२७ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा ।

कोभिड-१९ चौथो लहरको असरलाई नियन्त्रण गर्न हङकङ सरकारले जारी राखेको सामाजिक दुरी सम्बन्धि नियम जनवरी ६ तारीख सम्म बढाएता पनि संक्रमण हुनेको दैनिक संख्यामा उल्लेखनीय गिरावट आएको छैन। आज ७० जना नयाँ केस देखा परेको छ जसमध्ये एउटा आयातित छ भने बाँकी ६९ केस स्थानीय रहेका छ्न। स्थानीय ३९ केस पुरानो केससंग संबंधित छ्न भने ७ वटा केस युनाइटेड क्रिश्चियन अस्पतालबाट आएकाछ्न। २३ वटा स्थानीय केसको स्रोत खुल्न सकेन। कुल कोरोना संक्रमित संख्या हङकङमा ८,६११ पुगेकोछ। आजको नयाँ केसमा आठ देखि ९२ वर्ष भित्रका ३४ पुरुष र ३६ महिला परेका छ्न।

कुन तङ स्थित युनाइटेड क्रिश्चियन अस्पतालकि एक ८४ वर्षकी वृदा महिला रोगीबाट कोरोना भाइरस संक्रमण भएको ठहर सरकारी अधिकारीले डिसेम्बर २६ शनिबार गरेदेखि उक्त स्रोतबाट संक्रमित हुनेको संख्या जम्मा १९ पुगेकोछ। अहिले ती रोगी बसेको दुई वटा वार्डमा आवतजावत गर्ने सबै अनिवार्य कोरोना परिक्षणमा जादैछ्न।

रोगीको संसर्गमा रहेका र रोगीको नजीकबाट ओहरदोहर गर्ने कम्तीमा पनि सत्तरी जना मेडिकल स्टाफ क्वारेन्टाइनमा जानू पर्ने स्थिति छ भने अस्पतालका करिब ७,००० कर्मचारी कोरोना परिक्षणमा जाने भएकाछ्न।

आज देखा परेको एउटा आयातित केस १८ वर्षीय पुरुष हुन डिसेम्बर ७ मा युकेबाट हङकङ आएका जसमा गत शुक्रबार मात्र पोजेटिभ देखियो। १४ दिनको होटेल आइसोलेसन अवधि सकेर घर गएको पाँचौ दिनमा ऊनीमा पोजिटिभ देखिएको थियोे । कोरोनाभाइरसको नयाँ प्रजाती देखिएपछि हङकङले युके र साउथ अफ्रिकाबाट आउने सबै हवाइजहाजलाइ हङकङ छिर्न निशेध गरेकोछ।

आजको नयाँ केस अन्तर्गत ३५ वर्षका भिएतनामी ओभर स्टे पनि रहेकाछ्न जो क्यासल पिक बे इमिग्रेसन सेन्टरमा थुनामा छ्न।

तपाईको प्रतिक्रिया