क्रान्ति सुब्बा

अस्पतालमा बेड अभाव कोभिड बिरामी होम आइसोलेसनमा

स्टेहोमसेफ आइसोलेसन कार्यक्रम अर्को सातादेखि नै लागु हुने कुरा  खाद्य तथा स्वास्थ्य सचिव (मन्त्री ) सोफिया चान सिउ-चीले बताइन। साथै पेन्नी बे क्वारेन्टाइन सेन्टरलाई अर्को हप्ताबाट कम्युनिटी आइसोलेसन सेन्टर बनाइदै गरेको जानकारी पनि दिइन फेब्रुअरी ५ तारीख शनिबारको प्रेस मिटमा।

स्वास्थ्य तथा खाद्य मन्त्री सोफिया चान

शनिबार पत्रकार सम्मेलनमा बोल्दै चानले सरकारले जोखिम मुल्यांकनका आधारमा होम आइसोलेसनको व्यवस्थालाई  स्थापना गर्ने र महामारीविरुद्धका मापदण्डहरुलाई एडजस्ट गर्ने बताइन।

होम आइसोलेसनबाट गुज्रिएका नागरिकहरूले इलेक्ट्रोनिक रिस्ट-ब्यान्ड लगाउनुपर्नेछ, उनीहरूको शारीरिक अवस्थाबारे रिपोर्ट गर्नुपर्नेछ र अनिवार्य कोभिड परीक्षण नियमित रूपमा गर्नुपर्नेछ।

तिनीहरूले कोभिड-१९ को परीक्षण नेगेटिभ आएपछि मात्र आफ्नो घर छोडन सक्छन र उनीहरूले कुरियरहरूबाट अर्डर गरेर वा आफन्तहरूको मद्दतबाट  आफ्नो दैनिक जीवन घरभित्र बसिन्जेल चलाउनु पर्दछ।

निकट सम्पर्कको सुचीमा परेका  परिवारजनले पहिलो चार दिन होम आइसोलेसनमा बस्नुपर्नेछ। निकट सम्पर्कको सुचीमा परेको व्यक्तिले  १४ दिन होम आइसोलेसनमा बस्नु पर्नेछ। उनीहरुको स्वास्थ्य अवस्था बिग्रिएमा मात्र सामुदायिक क्वारेन्टाइन सुविधामा पठाइनेछ।

अस्पताल प्राधिकरणका करिब २,००० पहिलो-डिग्री आइसोलेसन बेडहरू ओगटिसकिएको बताइन चानले। प्राधिकरणले एसियावर्ल्ड-एक्स्पो कम्युनिटी ट्रीटमेन्ट फेसिलिटीमा थप ६०० सेकेन्ड-डिग्री आइसोलेशन बेड र ५०० आइसोलेसन बेडको व्यवस्था गरेको भएतापनि द्रुत गतिमा वृद्धि भैरहेको  केस संख्यालाई धान्न पर्याप्त नहुन सक्छ उनले अवस्थाबारे जानकारी दिइन।

लकडाउन

५ फेब्रुअरी शनिबार  २०:०० बजे

ताइ वाइ स्थित  दुईवटा सन चुइ इस्टेटका ब्लकहरू क्रमशः सन युत हाउस र सन वाइ हाउसमा शनिबार राति लकडाउन गरिएको थियो । ती भवनबाट संकलित   ढलको नमूना  कोभिड-१९ पोजिटिभ  भएपछि यो लकडाउन गरिएको थियो ।

आइतबार बिहान ८.३० बजे लकडाउन खुकुलो हुने बताइएको थियो।

लकडाउन एक दिन लम्बियो

६ फेब्रुअरी आइतबार १३:०० बजे

११ जनाको प्रारम्भिक परीक्षण पोजेटिभ र एक जनाको परिक्षण नतिजा अनिश्चित आएपछि सरकारले चुन मुन स्थित ताइ हिङ एस्टेटको हिङ ताई हाउसमा जारी लकडाउन लम्ब्याउने घोषणा गरेको थियो ।

लकडाउन आइतबार बिहान सकिने भनिएको थियो तर चिन्ताजनक नतिजा आएपछि अधिकारीहरूले यसलाई एक दिन लम्ब्याउनु पर्ने बताएका थिए  ।

यस भन्दा अघि ब्लक भित्रको  ढलको नमूना परीक्षण पोजेटिभ आएको थियो।   भवनभित्र संक्रमणको “अत्यन्त उच्च” जोखिम लुकेर बसेको छ एक सरकारी प्रवक्ताले भनेका थिए ।

हिङ ताइ हाउस , ताइ हिङ एस्टेट, चुन मुन

सोही इस्टेटको अर्को ब्लक हिङ च्यङ हाउस पनि यसअघि लकडाउन  गरिएको थियो।  सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार बिहान १ बजेसम्म २,६३३ जनामा कोविड परीक्षण गरेको थियो   र दुई जना बासिन्दामा प्रारम्भिक पोजिटिभ देखिएको थियो ।

यसैबीच ताइ वाइको सन चुइ इस्टेटका बासिन्दाहरूमाथि भएको परिक्षणबाट १३ वटा प्रारम्भिक पोजिटिभ केस भेटिएको थियो । लकडाउन  आइतवार बिहान ८ बजे हटाइएको  थियो ।

सन युत हाउस र सन वाई हाउसका करिब ३,८७० बासिन्दाहरूले परीक्षण गरेका थिए । जसमध्ये सन युत हाउसबाट ११ जना र सन वाई हाउसबाट  २ जनामा प्रारम्भिक पोजिटिभ देखिएको थियो ।

संक्रमणको गोप्य चेन टुटिसकेको छैन

६ जनवरी आइतबार  १८:०० बजे

हङकङमा आइतवार ३४२ नयाँ कोभिड-१९ केस  रिपोर्ट गरिएको थियो । संक्रमण संख्यामा आएको यस्तो अचाक्ली वृद्धि देख्दा सहरले अपनाएको  महामारी विरोधी संयन्त्रलाई नै अभूतपूर्व चुनौती दिएको स्वास्थ्य अधिकारीले महसुस गरे।

आज  पुष्टि केस मध्ये स्रोत खुल्न नसकेका १३६ जना  संक्रमित थिए। तिनीहरू अधिकांश शाम शुई पो, शा तिन, याउ चिम मोङ, चुन मुन र काउलुन सिटिबाट आएका थिए । प्रारम्भिक पोजिटिभ केसको संख्या ३०० थियो ।

हङकङका विभिन्न  जिल्लाहरूमा सय भन्दा बढी गुप्त ट्रान्समिसन चेन हुन सक्छ भनेका थिए  स्वास्थ्य निर्देशक रोनाल्ड लाम मान-किनले। अज्ञात स्रोतबाट आएका केस संख्या ३२० भन्दा बढी पुगेपछि उनले यसो भनेका हुन।
बढदो केस संख्याले  शहरलाई  गम्भीर संकटमा धकेल्दैछ लामले भने।

रोनाल्ड लाम मान-किन

विगत दुई हप्तामा कुल १,९२१ वटा केसहरु   रेकर्ड गरिएका थिए । जसमा ७८६ जना सिल्का  सीभ्यू क्वारेन्टाइन होटलसँग सम्बन्धित थिए भने ८४ जना  पेट सप  क्लस्टरसंग संबंधित थिए। यी दुई क्लस्टरको  प्रसारण चेन पुर्णतः चुट्टिन  बाँकी नै छ।

२४ भन्दा बढी भवनका एकै  दिशा तर्फ फर्केका विभिन्न तल्लाका फ्ल्याटहरू वा एउटै फ्लोरमा रहेका फ्ल्याटहरूका बासिन्दाहरू संक्रमित भएका थिए ।  प्रकोप कै कारण १० वटा  वृद्ध वा पुनर्वास गृहका बासिन्दाहरूलाई खाली गर्नु परेको थियो ।

यो प्रकोप अहिले विभिन्न जिल्लामा फैलिसकेको छ। र  सबै क्षेत्रका मानिसहरू संक्रमित भएका छ्न उनले भने।  अहिलेसम्मका स्रोत पहिल्याउन मुस्किल अधिकांस केसहरु  शाम शुई पो, शा तिन, काउलुन सिटि, क्वाई चिङ र वङ ताई सिनबाट आएका छ्न।

लामले मानिसहरूलाई ठूला पारिवारिक जमघट र सामाजिक भेला  कम गर्न आग्रह गरे। र घर मै बसेर  महामारीसँग लडन अधिकारीहरुलाइ  मद्दत गर्न  आह्वान गरे।

केही बिरामीहरूले लुनार नयाँ वर्षको जमघटमा व्यापक  उपस्तिथि जनाएका  थिए र पो लिन मोनास्ट्री  र चे कुङ मन्दिर जस्ता अति लोकप्रिय मन्दिरहरूको भ्रमण गरेका थिए।  ती स्थानहरूबाट थप संक्रमणको फैलावट देखा पर्ने संभावना चर्को छ चुवाङ शुक क्वानले भनिन।

पछिल्लो संक्रमणमा उन चाउ स्ट्रिट, शाम शुई पोमा रहेको एभर ह्याप्पी एज्ड होममा बस्दै आएकी ९३ वर्षीया खोप नलाएकी महिला पनि सामेल थिइन । त्यस वृद्धा गृहका ३० जना बासिन्दा र सात जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।

साल्भेसन आर्मी पो लाम रेसिडेन्स फर सिनियर सिटिजनमा कार्यरत एक स्वास्थ्यकर्मीलाई   पोजिटिभ भएको थियो । फलस्वरूप  त्यो वृद्वा आश्रमका ४० जना बासिन्दालाई क्वारेन्टाइनमा पठाइने भएको थियो ।

स्यङ शिङ सडकमा रहेको लोहास गार्डेन एकीकृत पुनर्स्थापना सेवा केन्द्रका दुई जनामा ​​पोजेटिभ देखिएको थियो  भने अन्य दुई जनाको प्रारम्भिक परीक्षण पोजेटिभ आएको थियो । त्यस केन्द्रका पहिलो, तेस्रो र भुइँ तल्लामा रहेकाहरूलाई क्वारेन्टाइनमा राखिने निर्णय भएको थियो ।

शा तिनस्थित शेक मुन इस्टेटको मेइशेक हाउसको युनिट ७ बाट  दुई जना ​​पोजेटिभ भएका थिए ।  युनिट  ६ को  दुई वटा  तल्लाबाट  दुई जना र चुन मुनको हिङ ताई हाउस, ताइ हिङ एस्टेटको १० औं तल्लाबाट दुई जनामा ​​लकडाउनको क्रममा पोजेटिभ देखिएको थियो । अधिकारीहरूले उक्त आवासीय  एस्टेटको हाताभित्र  भाइरसको प्रसारण छ कि छैन भनेर अनुसन्धान गर्ने भएका थिए ।

शाम शुई पो स्थित हजरत सिद्दिकी अकबर सोसाइटीमा उपस्थित भएका ११ जना संक्रमित भएका थिए ।

युन लङ प्लाजाबाट  जम्मा तेह्र जना संक्रमित भएका थिए जसमा सुरक्षा गार्ड, क्लिनर, सेल्स पर्सन र रेष्टुरेन्टका कामदार परेका थिए ।

हिजो पोजेटिभ देखिएका एक ८४ वर्षीय पुरुषको अवस्था आज गम्भीर भएको थियो  र उनलाई सघन उपचार कक्षमा पठाइएको थियो । ती व्यक्ति क्रोनिक रोगी हुन र खोप पनि ग्रहण गरेका थिएनन।

उनलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो। उनमा सामान्य लक्षण देखिएका थियो तर आज स्थिति खस्किएको थियो ।

अस्पताल प्राधिकरणका प्रमुख प्रबन्धक लाउ का–हिनले बिरामीमा घातक जटिलता उत्पन्न हुने जोखिम  उच्च रहेको बताए । उनले यस्ता जोखिममा परेकाहरूलाई सकेसम्म चाँडो खोप लगाउन आग्रह गरे।

६ फेब्रुअरी आइतबार २१:०० बजे

संकलित ढलको  नमूना कोभिड–१९ पोजेटिभ भएपछि  आइतबार राति तीन शा तिनको एउटा स्टेट र चुन मुनको दुईवटा  ब्लकलाई लकडाउन   गरिएको थियो  ।

शा तिनको मेई तिन एस्टेट भित्र रहेको  मेई किंग हाउस, मेई ची हाउस र मेई साउ हाउसका बासिन्दाले लकडाउन भोग्नु परेको थियो।  अपरेसन सोमबार बिहान १० बजे समाप्त हुने अपेक्षा गरिएको थियो ।

जनवरी २४ देखि फेब्रुअरी ६ सम्म मेई किंग हाउस र मेई ची हाउस र जनवरी २४ देखि फेब्रुअरी ६ सम्म  मेई साउ हाउसमा दुई घण्टाभन्दा बढी समय व्यतीत गरेका व्यक्तिहरूले मंगलबार (फेब्रुअरी ८) वा अघि अनिवार्य परीक्षण गराउनुपर्ने सूचना जारी गरिएको थियो   ।

चुन मुनको  प्रभावित ब्लक हुन ल्यङ किङ एस्टेटमा रहेको  ल्यङ कित हाउस र ल्यङ  वाई हाउस।

डाइनामिक जिरो इन्फेक्सन अथवा गतिशील शुन्य संक्रमण भनेको के हो?

७ फेब्रुअरी सोमबार

चीनको सरकारी मिडियाले हङकङले “गतिशील शून्य संक्रमण” रणनीति जारी राख्नुपर्छ भनेको छ।  हङकङले “कोविडसँग जिउने ” नितिलाई अंगिकार गरेमा यसले हङकङको सिंगो चिकित्सा प्रणाली माथि  भारी  दबाब ल्याउनेछ र अन्ततः मुख्य भूमि चीनसँगको सिमाना पुनः खोल्ने कुरालाई  साकार हुन दिदैन।

आइतवारको आधिकारिक टिप्पणीमा सिन्ह्वा समाचार एजेन्सीले लेखेको छ -अहिलेको अवस्थामा  हङकङको मुल  मुद्दा भनेको नै नागरिकहरू वैचारिक रूपमा एकगठ भइ  “गतिशील शून्य संक्रमण” नीतिमा दृढताका साथ अडिग रहनु हो।

त्यसो त हालैको सर्भेक्षण अनुसार सहरले कोरोनाभाइरससँग जिउने नितिलाई समर्थन गरेको थियो। तर सरकारले दीर्घ कालदेखि कार्यान्वयन गरिरहेको रणनीति गलत ढंगले बुझ्ने काम भैरहेछ सरकरी मिडियाले भन्यो।

“गतिशील शून्य संक्रमण” भनेको सबै केसहरूलाई निमिट्यान्न पार्नु भनेको होइन । यो नितिको मुल लक्ष्य भनेको यथाशीघ्र नयाँ संक्रमणलाई पत्ता लगाउने हो जसले गर्दा  संक्रमणको चेनलाई तुरुन्तै काटन सकियोस- गतिशील शुन्य संक्रमणबारे मिडियाले भनेको छ।

हङकङ

“विगतमा बटुलेको अनुभवको दृष्टान्तलाई हेर्ने हो भने  ‘गतिशील शून्य संक्रमण’ को सर्वोपरि सिद्धान्तको जगमा टेकेर  मुलभूमिमा व्याप्त अस्थिर प्रकोपहरूलाई २०२० सालको अप्रिल महिना देखि प्रभावकारी ढंगले समन गरिएको थियो “विज्ञप्तिमा लेखिएको छ।

सोमबार पीपुल्स डेलीमा प्रकाशित अर्को टिप्पणीले “कोविडसँग जिउने ” रणनीतिको आलोचना गरेको थियो ।
त्यहाँ भनिएको छ कि डायनामिक शून्य संक्रमण हङकङको वास्तविक अवस्था अनुरूप गरिएको एक वैज्ञानिक कदम नै हो तर केही व्यक्तिहरूले यसको अर्थलाई  विकृत तुल्याए  र गैरजिम्मेवारपूर्वक तथाकथित “कोविडसँग जिउने ” रणनीतिलाई सिफारिस गरे।
अगाडि  भनिएको छ-यदि गलत कथनहरूलाई हावी हुन दिइयो भने यसले भाइरससँग लडने संगो समुदायको विश्वासलाई धरमर पार्नेछ ।

अर्कोतर्फ मुलभूमिका एक शीर्ष विशेषज्ञले  गतिशील शून्य संक्रमण रणनीतिको औचित्य हङकङमा अझै सकिएको छैन  र “कोविडसँग जिउने ” ध्रुवतिर अहिले नै ढल्किनु  धेरै चाँडो हुन्छ भनेका छ्न।

  जब भविष्यमा अझ प्रभावकारी औषधिहरू उपलब्ध हुन्छ्न तब बल्ल कोभिड संग जीउने नितिले स्थान प्राप्त गर्दछ उनले भने।

७ जनवरी १७:०० बजे

शा तिन स्थित  मेइ तीन एस्टेटको मेई किंग हाउस र मेई ची हाउसमा जारी  लकडाउनलाई एक दिन थपेर  मंगलबार बिहान सम्म कायम राखियो।

आइतबार राति घोषणा गरिएको रातभरको लकडाउनको क्रममा तत दुई हाउसमा एउटामा १० र अर्कोमा १२ प्रारम्भिक केसहरू पहिचान भएपछि लकडाउन लम्ब्याउने  घोषणा गरिएको हो।  विस्तारित लकडाउन मंगलबार बिहान १० बजे समाप्त हुने अपेक्षा गरिएको थियो ।

साम शोइ पो लकडाउनमा परिक्षण गर्नेको लाइन – फोटो किन्दर राइ

सोही एस्टेटको अर्को ब्लक मेई साउ हाउसमा पाँच प्रारम्भिक पोजेटिभ  केसहरू र एक अनिश्चित केस पहिचान गरिएको थियो ।

करिब १,८९० जनाको परीक्षण गरिएको थियो।  कर्मचारीहरूले ७९२ घरपरिवारको भ्रमण गरे र ७३ घरले ढोका खोलेनन।

यसका अलावा दुई रातको लकडाउनको क्रममा  चुन मुनको हिङ ताई हाउस, ताइ हिङ एस्टेटमा १५ वटा  प्रारम्भिक पोजिटिभ  कोभिड-१९ केस फेला परेका थिए।  अपरेशनको क्रममा एक अनिश्चित केस पनि फेला परेको थियो ।

तपाईको प्रतिक्रिया