हङकङ । हङकङ नेपाली अल्पसंख्यक संगठनले यहि फेब्रुअरी १३ तारीख रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। युन लङ स्थित युन लङ ल्याण्ड मार्क भवनको सातौ तल्लामा भएको उक्त रक्तदानमा ९ जना रक्तदाताको सहभागिता रहेको जानकारी संगठनकि अध्यक्ष शिला घमालले बताइन। रक्तदान कार्यक्रम  दिउँसो १ बजे देखि ४:३० बजे सम्म संचालन भएको थियो ।

अध्यक्ष शिला घमाल

रक्तदान जीवनदान भन्ने नाराका साथ शुरु गरिएको यो कार्य मार्फत विविध कारणले भइरहेको रगतको अभावलाई पुर्ण गर्न सहयोग होस भनेर गरिएको बताइन घमालले।


अध्यक्ष शिला घमालले सम्पूर्ण  रक्तदातालाई आभार प्रकट गर्दै भनिन – रक्त दान गर्नु भनेको मानिसलाई नयाँ जीवन दिनु हो। तपाईहरुको यो महान कार्यबाट कति जनाले अवश्य नयाँ जीवन पाउने छ्न। म सबै प्रति हृदयबाट आभार प्रकट गर्दछु ।

रक्तदानका केहि झलकहरु

तपाईको प्रतिक्रिया