२३ डिसेम्बर २०२०।हङकङ । क्रान्ति सुब्बा ।

आज हङकङकि कार्यकारी प्रमुख कारी लामले पत्रकार सम्मेलनमा हङकङले जम्मा २ करोड पच्चीस लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्न सफल भएको कुरा बताइन।

हङकङले पहिलो चरणमा ७० लाख ५० हजार थान भ्याक्सिन चाइना साइनोभ्याक बायोटेक लिमिटेड बाट र ७० लाख ५० हजार थान भ्याक्सिन फुसान फार्मा वायोएन्टेक कम्पनीबाट खरिद गरिसकेको थियोे । र अहिले अक्सफोर्ड युनिभर्सिटीसंग को सहकार्य गरेको तेस्रो फार्मेसिटिकल कम्पनी अस्ट्राजेनेकाबाट ७० लाख ५० हजार थान भ्याक्सिन खरिद गरेकोछ। यी तिनै कम्पनीबाट खरिद गरेको भ्याक्सिन जोड्दा २ करोड २५ लाख डोज भ्याक्सिन पुगेको हो।

हङकङको जनसंख्यालाई यति संख्याको भ्याक्सिनले पुग्ने भएकोछ।

यो भ्याक्सिनलाई आपत्कालमा प्रयोगमा ल्याउनको लागि रोग निवारण तथा नियन्त्रण अध्यादेश अंतर्गत नयाँ संशोधन विनियम बनाइ कार्यकारी परिषदले अनुमोदन पनि गरिसकेकोछ। यो विनियमको अबधि एक वर्ष सम्म रहेकोे छ।

अहिलेको शंसोधित अध्यादेशले खाद्य तथा स्वास्थ सचिव शोफिया चानको क्षेत्र अधिकारलाई पनि बढाइ दिएकोछ। आवश्यक परेमा बाहिरबाट हङकङ छिरेकाहरुको क्वारेन्टाइन अवधि २८ दिन सम्म पुर्याउनु सक्ने अधिकार उनलाई छ।

तेसो त युकेबाट आउने जोकोहीको होटल क्वारेन्टाइनको अबधि अहिले १४ बाट बढाएर २१ दिन बनाइएकोछ।

कुन भ्याक्सिन लाउने हो त्यो चुन्ने अधिकार नागरिकलाई दिइएको छ भन्ने कुरा राज्य प्रमुख लामले स्पष्ट पारिन।

तपाईको प्रतिक्रिया