क्रान्ति सुब्बा

सरकारको शुन्य कोभिड निति नटिक्ने

जनवरी २३ आइतबार

हङकङ विश्वविद्यालयका क्लिनिकल सहायक प्रोफेसर सिद्धार्थ श्रीधरले ह्यामस्टर हत्याको दोष हङकङ सरकारले अपनाएको “अस्थिर” अर्थात टिकाउ नहुने शून्य कोविड नीतिलाई दिनु पर्छ भनेका छ्न।

जनवरी २२ तारीख शनिबारको फेसबुक पोस्टमा श्रीधरले सरकारले अपनाएको  शून्य कोविड नीतिको  आलोचना गरेका थिए । मुख्य भूमि चीनसँग क्वारेन्टाइन-मुक्त यात्रा पुनः सुरु गर्नको लागि पूर्व शर्तको रूपमा शुन्य कोभिड नितिलाई अघि सार्दै ल्याइएको छ।

शून्य कोविड नीतिमाथि आधारित हङकङ र मुख्य भूमि चीन  बीचको यात्रा बबल अन्ततः दिगो हुने छैन । किनकि कुनै पनि बेला अवश्यमेव दुई पक्ष मध्ये एक पक्षमा कोभिड केस देखा परिहाल्दछ र यस नितिलाई रोक्नुपर्ने स्थिति आइहाल्दछ। हात्ती आयो हात्ती आयो फुस्सा भएको  हङकङ-सिङ्गापुर ट्राभल बबलको जस्तै हुन्छ यसको हविगत पनि जुन साच्चिकै  साबुनको कमजोर फोका (बबल) जस्तै फुटेको थियो उनले लेखेका थिए ।

सिद्वार्थ श्रीधर

“अहिलेको अवस्थामा दुबै तिरको बोर्डरले शुन्य कोभिड नितिलाई  धान्न सक्ने स्थिति छैन त्यसैले  सिमाना पुन:  खोलिने  सम्भावना छैन” उनले लेखे।

घरपालुवा जनावरको पसलका केही ह्याम्स्टर पोजेटिभ भएको  भरमा सरकारले हालै २,००० ह्याम्स्टरलाई सुलिमा चढाएको थियो । यो  विवादास्पद कदम उठाउदा सरकारले जनआक्रोश पनि सहनु परेको थियो । अफशोस! निहत्था जीवको कत्लेआम पछि पनि संक्रमणको फैलावट बिसको उन्नाइस भएन। यसले कोभिडलाइ समुदायमा सोह्रै आना वर्जित गर्ने सरकारको शून्य कोविड नीतिलाई निष्फल तुल्याइदिएको छ। यस नितिका  सीमितताहरूलाई उदाङ्गो पारिदिएको छ।

सरकारी सल्लाहकारहरूलाई गाली गर्नुको सट्टा “उनीहरूको (जनता) निराशालाई शून्य कोविड नीति तर्फ केन्द्रित गर्दा उचित हुन्थ्यो जुन नितिले यस्ता अर्थहीन मापदण्डहरुलाई अघि सारेको छ।” उनी लेख्छ्न।  शून्य कोविड नितिका कारण  यात्रुहरूलाई अहिले कोविड संक्रमणको जोखिम उच्च रहने स्थान  क्वारेन्टाइन होटलमा राखिएको छ उनले थपे ।

श्रीधर भविष्यवाणी नै गर्न पछि परेनन-कोविड-१९ अब  मानव जनसंख्यामा स्थायी रूपले  फैलिएर बस्नेछ र विश्वका धेरै जसो देशहरुले कोभिडसंगै बाच्ने अभ्यास शुरु गरिसकेका छ्न  खोप र अन्य सावधानीहरू प्रयोग गर्दै । 
तर हङकङको हकमा उनले  शुन्य कोभिड नितिको औचित्य यथावत रहेको  पनि  स्पष्ट पारे । हङकङमा वृद्ध जनसंख्याको  खोप दर ज्यादै कम रहेकोले  उनले यसो भनेका हुन।

“यसको अर्थ जनसंख्याको एउटा प्रमुख हिस्सा बोकेर बसेको कमजोर वर्ग नै कोभिड-१९ बाट पूर्ण रूपमा असुरक्षित छ। कथम एउटा बिशाल लहर आइहालेमा  हाम्रो स्वास्थ्य सेवा प्रणाली स्वतः  ध्वस्त हुनेछ” डा श्रीधरले भने।

कोभिड संग बाँच्न हङकङ अझै तयार छैन

जनवरी २४ सोमबार

“कोविडसँग बाँच्ने” रणनीति अपनाउन सक्ने  कुनै आधार निर्माण भइसकेको छैन हङकङमा अहिले भन्छन अर्का थरीका विज्ञहरु।  अत्यधिक संक्रामक ओमिक्रोन संस्करण अझै पनि वृद्ध व्यक्तिहरू र दीर्घकालीन रोगका बिरामीहरूका लागि हानिकारक भएकोले कोभिड संगै हातेमालो गरेर बाच्ने स्थिति छैन हङकङमा । यद्यपि यो भाइरस  सामान्यतया अघिल्लो संस्करणहरू भन्दा कमजोर  प्रतीत हुन्छ।

जस्पर चान

युनिभर्सिटी अफ हङकङको माइक्रोबायोलोजी विभागका जस्पर चान फुक-वूले ओमिक्रोन संक्रमणले उच्च जोखिम समुहमा ल्याउने जटिलता र मृत्यु दर सामान्य रुघाखोकीको तुलनामा उच्च रहेको बताए। यसको अर्थ हो ओमिक्रोन संक्रमित वयोवृद्ध र दिर्घरोगीले सामान्य रुघाखोकी लागेकोले भन्दा बढी सास्ती र मृत्यु भोग्नु पर्दछ।

अन्य कोभिड भेरिएन्टको तुलनामा ओमिक्रोन भेरिएन्ट आफ्नै भाइरस सेल उत्पादन गर्ने र रोग लगाउने मामिला कमजोर भएको तथ्य शोध कार्यले बताएको कुरा चान र अन्य हङकङ युनिभर्सिटी अनुसन्धानकर्ता समेत रहेको शीर्ष माइक्रोबायोलोजिस्ट युन क्वोक-युङको टिमले आइतबार  सार्वजनिक गरेको थियो । त्यसैको फलोअप टिप्पणी चानले गरेका हुन।

`ओमिक्रोन कमजोर छ, देशहरूले अब “भाइरससंगै बाँच्ने ” दृष्टिकोण अपनाउन सक्छन किनभने यो भाइरसको संक्रमणलाई सजिलैसंग काबुमा ल्याउन सकिन्छ ´ जस्ता अनेकौं सुझावहरु देशबिदेशबाट आइरहेको कुरा सोमबार एक रेडियो कार्यक्रममा चानले भने।

“तर यो रणनीति एउटा विशेष शर्तका साथ आउनु पर्दछ। जस्तै यदि  दीर्घ रोगी  र वृद्ध व्यक्तिहरू संक्रमित हुने क्रम जारी रहन्छ र उनिहरुको स्थिति जटिल हुने र मृत्यु सम्म हुने अवस्था भइरहन्छ भने यो रणनीतिलाई अपनाउन न सकिन्न । समाजलाई यो शर्त मान्य  हुन्छ भने मात्र अपनाउन सकिन्छ ।” उनले भने। 

“यस बाहेक हामीले हाम्रो मेडिकल सिस्टमले थप संक्रमित व्यक्तिहरूलाई धान्न सक्छ कि सक्दैन साथै मुख्य भूमि चीन र अरु देशहरूसँगको सिमाना पुन: खोल्ने आदि विषयलाई  पनि मूल्याङकन गर्न आवश्यक छ।”

“अहिलेको अवस्थामा  हामीले जनस्वास्थ्य र चिकित्सा प्रणालीलाई जोगाउन भाइरसलाई नियन्त्रण  गर्ने प्रयास गर्नुपर्छ,” उनले भने। 
श्वासप्रश्वास विशेषज्ञ ल्यङ चि-चिउले “भाइरससंगै जिउने” दृष्टिकोण अपनाउने देशहरूले सामुहिक प्रतिरोधात्मक क्षमता ( हर्ड इम्युनिटी ) को बदलामा प्राकृतिक संक्रमणलाई रोज्ने क्रममा  सयौं हजार कोविड मृत्यु र निरन्तर आर्थिक क्षति व्यहोर्नुपरेको बताए ।

“अहिले हामीसँग भएका खोपहरूले ओमिक्रोनलाई फैलिनबाट प्रभावकारी रूपमा रोक्न सक्दैन, त्यसैले भाइरससँग बाँच्ने कुरा कल्पना नगर्नुहोस” उनले भने।

“अष्ट्रेलियालाई हेर्नुहोस,जहाँ  प्रति दिन 100,000 ओमिक्रोन केसहरू देखापरिरहेछ्न।  हामीले यसलाई चेतावनीको रूपमा लिनुपर्छ।”

उनले नागरिकहरूलाई आगामी हप्ता घरमै बस्न आह्वान गर्दै ओमिक्रोनको ट्रान्समिसिबिलिटीलाई ९० प्रतिशतले कम गर्न बाहिर निस्कने र अन्य व्यक्तिसँगको सम्पर्क ३० प्रतिशतले कटौती गर्नुपर्ने बताए।

हङकङ युनिभर्सिटीका अर्का विशेषज्ञ इभान हुङ फ्यान-ङाईले उत्तरी गोलार्धमा प्रकोप अप्रिलमा उल्लेखनीय रूपमा घटने विश्वास गरेका छ्न। किनकि धेरै देशहरूमा एकातिर  दैनिक धेरै नयाँ केसहरू देखिरहेका छन भने अर्कोतिर  मानिसहरूले अतिरिक्त सुरक्षाको लागि तेस्रो खोपहरू पनि  लिइरहेका छन।

“यदि यो वसन्त पछि कुनै नयाँ भेरिएन्टहरु देखा परेन भने, महामारीको अवसान  केही महिनापछी हुनसक्छ  तथापि जाडो महीनामा यो मौसमी इन्फ्लुएन्जा जस्तै फर्कन्छ नै ” उनले भने।

“मेरो विचारमा भविष्यमा सबै देशहरूले प्रत्येक जाडो याममा  इन्फ्लुएन्जा र कोविडको खतरालाई  सामना गर्नेछन र मानिसहरूले प्रत्येक वर्ष दुवै संक्रमणको लागि खोप लिनुपर्नेछ।”

रक्तदातामा संक्रमण

२४ जनवरी सोमबार २०:०० बजे

दुईजना रक्तदातामा कोभिड–१९ पुष्टि भएको थियो  भने सार्वजनिक अस्पतालका एक बिरामीले समस्याग्रस्त रगत प्राप्त गरेका थिए  ।

हङकङ रेड क्रसले बताए अनुसार  सोमबार करिब  २ बजेतिर रेडक्रसलाई  दुईजना मध्ये एउटाको  प्लेटलेटहरू प्रयोग भइसकेको बताइएको थियो।

दुवैले जनवरी १६ मा चुन वान डोनर सेन्टरमा र २० जनवरीमा शातिन डोनर सेन्टरमा रक्तदान गरेका थिए ।

चुन वान डोनर सेन्टर

चुन वान दाताको रगतलाई भने प्लेटलेटस, प्लाज्मा र रातो रक्त कोशिकाहरूमा विभाजन गरिसकिएको थियो, जसमध्ये प्लेटलेटहरू जनवरी १९ मा पामेला युदे नेदरसोल इस्टर्न  अस्पतालमा पठाइएको थियो र बिरामीमा प्रयोग गरिएको थियो ।
र सम्बन्धित विरामीलाई अनुगमन गर्ने व्यवस्था मिलाइएको थियो ।

शा तिन दाताले आफ्नो परिवारका सदस्यलाई  रक्तदान गरेका थिए । रक्तदानको समयमा उनीहरूमा कुनै लक्षण थिएन र स्क्रिनिङ टेस्ट पास भयो।

रेडक्रसले एकै समयमा रक्तदान गर्ने अरूलाई पनि यस बारेमा सूचित गरेको थियो  र दुई केन्द्रका २६ कर्मचारीहरूलाई परीक्षण गरेको थियो । तर कसैलाई पनि रोगीको नजिकको सम्पर्कको रूपमा सूचीबद्ध गरिएको थिएन।

संलग्न केन्द्रहरू गहिरो सफाईको लागि बन्द गरिएका थिए  र अर्को सूचना जारी नभएसम्म सम्बन्धित सेवाहरू निलम्बित गरिएको थियो ।

अस्पताल प्राधिकरणका प्रमुख प्रबन्धक सारा हो युन-हाले भने अनुसार  विदेशतिर भएको खोजहरूले रगत मार्फत कोविड -१९ हुने सम्भावना कम छ: “फ्रान्समा यस्तै केस भएको थियो तर  रगत प्राप्त गर्नेहरूमा भाइरस फेला परेको थिएन ।”
अन्य थपमा  क्वीन एलिजाबेथ अस्पतालमा काम गर्ने एक सुरक्षा कर्मचारीलाई आइतवार पेनी बे क्वारेन्टाइन सेन्टरमा कोभिड-१९  पुष्टि भएको थियो।

उनी आफ्नो परिवारसँग क्वाई चुङ एस्टेटमा बस्थे र उनको मुख्य ड्युटी  ट्राफिक व्यवस्थापन गर्नु थियो ।  उनी काममा भर्खर लागेका   थिए र कुनै पनि बिरामीसंग उनको सम्पर्क भएको थिएन ।
उनी  अन्तिम पटक काममा  गत शुक्रबार गएका थिए ।उनको स्वासप्रस्वास कतिको फिट छ भनेर जाँच गरिएको थियो ।
परीक्षणको क्रममा उनले ३० मिनेटसम्म श्वास फेर्न आवश्यक थियो।  उनलाई परीक्षणमा सहयोग गर्ने कर्मचारीलाई नजिकको सम्पर्कको रूपमा सूचीबद्ध गरिएको थियो।

अर्को ७८ वर्षीय पुरुषलाई गत शनिबार ज्वरो र घाँटी दुखेपछि प्रिन्सेस मार्गरेट अस्पताल पठाइएको थियो ।  आइतबार उनको कोभिड–१९ परीक्षण पोजेटिभ देखिएको हो ।
उनलाई गत सोमबार सोही अस्पतालको केमोथेरापी सेन्टरमा भर्ना गरिएको थियो । र केमोथेरापीको क्रममा सेवा सहायकसँग उनले  मास्क खोलेर कुरा गरेको  फेला परेको थियो। उक्त सहायकलाई नजिकको सम्पर्कको व्यक्तिको रूपमा सूचीबद्ध गरिएको थियो।

केमोथेरापी केन्द्रको वातावरणीय नमूनाहरूमा कुनै भाइरस फेला परेको थिएन ।

२४ जनवरी २०: ०० बजे

सोमबार राति थप लकडाउनहरू घोषणा गरिएको थियो । जसमध्ये एक क्वाई चुङ एस्टेटमा रहेको ब्लक पनि  समावेश थियो ।

क्वाई चुङ एस्टेटको हा क्वाई हाउस र ताई वो हाउ एस्टेटको फु ताक हाउस र शाम शुई पोको हिंग फंग भवनलाई एक रातको लागि लक गरिएको थियो।

२५ जनवरी मंगलबार २०:००बजे

सोमबार रात जारी  ताइ वो हाउ लकडाउनमा एक व्यक्ति प्रारम्भिक पोजिटिभ फेला परेका थिए ।

मङ्गलबार बिहान १ बजेसम्म ताइ वो हाउ एस्टेटको फु ताक हाउसमा बसेका १ हजार ६ सय ९५ जनाको परीक्षण गरिएको थियो, जसमध्ये एउटा मात्रै प्रारम्भिक पोजेटिभ देखिएको थियो ।

सम्बन्धित व्यक्ति र उनीहरूको नजिकको सम्पर्कलाई अस्पतालमा भर्ना गरी फलोअपको लागि क्वारेन्टाइन केन्द्रमा पठाइएको थियो।

  शाम शुई पोको पेई हो स्ट्रिटमा रहेको हिङ फङ भवन र क्वाई चुङ एस्टेटको हा क्वाइ हाउसका करिब ६०५ बासिन्दाको मंगलबार बिहान १२ बजेसम्म परीक्षण गरिएको थियो।  सबै 605 व्यक्तिहरूको रिपोर्ट  नेगेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया