K  बोकेकी थिइन।

स्वास्थ्य बिभागले जनाए अनुसार तीन वटा ओमिक्रोन केस पनि पत्ता लगाएका थिए जसमा  बिहीबार साँझ चुन मुनमा लकडाउन गराउने  एयरपोर्ट शौचालय क्लिनर पनि परेका थिए ।

हालसम्म हङकङमा ओमिक्रोन केसको संख्या ४४ पुगेको छ।

हङकङमा गत १४ दिनमा कुल ७३ जनामा ​​संक्रमण देखिएको छ ।  तीमध्ये एउटा केस आयातितसंग संबंधित छ भने बाँकी सबै आयातित केसहरु हुन।

हङकङमा कोभिड संक्रमित संख्या अहिले १२,५८१ पुगेको छ।

तपाईको प्रतिक्रिया