क्रान्ति सुब्बा

अडियो सुन्न तल क्लिक गर्नुहोस

कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टमा सामान्य रुघाखोकीसँग मिल्दोजुल्दो लक्षणहरू हुन सक्ने तथ्य एक अध्ययनले सार्वजनिक गरेको छ। यो नयाँ संस्करण या भेरिएन्टभित्र रुघाखोकी निम्त्याउने भाइरसको  जेनेटिक अर्थात आनुवंशिक कोड लुकेर बसेको हुनाले यस्तो निष्कर्ष निकालिएको हो।

ओमिक्रोन भेरिएन्टको ३० भन्दा बढी संस्करणहरु छ्न जसमध्ये  एउटाले चाहिँ सम्भवतः  सामान्य रुघाखोकीको आनुवंशिक द्रव्यको टुक्राबाट आफ्नो अस्तित्व ग्रहण गरयो। यसको अर्थ हो ओमिक्रोन भेरिएन्टको एउटा शिरा यस्तरी म्युटेट भयो कि जहाँ कमन कोल्डको जेनेटिक मेकअपले ठ्याक्कै फिट हुने मौका पायो।

यस विषयमा अध्ययनरत  अन्वेषकको एउटा टिमले  कमन कोल्ड  र ओमिक्रोन भेरिएन्टको जेनेटिक पदार्थलाई अवलोकन गरेपछि यो तथ्य  पत्ता लगाएका हुन।

क्याम्ब्रिज, म्यासाचुसेटसको शाखा,  डाटा एनालिटिक्स फर्म नेफरन्समा कार्यरत र यस अध्ययनका अगुवा  भेन्की सौन्दरराजनले यही कारणले गर्दा ओमिक्रोनले आफूलाई “अधिक मानव” अर्थात मानव सो सरह बनाएको बताएका छ्न।

रोयटर्स पत्रीकाले बताए अनुसार ओमिक्रोन भित्र रहेको कमन कोल्डको सानो अंशका कारण हल्का लक्षण वा लक्षण नै नदेखिने गरि यो भाइरस एकदम  सजिलैसँग सर्दछ।

कोभिड १९ को केस र लक्षण निगरानी गर्ने एप जोए कोभिड  सिम्टम्सको संचालनमा मद्दत पुरयाउने व्यक्ति प्रोफेसर टिम स्पेक्टरले  हालै भनेका छन कि साधारण रुघाखोकीको जस्तै यसको लक्षण हुने भएकोले ओमिक्रोन भेरिएन्टलाई पत्ता लाउन  गाह्रो छ – द इन्डिपेन्डेन्ट।

अन्वेषकहरू अहिले अन्य भेरिएन्टको तुलनामा ओमिक्रोन भेरिएन्टले कति बढी गम्भीर लक्षणहरू सिर्जना गर्न सक्छ अझै अध्ययन गरिरहेका छ्न र धेरैजसो सङकेतले जनाए अनुसार यसले त्यति थप गम्भीर बिमारीमा लादैन। तर केही प्रारम्भिक प्रयोगशालाको परिक्षणलाई हेर्दा ओमिक्रोन भेरिएन्टले खोप, बूस्टर र प्राकृतिक प्रतिरक्षालाई पनि नटेरी अगाडि बढेको देखिन्छ जसले  गर्दा  ओमिक्रोन भेरिएन्टले अब के गर्ला भन्ने प्रश्न तेर्स्याइदिएको छ।

स्मरण रहोस, पहिलेका भेरिएन्ट भन्दा ओमिक्रोन ७० गुणा छिटो सर्दछ तथापि पुर्ण खोप या बुस्टर लगाइसकेका मानिसको हकमा भने यसले दिने सास्ती असहय हुन्न भन्ने कुरा खोजले बताएको छ। खोप नलाएका र औसधिको भरमा बाचेकाहरुलाइ भने यसले हैरानी दिइरहेको छ।

यसबारे भिडियो हेर्नोस

तपाईको प्रतिक्रिया