२६ डिसेम्बर २०२० ।हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा आज निश्चित भएको कोरोना संक्रमित संख्या ५९ हो। जसमा ६ जना आयातित र ५३ जना स्थानीय परेका छ्न। २७ जनालाई पुरानो रोगिबाट कोरोना सरेको ठहर भएकोछ भने २६ जनालाई कताबाट संक्रमण भयो पता लाग्न सकेन। हङकङमा कोरोना संक्रमित संख्या ८,५४१ पुगेको छ। ७ देखि ९१ वर्षका २७ पुरुष र ३२ महिला आजको संक्रमितमा परेका छ्न। हङकङमा संचालित कोरोनाभाइरस टेस्टिङ सेन्टरबाट जम्मा ८ केस आएकाछ्न। ५० भन्दा बढी प्रारम्भिक पोजिटिभ रोगी कोरोना सुनिश्चित हुने सुचीमा परेका छ्न।

६ जना बाहिरबाट आएको संक्रमितमा ३ जना युकेबाट आउने परेकाछ्न जस मध्ये एकजना विद्यार्थी हुन।

२६ जना स्थानीय अपुष्ट केस मध्येमा एकजना लेइ यु मुन स्टेटको लेइ साङ हाउसमा बस्ने रोगी परेकाछ्न। अहिलेसम्ममा यो स्टेटबाट ६ जना संक्रमित छ्न। यहाँ बस्ने सबैलाई अनिवार्य कोभिड टेस्टमा जानू पर्ने आदेश आज जारी भैसकेकोछ।

आज बिहान कङ वा अस्पताल भर्ना भएकी एकजना गर्भवती महिलामा प्रारम्भिक पोजिटिभ देखिएकोछ। उनिबाट भर्खर जन्मिएको बच्चामा भने नेगेटिभ देखिएकोछ।

युनाइटेड क्रिश्चियन अस्पताल कोरोना भाइरसको नयाँ मुहानको रूपमा देखा परेको छ। चार जना स्टाफ र ११जना रोगी संक्रमित भएको अवस्था छ।

एक ८४ वर्षीया महिला रोगीबाट संक्रमण फैलिएको कुरा सरकारी अधिकारीले गरेका छ्न। ती रोगी डिसेम्बर १५ का दिन सघन कक्षमा भर्ना भएकी थिइन। शुरुमा उनलाई परिक्षण गर्दा नेगेटिभ देखिएको थियो । डिसेम्बर १८ मा उनलाई पालिएटिव केयर वार्डमा सारिएको केहि दिनपछि तेस वार्डको एक जना रोगीमा पोजेटिभ देखियो। स्रोत पहिल्याउदै जादा ति ८४ वर्षकि महिलाबाट नै त्यो वार्डको अरु रोगी र स्टाफलाई संक्रमण भएको कुरा पता लाग्यो।

माइक्रो बाइलोजिस्ट युन कोक यङका अनुसार भाइरस हावाको माध्यमबाट सरेको हो।

तपाईको प्रतिक्रिया