हाल हङकङमा रहेकी कवि कल्पना काफ्ले कविता गीत र गजल लेखनमा आफ्नो पुस्ताहरुमाँझ स्थापीत र प्रीय नाम हो । उनका कविताहरुले समाजमा रहेको बेथिथिहरुको बिरोध र समानतामुलक समाजको वकालत गरिहेका हुन्छन। कयौ साहित्यीक संस्थारुबाट सम्मानीत र पुरस्कृत काफ्लेका कविताहरु आफ्नो पुस्तामाँझ एक शक्तीशाली आवाज हो प्रस्तुत छ साताको तीन कविता ।

उज्यालोको कथा

अँध्यारोको कालो पर्दा च्यातेर
लेख्नु छ एउटा उज्यालोको कथा
त्यस उप्रान्त
मेरो देशका भविष्यहरु
हारेर जीवनका कुरुक्षेत्रबाट
खसी बोका र भेंडाच्याङग्रा भएर
बेचिने छैनन बिदेशी हाटबजारमा
फर्किनेछन हजारौं चेलीका सिन्दुरहरू
आँखाभरि इन्द्रेणी सपना बोकेर
आँगनमा ढकमक्क फुलेका
बेली चमेलीहरुका शालीन अस्तित्व
अथकित निर्बाध उकालो चढनेछन
हरेक नागरिकका इन्द्रेणी सपना
केटाकेटीहरु निर्धक्क हिँडनेछन पाठशाला
कुनै आँधी हुरीले निभाउने छैनन
हृदय प्रदीप्त विश्वासको दियो
हरेक मनहरुमा अविराम बगिरहनेछन
उत्साहका नदी
प्लाष्टिकका छानाबाट चुहिएका
आँसुका झरीले निथ्रुक्क रुझेका अनुहारमा
फुल्ने छ खुसीको सम्भावित फूल

मौन आँखाबाट बलिन्द्रधारा बगाएर
बस्ने छैनन कुनै निरीह बाआमा
विवशताका उदास वृद्धाश्रममा
छली बादलको चक्रव्यूहबाट
मुक्त हुनेछ घाम
र उदाइरहनेछ
हरेक चिसिएको आँङमा अनुभूत हुनेछ मृदुल न्यानो
अभियुक्त भएर षड्यन्त्रहरु
उभिनेछन न्यायको कठघरामा
साबित हुनेछ अपराध
एकाएक परास्त हुनेछ अनैतिकता
अहा ! अनि भीरमा पीरमा ढकमक्क फुल्नेछ राष्ट्रियता
यत्रतत्र सर्वत्र फैलिने छ उज्यालोको अनुपम सुवास
उर्वर माटो खोस्रेर मैले
छर्नु छ उज्यालोको बीज
र उमार्नु छ
रगत र पसिनाको समागममा हृदयभरि खुसी
बाँडनु छ हरेक अँध्यारा मनहरुलाई
र लेख्नु छ एउटा उज्यालोको कथा
‘समृद्ध मेरो देश ‘।
कालो पर्दा च्यातेर
लेख्नु छ एउटा उज्यालोको कथा
त्यस उप्रान्त
मेरो देशका भविष्यहरु
हारेर जीवनका कुरुक्षेत्रबाट
खसी बोका र भेंडाच्याङग्रा भएर
बेचिने छैनन बिदेशी हाटबजारमा
र फर्किनेछन हजारौं चेलीका सिन्दुरहरू
आँखाभरि इन्द्रेणी सपना बोकेर
आँगनमा ढकमक्क फुलेका
बेली चमेलीहरुका शालीन अस्तित्व
अथकित निर्बाध उकालो चढने छन
हरेक नागरिकका इन्द्रेणी सपना
केटाकेटीहरु निर्धक्क हिंडने छन पाठशाला
चराहरू स्वतन्त्र उडनेछन खुला आकाशमा
कुनै आँधी हुरीले निभाउने छैनन
हृदय प्रदीप्त विश्वासको दियो
हरेक मनहरुमा अविराम बगिरहने छन
उत्साहका नदी
प्लाष्टिकका छानाबाट चुहिएका
आँसुका झरीले निथ्रुक्क रुझेका अनुहारमा
फुल्ने छ खुसीको सम्भावित फूल

मौन आँखाबाट बलिन्द्रधारा बगाएर
बस्ने छैनन कुनै निरीह बाआमा
विवशताका उदास वृद्धाश्रममा
बेइमानहरु भाग्ने छन पुच्छर लुकाएर
छली बादलको चक्रव्यूहबाट
मुक्त हुनेछ घाम
र उदाइरहनेछ
हरेक चिसिएको आँङमा अनुभूत हुनेछ मृदुल न्यानो
अभियुक्त भएर षड्यन्त्रहरु
उभिनेछन न्यायको कठघरामा
साबित हुनेछ अपराध
एकाएक परास्त हुनेछ अनैतिकता
अहा ! अनि भीरमा पीरमा ढकमक्क फुल्नेछ राष्ट्रियता
यत्र तत्र सर्वत्र फैलिने छ उज्यालोको अनुपम सुवास
उर्वर माटो खोस्रेर मैले
छर्नु छ उज्यालोको बीज
र उमार्नु छ
रगत र पसिनाको समागममा हृदयभरि खुसी
बाँडनु छ हरेक अँध्यारा मनहरुलाई
र लेख्नु छ एउटा उज्यालोको कथा
‘समृद्ध मेरो देश ‘।

एउटा भ्रूण जन्मिदैछ

म चुपचाप छु यतिबेला
नाङ्गा नाँचहरू
एक तमासले हेरिरहेछु
नियालिरहेछु दूर देशसम्म
अबोध बालिकामाथि
बाघलेझैँ झम्टिएर
मारिदिने नरभक्षी
सम्झिँदा पनि
मथिङ्गल हल्लिएको छ
के थाहा
त्यो कलिलो मस्तिष्कलाई ?
यौनको विषय
कस्तो पिपासु सन्तानलाई
जन्म दियौं आमा ?
कस्तो अशुभ समयमा
गर्भधारण गरेर
लिएर आयौ यस लोकमा?
मेरो प्रश्न छ तिमीसँग
यस्ता कलङकलाई
जन्म दिनुभन्दा
कोख बाँझै रहेको भए
अति वेश हुन्थ्यो तिम्रो

आमा
र बहिनी नचिन्ने
आफ्नै रगतमा
आफ्नै बीज उमारेर
आफ्नै रगत
घटघट पिउन सक्ने
यो कस्तो
पुरुष जन्तु हो आमा ?
कुन रतिरागलाई
उजागर गरेर
कुन समयमा
कस्तो बीज रोपिदियौ
आमाको गर्भमा
र यस्तो कुलङ्गार जन्मियो ?
बाबा !
तिमीलाई प्रश्न छ मेरो
यस्ता नरपिचाशलाई
जन्म दिनुभन्दा
तिम्रो बिजाणु
नपुंसक भएको भए
अति वेश हुन्थ्यो ।

म छोरी हूँ
म एउटी नारी हूँ
एउटा अद्भुत
सोच लिएर
कुन्तीले
भगवान सूर्यको गर्भधारण गरेर
सन्तान जन्माएझैँ
जल
तेज
पृथ्वी
वायु
र आकाशको
गर्भाधारण गरेकी छु
मेरो कुमारित्व भर्खरै
नष्ट गरेर
म गर्भिणी भएकी छु
यतिबेला

तपाईं ठान्नुहुन्छ
मैले पेट बोकेकी छु
तर
मैले मेरो पेटभित्र
पेट बोकेको होइन
महाशय!
अन्यायका विरुद्ध
एक्लै लडन सक्ने
जिम्मेवार
र कर्तव्य निष्ठ
एउटा
नागरिकको भ्रूण
तयार गरिरहेकी छु
त्यसले
निकट भविष्यमै
नराधमहरूको
समाप्ति पश्चात
एउटा, बुद्ध विश्वास
र अर्को कृष्णसाहस
फैलाएर समाजमा
स्थापना गर्नेछ
सत्यम , शिवम ,सुन्दरम ।
हो म गर्भिणी छु यतिबेला
एउटा नागरिकको
भ्रुण तयार गरिरहेकी छु ।

नझुल्केको घाम

सृष्टीको आदिमकाल देखि
माथिबाटै झुल्किन्थ्यो घाम
भिजाएर धर्ती
माथिबाटै पर्थ्यो शीतल पानी
छरेर उज्याला बैजनी रङ्गहरु
गाउँथे समानताका गीत
र पोखिदिन्थ्यो रङ्गहरुको इन्द्रेणी पानीमा ।

म चोवलिन्थे पसिनाको सरोबरमा चुर्लुम्म
जवरजस्ती फलाम पिटेर घनले
हँसिया कोदाली र फाली बनाउँदै
चुल्हाको चुलेसीमा धार लगाउँदै
तिम्रो दैनिकी चलाइदिन
तिमीलाई दिएर मेरो अमुल्य समय
तिमी घटघट पिउथ्यौ मेरो श्रमका पसिना
र मेटाउँथ्यौ अतृप्त प्यास ।

मेरो औलाको चक्र छाप
कुनै शिल्पीले कुँदेका बुट्टाहरु
तिमीले काटेको स्याउहरुमा हुन्थे
नास्पतीहरुमा हुन्थे
र, तिमी त्यही टुक्राहरुलाई
भगवान भनाउँदो ढुङ्गाहरुलाई चढाउँथ्यौ ।

पानीका मुहानमा पानी छताछुल्ल भएर बग्दा
पिपिरीको पातले दुना बनाएर
तिमीले रितो गाग्री भरिरहँदा
लाग्थ्यो त्यो गाग्रीमा तप तप तप
मरो आँशु झरिरहेको छ, पसिना चुहिरहेको छ ।
मैले बनाएको औजारले
बाँस कपेर धारो बनाएको पानी
तिम्रा कुल देवतालाई चढाउने गंगाजल बन्यो ।

मानिसको श्रृष्टी दुई कोखबाट हुन्छ
सृष्टिको कालखण्डमा भगवानले
एउटा लोग्ने मान्छे र अर्को आइमाइ मान्छे बनायो
र, आइमाइको कोखबाट तिमी जन्मियौँ ।
वेदका ऋचाहरु र पुराणका पर्वहरुमा
कतै उल्लेख छैन म अछुत जन्मेको कथा
सबै आइमाइको कोख उघारेर जन्मिए
तर म त,
बाबुको गर्भको च्यादर च्यातेर
फुत्त धर्तिमा आएको मान्छे हुँ ।

कसैले मलाई छुनु हुँदैन
कहिँ कतै मैले छोएको पानी चल्दैन
मैले छोएको फुलपाती तिम्रो भगवानलाई चढाउनु हुँदैन
म पढ्ने विद्यालयमा तिमी पढनु हुँदैन
तिम्रा लागि घाम अलग्गै लाग्नुपर्छ,
पानी अलग्गै बग्नु पर्छ

सोच्छु, के तिमी र म बीच हिँडने बाटो फरक छ ?
के म उभिएको आँगन फरक छ ?
माटो फरक छ ?

तपाईको प्रतिक्रिया