२५ डिसेम्बर २०२० । हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले २४ तारीख राति ११ बजे महामारी निवारण अध्यादेश अन्तर्गत सिमालाई थप कडा गर्ने प्रावधानलाई राजपत्रमा सूचीकरण गरेको छ । जस अनुसार २५ तारीख उप्रान्त बिदेशबाट हवाई वा जल मार्ग मार्फत हङकङ छिर्ने सबैले तोकिएको होटलमा २१ दिनसम्म अनिवार्य क्वारेन्टाइन बस्नु पर्नेछ ।

त्यसमाथि अझ साउथ अफ्रिका र युकेमा उड्नु भन्दा अगाडि दुई घन्टा भन्दा बढी समय बिताएका अथवा उक्त देशमा बितेको २१ दिनभित्र भ्रमण गरेको व्यक्तिलाई हङकङमा प्रवेश निषेध गरेकोछ सरकारले । साउथ अफ्रिकाबाट आउनेलाई रोक लगाउने कार्य डिसेम्बर २५ बाट लागु भएकोछ।

युके र अफ्रिकामा कोरोनाभाइरसको रूपान्तरित नयाँ नश्ल देखिएकोले र यसको संक्रामक गति उच्च भएका कारण हङकङ सरकारले यस्तो कदम चालेको हो।

तपाईको प्रतिक्रिया