क्रान्ति सुब्बा

यो समाचारको अडियो सुन्नुहोस

प्रतिबन्धित हुनु पुर्व बेजिङको तियानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा प्रत्येक वर्ष जुन महिनाको ४ तारीख हङकङको भिक्टोरिया पार्कमा मैनबत्ती जलाएर रातभरि शान्तिपूर्ण मौन जुलुसको आयोजना हुन्थ्यो । तर हङकङमा सुरक्षा कानुन लागू भए यता यो रयाली गर्न निशेध गरिएको छ। सुरक्षा कानुनको प्रकोपमा परेपछि यो कार्यक्रम वर्षेनी आयोजना गर्ने आयोजक संस्था नै विघटन भएको थियो ।

हङकङको एक अदालतले त्यही बिघटित आयोजक संस्थाकि उपाध्यक्ष ३६ वर्षीया एक्टिभिस्ट चौ हाङ-तुङलाई `१९८९ तियानमेन नरसंहार´ मा मारिएकाहरूको सम्झनामा गत वर्ष  आयोजित एक अनधिकृत रयालिमा भाग लिन जनसमुदायलाई  उक्साएको आरोपमा जनवरी ४ तारीख मंगलबार दोषी ठहराएको छ र  १५ महिनाको जेल सजाय सुनाएको छ।

हङकङ एलायन्स इन सपोर्ट अफ पेट्रीयोटिक डेमोक्रेटिक मुभमेन्ट अफ चाइना ( राष्ट्रवादी लोकतान्त्रिक आन्दोलन हङकङ गठबन्धन, चीन ) कि पूर्व उपाध्यक्ष र ब्यारिस्टर चौउ हाङ-तुङलाई वेस्ट काउलुन मजिस्ट्रेटको अदालतमा मजिस्ट्रेट एमी चानले मंगलबार दोषी ठहर गरी सजाय सुनाएकि हुन।

प्रत्येक वर्षको जुन महिनाको ४ तारीख हुने मौन जुलुस

कोभिडका कारण देखाइ प्रहरीले यो मौन जुलुसलाई प्रतिबन्ध लगाएको दोस्रो वर्ष भएको थियो ।  चौउलाई गत वर्ष जुन ४ तारीख  स्मरणोत्सव (श्रद्धाञ्जली )को अघिल्लो दिन पक्राउ गरिएको थियो।

त्यसो त ब्यारिस्टर चाउ अहिले पनि १२ महिनाको जेल सजाय कटाई रहेकी छिन। २०२० सालको प्रतिबन्धित रयाली (भिजिल)मा भाग लिएको  अभियोगमा गत डिसेम्बरमा दोषी ठहरिएपछि १२ महिनाको जेल सजाय उनले भोग्नु परेको हो।

प्रतिबन्धित भएपछि खाली भिक्टोरिया पार्क

२०२० सालमा आयोजित  भिजिलसँग जोडिएको अर्को मुद्दाको जेल सजायसंगै अदालतले यस पटकको सजायलाई जोडेर संयुक्त सजाय दिने आदेश सुनाएको छ। आजको मुद्दाको फैसला बापत  थप १० महिना समेत गरेर उनले  कुल २२ महिना जेलमा बस्नुपर्नेछ।

ट्रायलको क्रममा चाउले गत वर्षको तियानमेन नरसंहार स्मरणोत्सव माथि  प्रतिबन्ध लगाउने प्रहरी निर्णयको वैधतालाई चुनौती दिएकि थिइन।  पुलिस आयुक्तले सार्वजनिक आदेश अध्यादेश(public order ordinance ) अन्तर्गत गठबन्धनको आवेदनलाई निषेध गर्ने कारणको रूपमा सार्वजनिक स्वास्थ्यलाई निहुँ बनाएर प्रयोग गर्न सक्दैन उनले भनिन।

तर न्यायाधीश चानले फैसला सुनाउने क्रममा भनिन- अध्यादेशमा जनस्वास्थ्य शब्द उल्लेख नगरेको भएतापनि यसलाई व्यापक “सार्वजनिक सुरक्षा” अन्तर्गत समेटिएको थियो, जसमा सर्वसाधारण जनताको जीवन र उनीहरूको स्वास्थ्यमा हुने जोखिम र खतराहरू पनि समावेश गरिएको थियो ।

कतिपय आन्दोलनमा लागेका कार्याकर्ताले  यो प्रतिबन्धलाई २०१९ मा भएको प्रजातन्त्र समर्थकहरुको  प्रदर्शनी संग जोडेर हेरे । बेजिङले लागू गरेको आदेशको अवज्ञा स्वरूप भएको  प्रदर्शनहरूलाई  बन्द गर्ने प्रयासको रूपमा यो प्रतिबन्ध जारी गरेको हो भनियो। तर अधिकारीहरूले यो कारणलाई  अस्वीकार गरे।

प्रतिबन्धको बावजुद पनि २०२० मा  सहरभरि हजारौं मैनबत्तीहरू जलाइएको थियो । २०२१ मा समेत एउटा  सानो साइजको भीडले मैनबत्ती बालेरै छाडे।

आफ्नो  प्रतिनिधित्व आफै गर्दै चाउले  “जुन ४ को दिनलाई  नबिर्सन अरूलाई उत्प्रेरित गरेको ” तर त्यसको लागि अरुलाइ भेला हुन प्रोत्साहित गरेको होइन र आफू निर्दोष भएको  दलिल पेश गरिन।

गत महिना आठ जना प्रजातन्त्र समर्थक कार्यकर्ताहरूलाई २०२० सालको मैनबत्ती जुलुसमा  उनीहरूले निभाएको भूमिकाको आधारमा दोषी करार गरि  १४ महिनासम्मको जेल सजाय सुनाइएको थियो।  तीनै ८ जना मध्येको एक चौले १२ महिनाको जेल सजाय पाएकि थिइन ।

यसका अलावा अन्य १६ जना एक्टिभिस्टले २०२० को जुलुस (भिजिल) संग संबंधित केसलाई लिएर  ४ देखि १० महिना सम्मको सजाय भोगिरहेका छन। यस्तै आरोपको सामना गरिरहेका दुई जना प्रजातान्त्रिक  अभियानकर्ता नाथन ल क्वुन-चुङ र सन्नी च्यङ क्वान-याङ हङकङबाट भागेका छन।

चौ हाङ तुङ

२०२० मा बेइजिङले लागू गरेको व्यापक सुरक्षा कानून अन्तर्गत देश द्रोहको मुद्दा  पनि  चौउलाई लागेको छ। प्रहरीले उनीहरुको  गठबन्धनलाई  “विदेशी शक्तिहरूको एजेन्ट” भएको आरोप लगाइ अनुसन्धानको दायरामा ल्याएपछि उक्त गठबन्धन विघटन भएको थियो । तर उक्त   समूहले आफुहरु बिदेशी शक्तिको दलाल भएको आरोपलाइ अस्वीकार गरेका थिए।

पूर्व ब्रिटिश उपनिवेश सन १९९७ मा व्यापक स्वतन्त्रता यथावत राख्ने  वाचा सहित  चिनियाँ शासनमा फर्किएको थियो जहाँ  संसार मै सबैभन्दा ठूलो भनेर गणना हुने मौन जुलुस जून महिनाको ४ तारीख गरिने परम्परा थियो ।

तर अहिलेको फरक राजनीतिक पर्यावरणमा वर्षेनी परम्परागत रुपमा आयोजना हुदै आएको श्रद्धाञ्जली सभा गर्न गाह्रो हुदै गइरहेकोछ। गत महिना मात्र  विश्वको वित्तीय केन्द्र मानिने हङकङको अन्तर्राष्ट्रिय स्तरमा शिर्ष स्थान ओगटेका  विश्वविद्यालय क्रमशः युनिभर्सिटी अफ हङकङबाट पिलर अफ शेम (लज्जाको स्तम्भ) नामक तियानमेन स्मारक र चाइनिज युनिभर्सिटीबाट गड्डेस अफ डिमोक्रेसी (“लोकतन्त्रकि देवी”) हटाइएको थियो ।

गठबन्धनलाई  अनुसन्धान गर्ने  क्रममा प्रहरीले जुन ४ संग्रहालयमा समेत छापा मारेको थियो र यसको अनलाइन भर्सनलाई  हङकङमा ब्लक गरिएको छ।

चीनले सन १९८९ मा भएको तियानमेन नरसंहारको पूर्ण विवरण कहिल्यै दिएको छैन भन्ने मान्यता छ। चीनिया   अधिकारीहरूले  दिएको मृत्युको संख्या लगभग ३०० थियो जसमध्ये अधिकांश सैनिकहरू थिए । तर अधिकारकर्मीको समूह  र साक्षीहरूले हजारौं मारिएका थिए भन्दै आएका छ्न।

तपाईको प्रतिक्रिया