इन्द्र लक्सम । हङकङ ।


किराँत याक्थुङ चुम्लुङ हङकङको चासोक तङनाम  कार्यक्रम डिसेम्बर २५ तारीख याक एन्ड येती रेष्टुरेन्ट बार जोर्डनमा सम्पन्न भएकोछ। हङकङमा कियाचुले स्थपना काल देखि नै  चासोक तङनाम मनाउदै आइरहेको छ।
गत बर्षमा कोभिड-१९ भाइरस विश्व व्यापी रुपमा फैलिएर विश्व  मानव जीवन र जगतका लागि  चुनौतीपूर्ण अवस्था रहेकाले चासोक तङनाम कार्यक्रम हुन सकेन।

महावाणिज्यदूत उदय बहादुर राना

हङकङ सरकारले कोभिड-१९ बिरुद्ध बनाएको नियम अझैसम्म जारी रहेको छ तर समाजिक घुलमिलको बाताबरण केही खुकुलो भएकोले  यो बर्ष अर्थात २०२१ सालको चासोक तङनाम मनाइएको हो। प्रत्येक बर्ष मङकि हिलमा हुने  कार्यक्रम  चासोक तङनाम यो बर्ष इन्डोरमा गरिएको थियो ।

  कार्यक्रममा हङकङका लागि महावाणिज्यदूत उदय बहादुर राना मगरको प्रमुख आतिथ्यमा रहेको थियो ।

अतिथिको रूपमा बोल्ने क्रममा महावाणिज्यदूत उदय बहादुर रानाले नेपाल एक विविध जातजाति, भाषा संस्कार ,संस्कृति, मौलिक परम्परागत भेषभुषा , आफ्नै मौलिक चाड पर्व  भएको देशको रूपमा स्विकारि नेपालको संविधान २०७२ ले केही अधिकार दिए पनि त्यसको व्यवहारिक  रुपमा कार्यान्वयन सरकारले नगरेको उल्लेख गर्दै  नेपाल सरकारको ध्यान कार्यान्वयन तर्फ जावस भन्ने आग्रह  गरेका थिए।

अन्य अतिथिहरुमा चेम्बर अफ कमर्स  हङकङका अध्यक्ष दासुराम पराजुली , एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले अबको समयमा सह-अस्तित्वलाई स्विकार्दै अगाडि बढेमा मात्रै  नेपालको भलो हुने र देश बिकासले छलाङ मार्ने भनाइ राखेका थिए।

आदिवासी जनजाति महासंघ हङकङका कार्यबाहक अध्यक्ष कृष्ण राज लावतीले कियाचु हङकङको स्थापनाकाल देखि अहिलेसम्म चासोक तङनाम कसरी  मनाइदै आइएको थियोे भन्ने त्यसबारे प्रष्ट पारेका थिए ।

कियाचु हङकङ सल्लाहकार भुपेन्द्र चेम्जोङले चासोक तङनाम के हो र किन मनाइन्छ भन्ने बारे प्रष्ट कुरा राखेका थिए।

हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ ,किरात राई यायोख्खा हङकङ अध्यक्ष चन्द्रीका राईले चासोकको शुभकामना दिएका थिए। किरात याख्खा छुम्मा हङकङका प्रतिनिधि कुमारी याख्खाको पनि उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा कियाचु हङकङका उपाध्यक्ष शेर बहादुर लक्सम्बाले स्वागत मन्तव्य राखेका थिए। कियाचु हङकङका महासचिव इन्द्र लक्समद्वारा संचालित उक्त कार्यक्रममा याक्थुङ केलाङ समूहबाट केलाङ नृत्य प्रस्तुत गरिएको थियो ।

उक्त चासोक तङनाम कार्यक्रमको अध्यक्षता गर्नु भएका कियाचु हङकङका कार्यबाहक अध्यक्ष शमशेर तुम्बाहाङफेले सबै मिलेर बढे समग्र रूपमा सबैको हित हुने तर आफ्नो समुदाय भित्र धर्मको नाममा  तल्लो स्तरमा गाली बेइज्जती नगरी बैचारिक ,सैद्धान्तिक  बहस सभ्य तरिकाले  गर्न अनुरोध गर्दै सम्पूर्ण अतिथिहरु लगायत उपस्थित सम्पूर्ण महानुभाव, सहयोगी कलाकार ,खटेर कार्यक्रमलाई सफल बनाउने समितिका सदस्य एवं  पत्रकार मित्रहरूलाई कियाचु हङकङको तर्फबाट हार्दिक आभर प्रक्ट गर्दै चासोक तङनाम २०२१ को औपचारिक  समापन गरेका थिए ।

कार्यवाहक अध्यक्ष शमशेर तुम्बाहाम्फे

तपाईको प्रतिक्रिया