क्रान्ति सुब्बा

ह्याम्स्टर बध

२३ जनवरी आइतबार १५:०० बजे

सरकारले जजसले घरमा ह्याम्स्टर पालेकाछ्न ती सबैले आ आफ्नो ह्याम्स्टर सरकारलाई हस्तान्तरण गर्न अनुरोध गरेपछि  एक नागरिकले बुझाएको ह्याम्स्टरमा कोभिड-१९ भाइरस पोजेटिभ देखिएको कृषि, मत्स्यपालन तथा संरक्षण विभागले आइतबार घोषणा गरेको थियो ।

जनवरी २२ सम्ममा २,२९८  ह्याम्स्टरहरू सहित कुल २,५८१ जनावरहरू मारिएका थिए।

एक प्रवक्ताले भने अनुसार  ७७ वटा ह्याम्स्टरहरू २२ जनवरीका दिन विभागमा आत्मसमर्पण गरिएको थियो र ती मध्ये ७१ वटामा कोभिड-१९ पोजेटिभ आएको थियो।

नागरिकहरूले आत्मसमर्पण गरेका ह्याम्स्टरहरूबाट लिइएका ११३ नमूनाहरू मध्ये जनवरी १९ मा सङ्कलन गरिएको ह्याम्स्टरबाट लिइएका दुईवटा नमूनाहरू सकारात्मक देखिएका थिए।

प्रवक्ताले नागरिकरूलाई डिसेम्बर २२, २०२१ मा वा सो मिति भन्दा पछि स्थानीय घरपलुवा पशु बेच्ने पसलहरूमा खरिद गरिएका ह्याम्स्टरहरूलाई जतिसक्दो चाँडो विभागमा आत्मसमर्पण गर्न बिशेष अनुरोध गरेका थिए ।
जनवरी १७ देखि २२ सम्मको अवधिमा  आत्मसमर्पण गरिएका ह्याम्स्टरहरूबाट कुल १,७९३ वटा जनावरका नमूनाहरू बिभागले निकालेको थियो । हङकङमा रहेका  ह्याम्स्टर बेच्ने विभिन्न पसलहरू र ताइ पोको एउटा गोदामबाट यी साना जनावरहरू संकलन गरिएका थिए ।

“आई लभ रयाबिट समूह अन्तर्गत  कजवे बेमा रहेको  लिटिल बोस पेट दोकानबाट एएफसिडीले शुरुमा १२५ नमुनाहरु संकलन गरेको थियो। यी मध्ये सातवटा ह्याम्स्टरहरूबाट खिचिएका सात नमूनाहरूमा सातै वटाको नतिजा पोजिटिभ आएका थिए।

त्यही समूह अन्तर्गत  कजवे बेको अर्को आउटलेटबाट सङ्कलन गरिएका ४९ नमूनाहरूमध्ये दुईवटा ह्याम्स्टरका दुई नमूनाहरू पनि पोजिटिभ आएका थिए ”प्रवक्ताले भने।
ताई पोको गोदामबाट ५११ नमूनाहरू लिइएको थियो जसबाट लिइएको एउटा  ह्याम्स्टरको एउटा नमूना पोजिटिभ आएको थियो।

यसबाहेक यही समुह अन्तर्गत रहेका विभिन्न आउटलेट क्रमशः मङ कोकबाट तीनवटा आउटलेट, कजवे बेबाट  तीनवटा आउटलेट, ताइ पोबाट  एउटा आउटलेट, युन लङबाट  एउटा आउटलेट र कजवे बेमा रहेको बोर्डिङ हाउस  र ताइ पो गोदामबाट पहिले नै स्वास्थ्य संरक्षण केन्द्रले ३४ वटा वातावरणीय स्वाबहरू लिएको थियो र सबै नमुना पोजिटिभ पुष्ठि भएका  थिए  ।

५०० वटा रेस्टुरेन्ट बन्द हुने

२३ जनवरी आइतबार १९:०० बजे

यदि अहिले कै कडा सामाजिक दूरीका नियमहरु  फेब्रुअरी भरी पनि जारी रहेमा हङकङमा अनुमानित ५०० वटा रेस्टुरेन्टहरु मार्च महिनाभित्र बन्द हुन सक्ने आकलन एक ज्ञाताले बताएका छ्न। क्याटरिङ उद्योगको पिक सिजनमा नै व्यवसाय चौपट हुने भएपछि यस्तो प्रतिक्रिया आएको हो।

कोविड महामारी पाँचौ लहरले हङकङमा ल्याएको  प्रकोप झन खराब हुदै गएमा सामाजिक दुरि संबंधी कायम नियमहरु खुकुलो हुने छाटकाट देखिन्दैन हङकङकि कार्यकारी प्रमुख क्यारी लामले शनिबार बताइन। अहिले जारी कडा नियम यहि फेब्रुअरी ४ तारीख समाप्त हुन्छ।  यदि नियम खुकुलो नभएमा बेलुकी ६ बजेबाट डिनर गर्न नपाइने नियम यथावत रहनेछ।

फेडेरेसन अफ रेस्टुरेन्ट एन्ड रिलेटेड ट्रेडका अध्यक्ष साइमन वङ का-वोले  चाइनिज नयाँ  वर्षका धेरै जसो बुकिङ डिनरहरु क्यान्सल भएको  बताए।

लुनार नयाँ वर्ष रेस्टुरेन्टहरूका लागि महत्वपूर्ण समय भएकाले जनवरी र फेब्रुअरीमा यस उद्योगले HK$8 बिलियन आम्दानी  गुमाउने उनको अनुमान छ।

“यदि  फेब्रुअरी महिनामा बिजनेस भएन भने एक महिनाभित्र ५०० भन्दा  बढी रेस्टुरेन्टहरू बन्द हुँदा आश्चर्य नमाने हुन्छ।” वङले भने।

  फेब्रुअरी ४ पछि राति ८ बजेसम्म रेस्टुरेन्ट सञ्चालन गर्ने  अनुमति  दिइयोस वङले सरकारसँग आग्रह गरे ।

“केही रेस्टुरेन्टहरूले दिउँसोको बिजनेसमा आफ्नो टेबलहरु भरिभराउ पार्न सक्षम भएता पनि  यो अवधिले आम्दानीको ३० प्रतिशत भाग मात्र ओगटदछ। फेरि  तिनीहरू टेकवे व्यवसायमा मात्र भर पर्न सक्दैनन” उनले भने।

“यदि फेब्रुअरी ४ तारीख उता पनि डिनर माथिको प्रतिबन्ध खुकुलो भएन भने सम्पूर्ण उद्योग नै भगवान भरोसामा जान्छ” उनले भने।

ताइ वो हाउमा लकडाउन

२३ जनवरी आइतबार २०:०० बजे

ताइ वो हाउ एस्टेटको फु क्यङ हाउसमा लकडाउन घोषणा गरियो। यो स्थान  क्वाई चुङ एस्टेटबाट पैदल जाने हो भने  १० मिनेट लाग्दछ। यस हाउसमा पनि  संक्रमण अचाक्ली तवरले  बढदै गरेको थियो ।

सरकारले सोमबार बिहान ७ बजेसम्म लकडाउन अन्त्य गर्ने लक्ष्य राखेको थियो ।

मेई फूको डेलिया मेमोरियल स्कूल (ग्ली पाथ) मा पढने  १८ वर्षीया महिला विद्यार्थी सहित चार केसको संक्रमण स्रोत फेला पार्न नसकिरहेको अवस्था थियो । उनी ताई वो हाउ एस्टेटको फु क्यङ हाउसमा बस्छिन।

१४० केस देखापरे

२३ जनवरी आइतबार २१: बजे

हङकङमा आइतवार १४० कोभिड-१९ केसहरू रिपोर्ट गरिएको थियो  जसमा क्वाई चुङ एस्टेट प्रकोपसँग सम्बन्धित १०४ केसहरू थिए ।

हङकङमा कोभिड-१९  पाँचौं लहर शुरु भए यताको सबैभन्दा उच्च केस संख्या हो यो र केहि वर्ष यता उप्रान्त  दैनिक संक्रमित संख्या १०० नाघेको पनि पहिलो पटक हो ।

रिपोर्ट गरिएको केस मध्ये १५ आयातित र १२५ स्थानीय सङक्रमित थिए ।  ९४ केसहरूमा  यात क्वाई हाउसका बासिन्दा  र उनीहरूका पाहुनाहरु थिए।  यिङ क्वाई हाउस र ङा क्वाई हाउसबाट  पनि क्रमशः नौ र एक केस आएको थियो ।

एक संक्रमित यात क्वाई हाउस निवासी प्रिन्स अफ वेल्स अस्पतालमा  बिरामी हेरचाह सहायकको काम गर्ने व्यक्ति थिए ।  उक्त व्यक्तिले शल्यक्रिया कक्ष भित्र सामग्री तयार गर्न मद्दत गरेका थिए ।

उनले हेर्ने ६ जना बिरामीलाई घनिष्ट सम्पर्क सूचीमा राखिएको थियो र परीक्षण गराउन आवश्यक थियो। अस्पतालका १४० कर्मचारीहरूले पनि परीक्षण गरेका थिए ।

ती कर्मचारीले प्रीन्सेस मार्गरेट अस्पतालको बाल चिकित्सा सघन हेरचाह युनिटमा काम गर्ने अर्को सहायकसँग भेटेकि थिइन। जनवरी १६ मा यात क्वाई हाउसमा भेटघाट  भएपछि दोस्रो सहायकमा पोजेटिभ देखिएको थियो ।

अर्का  संक्रमित यात क्वाइ हाउस निवासी हुन जो क्वाई हिङ स्थित मेनिङस भन्ने  पसल मा काम गर्छन। उक्त स्टोरको अर्को सहकर्मीलाई  पनि पोजिटिभ भएको थियो ।र त्यो स्टोरमा पनि प्रकोप विस्तार भएको शंका गरिएको थियो ।

  मेई फूको डेलिया मेमोरियल स्कूल (ग्ली पाथ) मा पढने  १८ वर्षीया महिला विद्यार्थी सहित चार केसहरूको  संक्रमण स्रोत फेला पर्न सकेको थिएन । ती विद्यार्थी  उनी ताई वो हाउ एस्टेटमा बस्छिन।

अन्य संक्रमितहरुमा रहेका छ्न १.एक छ वर्षीय बालक थिए जो कोस्टल स्काइलाइन, तुङ चुङको ब्लक ए मा बस्छन। २. ताइ वाइको मेई पाक कोर्टमा बस्ने ३१ वर्षीया महिला;  र  ३. मित्सुबिशीमा लिफ्ट मर्मतको काम गर्ने   मा अन शान, सनसाइन सिटी निवासी   ४४ वर्षीय पुरुष।

हङकङमा आइतवार १०० भन्दा बढी प्रारम्भिक पोजेटिभ केसहरू पनि रेकर्ड गरिएको थियो । र धेरै जसो  केसहरू वृद्ध हेरचाह गृहमा काम गर्ने कर्मचारीहरू परेका थिए। जस अन्तर्गत क्वाई चुङ एस्टेटको एभरग्रीन नर्सिंग होममा काम गर्ने नर्स, शा तिनको जोयस प्लेसका एक वृद्ध र  एकजना साल्भेसन आर्मी नाम सान रेसिडेन्स फर सिनियर सिटिजनका  क्लिनर थिए। 

लकडाउनबाट शुन्य पोजिटिभ

२४ जनवरी सोमबार ११:०० बजे

क्वाई चुङको ताइ वो हाउ एस्टेटको फु क्यङ हाउसमा लागु  रातभरको लकडाउन हटाइयो जसमा १,१५० बासिन्दाहरूको परिक्षण सम्पन्न भएको थियो जस मध्ये कसैमा  पनि कोभिड पोजिटिभ देखिएन।

सोमबार बिहान ७ बजेदेखि लकडाउन हटाइएको हो ।

परीक्षणको क्रममा लगभग ७२० घर चहारिएको थियो । गए। ४० वटा फ्लाटका घरपरिवारले ढोका खोलेनन।

क्वाइ चुङ स्टेटमा संक्रमित संख्यामा वृद्धि

२४ जनवरी सोमबार १२:०० बजे

क्वाइ चुङ एस्टेटमा थप ३० जना बासिन्दामा सोमबार कोभिड पोजिटिभ देखिएको थियो साथै प्रकोप थप पाँच ब्लकहरूमा फैलिएको थियो ।

स्रोतका अनुसार प्रारम्भिक पोजिटिभ देखिनेमा पनि यस  एस्टेटबा थप  ३० जना बासिन्दा रहेका थिए  अहिलेको घडीमा  जसमध्ये २२ जना त यात क्वाई हाउसका बासिन्दा थिए।

पहिलो चोटि कोभिड भेटिएका पाँचवटा ब्लकहरु हुन – हा क्वाई हाउसमा २ वटा केस,  चुई क्वाई हाउसमा १ केस, लुक क्वाई हाउसमा १ केस, पिक क्वाई हाउसमा १ केस र पाक क्वाई हाउसमा अ१ केस ।

यस एस्टेटमा जम्मा १६ वटा ब्लक छ्न जस मध्ये १२ वटा  ब्लकमा संक्रमण फैलिसकेको थियो ।

हङकङका स्वास्थ्य प्रमुख सोफिया चान सिउ-चीले आइतवार क्वाई चुङ एस्टेटमा रहेको ओमिक्रोन क्लस्टरको संख्या १ सय ७० भन्दा बढी पुगेको बताएकी थिइन । जसमा सार्वजनिक आवास क्षेत्रका सातवटा ब्लकबाट  बिरामीहरु फेला परेका थिए ।

प्रारम्भिक पोजिटिभ हुन या त पोजिटिभ  पुष्टि प्राय जसो सबै केस यात क्वाई हाउस र यिंग क्वाई हाउसबाट आएका  थिए । यी दुबै ब्लकमा पाँच दिने लकडाउन जारी गरिएको थियो ।

सोमबार एक रेडियो कार्यक्रममा बोल्दै, श्वासप्रश्वास विशेषज्ञ ल्यङ ची-चिउले भने- लकडाउन गर्न  अलि ढिलो भयो  जसले हाउजिङ  एस्टेटमा बस्ने सबै बासिन्दालाई संक्रमणको जोखिममा पारिदियो ।

मेनिङ कर्मचारी संक्रमित

२४ जनवरी १५:०० बजे

ताइ वो हाउ स्थित एओन  स्टोरका दुई कर्मचारीहरूलाइ कोभिड-१९ पोजेटिभ भएको थियो । पोजिटिभ भएका दुई  कर्मचारी  काम गर्ने शाखाको ठेगाना हो- B2-B3, Panda Place, 3 Tsuen Wah Street, Tsuen Wan।

यसका अलावा  क्वाई हिंग एमटीआर स्टेशनको म्यानिङस आउटलेटमा काम गर्ने  तीन कर्मचारीहरूलाई पनि पोजिटिभ भएको थियोे । उनीहरुको अन्तिम कामको दिन गत शुक्रबार थियो।
सोही म्यानिङमा काम गर्ने  अन्य आठ कर्मचारीलाई नजिकको सम्पर्क सूचीमा राखेर क्वारेन्टाइनमा पठाइएको थियो ।

वङ ताइ सिनको ढलमा डेल्टा र ओमिक्रोन भेरिएन्ट भेटिए

२४ जनवरी सोमबार १९:००

क्वाई चुङ एस्टेटमा थप ६९ कोभिड-१९ केसहरू रिपोर्ट गरिएको थियो। वङ ताई सिन एरियामा संक्रमण चेन लुकेर बसेको हुन सक्ने चेतावनी अधिकारीले दिए।

सेन्टर फर हेल्थ प्रोटेक्शनले आज कुल १०९ नयाँ कोविड केसहरू रिपोर्ट गरेको थियो ।  जसमध्ये ९८ स्थानीय संक्रमण थिए। १०० भन्दा बढी प्रारम्भिक पोजिटिभ केसहरू देखापरेका थिए ।

क्वाई चुङ इस्टेटबाट ६९ जना स्थानीय सङ्क्रमण फेला परेका थिए । यस क्लस्टरबाट संक्रमण हुनेको कुल सङख्या २३० जनाभन्दा बढी पुगेको थियो  ।

६९ केसहरू मध्ये २७ जना यात क्वाई हाउसका बासिन्दा वा आगन्तुक हुन। ३३ जना संक्रमित यिङ क्वाई हाउसबाट आएका थिए ।  र नौ जना इस्टेटका अन्य ब्लकहरूसँग संबंधित थिए ।

एस्टेटसँग जोडिएका  केस संख्या पनि बढ्ने क्रम जारी थियो । हो मान तिनको भिक्ट्री एभिन्यूमा रहेको निर्माण साइटमा आठ जना कामदारलाई संक्रमित भएको थियो । यो भन्दा अगाडि यिङ क्वाई हाउसमा बस्ने  एक जना यही साइटका कामदारलाई कोविड भएको थियो ।

सेन्टर फर हेल्थ प्रोटेक्शन संक्रामक रोग शाखाकि  प्रमुख डा चुआङ शुक-क्वानले भनिन- सोमबार  स्वास्थ्य अधिकारीहरूले वङ ताई सिनमा लिइएको ढलको नमूनाहरूमा डेल्टा र ओमिक्रोन दुवै भेरिएन्ट फेला पारेका थिए ।

चुआंगले यस क्षेत्र भित्र गोप्य रूपमा  कोविड फैलिरहेको  हुन सक्छ भन्ने शंका व्यक्त गर्दै वङ  ताई सिनका बासिन्दाहरूलाई कोविड परीक्षण गर्न आह्वान गरिन।

वङ ताई सिन स्थित  ट्रोपिकाना गार्डेनको ब्लक १ मा दुई पुष्टि  केस फेला परेका थिए भने  तेस्रो व्यक्तिलाई  प्रारम्भिक पोजेटिभ भएको थियो ।  तिनीहरू सबै ब्लक १ को युनिट इका विभिन्न तल्लाहरूमा  बस्थे।

चुआङका अनुसार तीन जना मध्ये एक जनाले  भर्खरै ह्याम्स्टर किनेका थिए ।

सरकारी सल्लाहकार युन क्वक युङले एस्टेट भ्रमण गरेपछि युनिट E मा बस्ने सबै बासिन्दाहरूलाई क्वारेन्टाइने तयारी गरिएको थियो ।

ब्लकमा बस्ने पहिलो केसवालाले  मङ कोकको घरपालुवा जनावरको पसल I Love Rabbit बाट ह्याम्स्टर किनेका थिए ।

तपाईको प्रतिक्रिया