अर्जेन्टिनाकी एक न्यायाधीशले प्रहरीहत्या आरोपीलाई चुम्बन गरेको र उनलाई जन्म कैदको सजायबाट जोगाउन खोजेको खुलासा भएको छ । एउटा सीसीटीभी फुटेजमा न्यायाधीशले अभियोगीलाई पटक पटक चुम्बन गरेको फुटेज देखिएपछि यो बिषय चर्चामा आएको हो ।

मारियल सुअरेज नाम गरेकी न्यायाधीशले ट्रिलिउ सहरनजिकैको जेलमा रहेका कैदी क्रिष्टिनय माई बुस्टोसलाई चुम्बन गरेकी हुन् । एक साताअघि मात्र न्यायाधीशहरुको एउटा प्यानलले प्रहरी अधिकारीको हत्या गरेको अभियोग लागेका बुस्टोसमाथि हुने सम्भावित जन्म कैदको सजायबारे छलफल गरेको थियो । प्यानलमा सुअरेज पनि थिइन् । बुस्टोसले सन् २००९ मा प्रहरी अधिकारीको हत्या गरेका थिए ।

सुअरेज बुस्टोसलाई जन्म कैदविरुद्ध बोल्ने एक मात्र न्यायाधीश थिइन् । अपराधीसँग चुम्बन गरेको भिडियो फुटेज सार्वजनिक भएपछि सुअरेज पनि अनुसन्धानको घेरामा तानिएकी छिन् । उनीमाथि फैसला गर्न प्रतिबन्ध लगाइने र सर्वोच्च अदालतले छानविन सुरु गरेको छ ।

सुअरेजले अस्वाभाविक व्यवहार देखाएको सर्वोच्चले एक विज्ञप्तिमा जनाएको छ । ‘न्यायाधीश र हत्याको दोषी ठहर भएका कैदीबीचको निकटताको घटनाबारे सर्वोच्चले अनुसन्धान सुरु गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया