क्रान्ति सुब्बा

कोभिड नियन्त्रणमा रयापिड टेस्टिङ कीट ट्रेन्डिङमा

हङकङ सरकारले बढदो कोभिड प्रकोपलाई यथाशीघ्र नियन्त्रणमा ल्याउन नागरिकलाई घरमै बसेर परिक्षण गर्न सकिने सेल्फ टेस्ट कीट वितरण गर्ने योजना अघि सारेको छ। घरमै बसेर नियमित स्व-परिक्षण गर्न  जनसमुदायलाई बानी परोस भनेर यो योजनालाई सरकारले  पाइलट योजना अन्तर्गत ल्याउने प्रयास गरेको कुरा फेब्रुअरी ७ तारीख  सोमबार एक चिकित्सा विज्ञले बताए । यस मानेमा यो प्रक्रिया भविष्यमा सामान्य जीवनशैलीको अभिन्न अंग बन्न सक्दछ।

सरकारले यो भन्दा पहिले नागरिकहरूलाई  घरमै परीक्षण गर्न सकिने कोभिड-१९ परीक्षण किट हस्तान्तरण गर्ने योजना भएको घोषणा गरेको थियो र अहिले प्रशासनले ती  किटहरू खरीद गर्ने प्रक्रियालाई अगाडि बढाइसकेको छ।

एक रेडियो कार्यक्रममा बोल्दै, चिनियाँ विश्वविद्यालयका बायोमेडिकल विज्ञानका सहायक प्रोफेसर रिकी चिउ यिन-तोले परीक्षण किटद्वारा अवश्य कोविड बोकेर हिडेकालाई त समात्न सकिन्छ र सोही अनुरुप प्रकोपको फैलावटलाइ पनि साइजमा ल्याउन सकिन्छ । तर प्रति नागरिकलाई एक थान किट मात्र दिएर पर्याप्त हुन्न भनेका थिए ।

भाइरस आफ्नो शरीरमा नभएको सुनिश्चित गर्न  नागरिकहरू आफैले केहि दिन बिराएर परीक्षण गर्नुपर्ने हुन्छ। आफुभित्र भाइरस छ भनेर थाहा नपाइ कतै भाइरसलाई फैलिन सहयोग गरिरहेको त छुइन भन्ने सुनिश्चित गर्न पनि यस्तो टेस्ट गर्न जरुरी छ उनले जोड दिएर भने।

तर यस्तो किसिमको नियमित परिक्षण स्व-परीक्षण किटहरूको पर्याप्त आपूर्ति हुँदा मात्र गर्न सकिन्छ । विडम्बना हालको  विश्वमा यो परिक्षण किटको अभाव खटकिरहेछ । मुलतः संसारका धेरै मुलुकले यो चुस्त परिक्षण बिधिलाई  मुल प्रवाहको रूपमा प्रयोग गरेका कारण यस्तो भएको निर्क्योल चिउले निकाले।

“उदाहरणका लागि सिंगापुर र दक्षिण कोरियामा गत दुई दिनमा ८० प्रतिशत केसहरू यही रयापिड परीक्षण किट प्रयोग गर्दा पत्ता लगाइएको थियो” चिउले भने।
“तर रयापिड टेस्ट मार्फत पोजिटिभ रिजल्ट आएता पनि वास्तविक पोजिटिभ हो कि होईन भनेर तसल्ली गर्न  फेरि न्यूक्लिक एसिड परीक्षण गर्नु पर्दछ।”

यसैबीच अस्पताल प्राधिकरणका गुणस्तर तथा मापदण्ड निरीक्षक तथा प्रमुख प्रबन्धक डा लाउ का–हिनले र्‍यापिड टेस्ट किट प्रयोग गरेर पोजेटिभ देखिएपछी तत नागरिकले सार्वजनिक अस्पतालमा उपचारको लागि जानुपर्छ भनेका थिए ।

तब अस्पतालले ती पोजेटिभ ठहर भएका व्यक्तिहरूको न्यूक्लिक एसिड परीक्षण गर्दछ जसबाट उनीहरुलाई उपचारको लागि भर्ना गर्ने या नगर्ने कुरालाई निधो गर्दछ उनले स्पष्ट पारे।

ढलमा भाइरस भेटिएपछि साम शोइ पोमा लकडाउन

७ फेब्रुअरी सोमबार २२:०० बजे

भवनबाट निस्कने ढलको संकलित नमुनामा कोविड-१९ पोजेटिभ देखिएपछि  अधिकारीहरूले शाम शुई पोको एउटा  ब्लकलाई सोमबार साँझ लकडाउन गरेका थिए ।

लकडाउन भएको भवन फु च्यङ एस्टेटको   फु युत हाउस हो। अधिकारीहरूले मंगलबार बिहान १० बजेसम्म अभ्यास पूरा गर्ने लक्ष्य राखेका थिए ।

यसका अलावा अन्य स्थानका धेरै हाउजिङ एस्टेटमा संक्रमणको फैलावट पत्ता लागेको थियो । तपशिलमा उल्लेख भवनका बासिन्दालाई विस्थापित गरि क्वारेन्टाइन लगिने भएको थियो ।
१. युनिट -१५ ,काई यान हाउस,  काई तिन एस्टेट, २६ देखि ३५ फ्लोर ,लाम तीन

२. युनिट ३ र ४ , हिम तात हाउस , अन तात एस्टेट  २१ देखि २८ फ्लोर,साउ माउ पिङ

३.युनिट १२  विलो हाउस,सो उक एस्टेट, २० देखि २८ फ्लोर च्यङ  शा वान

होम आइसोलेसनको लागि उपयुक्त घर नभएकालाइ पेन्नी बे पठाइने

फेब्रुअरी ७ सोमबार २२:३० बजे

स्वास्थ्य विभागले सोमबार भने अनुसार  भवनहरुका तल्लो तलाबाट माथिल्लो तल्लाहरूमा  भएको ठाडो प्रसारण सामान्यतया भवनको प्लम्बिंग सिस्टम परिमार्जन गर्नाले भएको थियो । तर भर्खरका संक्रमणहरू हावाको वहावसंगै भएको प्रसारणले  पनि  हुन सक्छ भनेका छ्न स्वास्थ्य अधिकारीले । तलबाट मास्तिर बढेको  तातो हावाको बहावसंगै कोरोनाभाइरस माथिल्लो तला हुँदि गएको हुन सक्छ ।

हङकङमा सोमबार ६१४ वटा  कोविड-१९ केस रिपोर्ट गरिएको थियो । र फेब्रुअरी ८ तारीख  मंगलबारबाट  बिरामीको नजिकको सम्पर्कमा रहेकालाई  होम क्वारेन्टाइनमा राख्न  सुरु हुने घोषणा गरिएको थियो ।

फेब्रुअरी ८ तारीख मंगलबारबाट सरकारले पेन्नी बेमा संचालन गर्ने नयाँ कम्युनिटी आइसोलेसन सेन्टरले पहिलो चरणमा ६०० वटा छुट्टाछुट्टै युनिट उपलब्ध गराउनेछ र कुनै लक्षण नभएका  वा हल्का लक्षण पनि  नभएका स्थिर कोभिड-१९ बिरामीहरूलाई मात्र भर्ना गरिनेछ । हङकङका अस्पतालका ८१ प्रतिशत  आइसोलेसन बेडहरु  ओगटिसकेको स्थिति आएपछि त्यहीँबाट विरामीहरु यस सेन्टरमा लगिने हो।

सोमबारको पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले ६१४ नयाँ पुष्टि कोभिड-१९ केसबारे जानकारी दिदा थप ६००  प्रारम्भिक पोजेटिभ केस पनि दर्ता भएको अवगत गराए।

विगतमा बिरामीको नजिकका सम्पर्कमा रहेका सबैलाई पेन्नी बेमा पठाइन्थ्यो। तर मंगलबारदेखि भने उनीहरूले होम क्वारेन्टाइनको लागि आवश्यक निर्देशन प्राप्त गर्नेछ्न। यो नयाँ नियम अनुसार बिरामीको निकट  सम्पर्क सुचीमा परेकाले १४ दिन घरेलु क्वारेन्टाइनमा बिताउनु पर्दछ भने निकट  सम्पर्क सुचीमा परेका व्यक्तिको   परिवारका सदस्यले  चार दिन घरेलु क्वारेन्टाइनमा बस्नुपर्छ ।

स्मरणीय के छ भने जसको घर आइसोलेसनका लागि उपयुक्त छ उनीहरूलाई मात्र होम क्वारेन्टाइनमा जान दिइनेछ। तर जसले एउटै साझा शौचालय छिमेकीसंग प्रयोग गर्नुपर्ने स्थिति छ उनीहरुलाई पेन्नी बे नै पठाइनेछ चुईले भने।

होम क्वारेन्टाइनका लागि उपयुक्त ठानिएका व्यक्तिहरूलाई उनीहरू भएको  स्थान पत्ता लगाउन इलेक्ट्रोनिक ब्रेसलेट दिइनेछ।  उनीहरूलाई जानकारी बुकलेट, टेस्टिङ किट र थर्मोमिटर दिइनेछ। जुन उपकरणलाई तिनीहरूले आफ्नो  अवस्था जाच्न प्रयोग गर्नुपर्ने हुन्छ। यदि उनीहरुको परीक्षण पोजेटिभ आएमा उनीहरुलाई थप परीक्षणका लागि अस्पताल पठाइने छ ।

अस्पताल प्राधिकरणका प्रमुख कार्यकारी प्रबन्धक, ल्यारी ली ल्याप-यिपले स्थितिमा सुधार आएर स्थिर अवस्थामा पुगेका  कोविड बिरामीहरूलाई अस्पतालबाट पेन्नी  बे आइसोलेसन सुविधामा सारिनेछ। जहाँ ६०० वटा कोठा बिरामीको लागि उपलब्ध छ । जसको अर्थ हो ज्यादै  गम्भीर बिरामीलाई मात्र अस्पतालको बेड उपलब्ध गराइनेछ ।

खोप लगाइसकेका युवा बिरामीहरू जो लक्षणरहित ( एसिम्प्टोमेटिक) या त हल्का लक्षण भएको अवस्था मात्र छ र आफ्नो हेरचाह गर्न सक्षम छन भने त्यस्तालाई पेन्नी बेमा सारिनेछ। तर बिरामीलाई  सार्नु अघि उसको  मेडिकल ईतिहासलाई राम्ररी हेरेर मात्र निर्णय गरिनेछ  लीले भने। र  पेनी बेमा भर्ना भएका रोगीलाई त्यहाँका डाक्टर र नर्सहरूले चौबीसै घण्टा रेखदेख  गर्नेछन।

आज आएका ६१४ नयाँ पुष्टि केसहरू मध्ये १५० जना  पहिलेका केसहरूसँग सम्बन्धित थिए।  बाँकी रहेका अन्य केसहरूको  संक्रमणको स्रोत अझै अनुसन्धान भइरहेको थियो ।

“धेरै जसो केसहरु लुनार नयाँ वर्षको अवधिमा वा सो भन्दा अघि भएका पारिवारिक जमघटबाट आएका छ्न ।अज्ञात संक्रमण श्रोतबाट आएका केसहरु भने मानिसहरुसंग अन्तरक्रिया हुने प्रकृतिका काममा संलग्न व्यक्ति  जस्तै सेल्सपर्सन र सुरक्षा गार्डहरूबाट आएको छ”   स्वास्थ्य संरक्षण केन्द्रको तर्फबाट च्वाङ शुक क्वानले भनिन।


सरकारले निम्न बमोजिमको आवासीय ब्लकमा संक्रमणको फैलावट भएको छ छैन अनुसन्धान गर्ने भनिएको थियो ।
१.काई यान हाउस,  काई तिन एस्टेट,लाम तीन  २.   हिम तात हाउस, अन तात एस्टेट क्वुन तङ ३.  विलो हाउस, सो उक एस्टेट च्यङ शा वान ४. ल्यङ कित हाउस,ल्यङ किङ एस्टेट, चुन मुन ५. ग्रान्डर टेरेस, ब्लक ९, तिन शुई वाई।

वृद्ध आश्रमका बासिन्दाहरू पनि संक्रमित भएका थिए । ती हुन – एक जना तो क्वा वानको हङ लोक युन केन्द्रबाट र दुई जना स्यङ वानमा रहेको  पो ल्यङ कुक क्वोक ल क्वाई चुन होम फर द एल्डर्लीबाट ।

चुआङले दुई वटा वृद्ध आश्रमका करिब १३० जना बासिन्दा पेनी बे क्वारेन्टाइन सेन्टरमा जानुपर्ने बताइन।

लीले  कम्तिमा १७ जना  सार्वजनिक अस्पतालका कर्मचारीहरू संक्रमित भएको बताए ।तिनीहरु हुन – चुन मुन अस्पतालका एक डाक्टर र प्रिन्स अफ वेल्स अस्पताल, क्वीन एलिजाबेथ अस्पताल, प्रीन्सेस मार्गरेट अस्पताल र कारिटास मेडिकल सेन्टरका आठ नर्स र आठ सहायक कर्मचारी।

  सार्वजनिक अस्पतालमा १,६६८ कोभिड-१९ बिरामीको उपचार भइरहेको र आइसोलेसन बेडको हालको ओकुपेन्सी दर ८१.३ प्रतिशत रहेको लिले बताए।

बिरामीमध्ये ७७ वर्षीया महिला र ८४ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको बताइएको थियो  ।

फेब्रुअरी ८ मंगलबार १०:०० बजे

सरकारले मंगलबार शाम शुई पोको एउटा ब्लकमा जारी लकडाउनलाई  अरु एक रात लम्ब्याउने घोषणा गरेको थियो । लकडाउनको क्रममा २२ वटा प्रारम्भिक पोजेटिभ कोभिड केसहरू फेला परेपछि यस्तो निर्णय गरेको थियो ।

सोमबार साँझ फु च्योङ एस्टेट स्थित  फु युत हाउसको ढलमा  कोरोनाभाइरस भेटिएपछि यो लकडाउनको सुत्रपात भएको थियो ।

खोप लगाएकाले मात्र सपिङ मल, सब्जी मंडी, सुपर मार्केट , चर्च आदि स्थानमा छिर्न पाउने

८ फेब्रुअरी मंगलबार १५:०० बजे

फेब्रुअरी २४ मा सुरु हुने “भ्याक्सिन पास” योजना लागु भएपछि  खोप लगाइसकेका हङकङवासीले मात्र   सपिङ मल, वेट मार्केट (माछा बजार तथा सब्जी मंडी ), सुपरमार्केट र चर्चहरूमा प्रवेश गर्न सक्नेछन  कार्यकारी प्रमुख  क्यारी लामले मंगलबार घोषणा गरिन।

सरकारले निजी परिसरमा समेत दुई भन्दा बढी घरपरिवार भेला हुन नदिने नियम लागु हुनेछ लामले भनिन।

यसअघि सरकारले भ्याक्सिन पास अन्तर्गत रेष्टुरेन्ट, जिम, सिनेमा हल, मसाज पार्लर र ब्यूटी सेन्टर लगायत नियमन गरिएका निर्दिष्ट परिसरमा खोप नलगाएका व्यक्तिलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै लामले उक्त भ्याक्सिन पासको स्कोप भित्र  सपिङ मल, वेट मार्केट ( माछा मासु बजार ) र अन्य बजार, सुपरमार्केट, डिपार्टमेन्ट स्टोर, धार्मिक स्थल, हेयर सैलुन लगायतका थप ६ वटा परिसरलाई नियमन गरिएको परिसरको सूचीमा थपिने घोषणा गरिन।  कम्तिमा एक डोज खोप  प्राप्त गरेका व्यक्तिहरूलाई मात्र उक्त  स्थानहरूमा प्रवेश गर्न अनुमति दिइनेछ।
“फेब्रुअरी २४ देखि नियमन गरिएको परिसरमा प्रवेश गर्ने जो कोहीले लिभहोमसेफ ( LeaveHomeSafe) एप प्रयोग गर्न र आफ्नो खोप रेकर्डहरू देखाउन  आवश्यक छ,” लामले भनिन।

मन्दिर र गिर्जाघर जस्ता धार्मिक स्थलहरू फेब्रुअरी १० देखि फेब्रुअरी २४ सम्म अर्थात भ्याक्सिन पास लागु नभइन्जेल बन्द रहनेछन।

सरकारले सार्वजनिक यातायातलाई पनि नियमन गरिएको परिसरको सूचीमा थप्नेछ – जसको अर्थ भ्याक्सिन नलगाएका यात्रुहरूलाई बस,एमटिआर आदि चढन मनाही गर्न सकिन्छ — तर परिस्थितिले नमागे सम्म कुनै प्रतिबन्ध लगाइने छैन, लामले भनिन।

“हामीले अवश्य  मानिसहरूको निम्ति असहज परिस्थिति सिर्जना गरिरहेकाछौँ । तर  मानिसहरूलाई अनिवार्य खोप लगाउनु पर्छ भनेका छैनौं । ” लामले भनिन।

  ओमिक्रोनले कसैलाई “पर्खने छैन” । र मानिसहरूलाई अझै पनि खोपको पहिलो डोज लाउने समय फेब्रुअरी २४ सम्म छ उनले भनिन।

कार्यकारी प्रमुख क्यारी लाम

साथै फेब्रुअरी १० तारीख बिहीबारदेखि  सामाजिक जमघट अन्तर्गत सार्वजनिक स्थानमा चार जनाको सट्टा २ जना मात्र भेला हुन पाइन्छ।

टाइप सी अन्तर्गतका रेस्टुरेन्टहरूले प्रत्येक टेबलमा चार जनासम्मलाई बसाएर खाना खान दिन सक्थ्यो तर अहिलेको नयाँ नियम अनुसार भने दुई जना मात्र बसेर खान पाउने छ्न। अथवा ती रेस्टुरेन्टहरुलाइ टाइप बी सरह  बनाइनेछ।

टाइप डी रेस्टुरेन्टहरूको हकमा भने  प्रत्येक टेबलमा अधिकतम चार जना व्यक्तिहरू बस्न सक्छन।

अनिवार्य परीक्षण सूचना पालना नगर्ने व्यक्तिलाई तोकिएको जरिवाना दोब्बर अर्थात  हङकङ $ 10,000 हुनेछ।

आवश्यकिय कानुन संशोधन गरेर महामारीलाई नियन्त्रण गर्नुका अलावा प्रशासनिक स्तरबाट पनि नियम बनाइ  सरकारले विद्यालय, विश्वविद्यालय, सरकारबाट अनुदान प्राप्त सबै परिसर र वैधानिक निकायका कार्यालयहरूमा खोप लगाएकाहरूलाई मात्रै प्रवेश सुनिश्चित  गर्नेछ।

तपाईको प्रतिक्रिया