२४ डिसेम्बर २०२०।हङकङ । क्रान्ति सुब्बा ।

आज हङकङमा पुष्ठि भएका ७१ नयाँ कोभिड केस मध्ये १० जना आयातित परेका छ्न भने ६१ स्थानीय । आयातित ३ वटा केस युकेबाट आएका हुन। स्थानीय ३१ केसको सम्बन्ध पुरानो केससंग रहेकोछ भने ३० वटा स्थानीय केस अज्ञात स्रोतबाट आएकाछ्न। कोरोना संक्रमित कुल संख्या हङकङमा ८,४२५ पुगेको छ। आजको नयाँ केसमा ८ देखि ९१ वर्ष बीचका ३३ पुरुष र ३८ महिला परेका छ्न। आज पचास जना भन्दा बढीको संख्यामा प्रारम्भिक पोजेटिभ रोगीहरु दर्ता भए।

आजको नयाँ केस अन्तर्गत याता सुपर मार्केटबाट १ केस र चुङ क्वान ओ लाम तिम टनलबाट १ केस आएकाछ्न।

ह्यामर हिल, फु सान स्टेट्को फु यान हाउसबाट एउटा केस आएको छ।

सरुवा रोग शाखाकि प्रमुख डाक्टर चुवाङ शुक क्वानले क्रीसमसको छुट्टीमा निजि स्तरको कुनै पनि भेला नगर्न नागरिकलाई आग्रह गरेकिछिन।

यसपटक कतिपय केसहरुको स्रोत १३ देखि १६ जनाको पारिवारिक भेलाबाट आएकोले यस्तो अनुरोध जारी गरिएको हो। बिनालक्षण भाइरस बोकेर हिडेका परिवारका सदस्यबाट थाहै नपाई यस्तो भेलाको बेला सर्न सक्ने कुरा उनले गरिन।

कोरोना संक्रमित दुइजना रोगीको देहावसान भएकोछ गत २४ घन्टामा । एकजना ९२ वर्षीय पुरुष रोगीको देहान्त हिजो बेलुकी ९:२३ बजे प्रीन्सेस मार्गरेट अस्पतालमा भएको थियोे ।

अर्कि रोगी ८६ वर्षीय महिला हुन जसको निधन डिसेम्बर २४ तारीख बिहान २:५९ बजे पामेला योदे इस्टर्न अस्पतालमा भएको थियोे ।

१८ डिसेम्बरका दिन कोभिड रोगी लि वान क्यङ क्युइन एलिजाबेथ अस्पतालको आइसोलेसन वार्डबाट भागेका थिए जस्लाइ प्रहरीले तीन दिन पछि मङ कोक भन्ने ठाउँबाट समातेर उपचारको लागि अस्पताल पठाएको थियोे । उनलाई आज रोग निवारण तथा नियन्त्रण अध्यादेश अध्याय ३२ को धारा ५९९ A अन्तर्गतको अपराध घटाए बमोजिम कार्बाहीको लागि काउलुन सिटिको अदालतमा दाखिला गरिएको थियोे ।

नर्थ लान्ताउ अस्पतालबाट फरार भएकी क्वारेन्टाइनवासी २० वर्षीय महिला आज फेरि अस्पताल फर्केकी छिन र उनको कोभिड परिक्षण प्रक्रिया अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया