चितवन ।भरतपुरको गोन्द्राङमा हेटौंडा – चितवन पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर अन्दाजी १२ वर्षको पोथी गैंडाको मृत्यु भएकोछ।

नजिकैको वनदेवी सामुदायिक वनबाट भाग्ने क्रममा आइतबार दिउँसो स्थानीय समय ३:३० बजे खाल्डोमा भासिएपछि निस्कन नसक्दा गैडाको मृत्यु भएको थियो । गोन्द्राङदेखि पुल्चोक सम्म ६ लेनको सडक विस्तारको लागि नाली बनाइएको थियो । नाली बनिसकेको भए पनि खाल्डो नपुर्दा गैंडा खसेर मरेको हो।

अर्को गैडासँग जुध्दा भागेको हुनसक्ने हुन सक्ने निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताएका छन । विकास निमार्णको काम संरक्षणमैत्री नभएको देखिएको हुँदा यसमा सचेत गराउँछौं। बाँकी हामी अनुसन्धान गर्ने अधिकारीले जानकारी गराएका छन। उक्त क्षेत्र गैंडालाई सामुदायिक वनमा पोष्टमार्टम गरिएको थियो । गैंडाको खाग र खुर निकालेर खाल्डोमा गाडिएको छ।

तपाईको प्रतिक्रिया