प्रेमको अर्को स्वरुप संगीत हो – प्रथम सरोदबादक रुपा न्यौपाने
सरोद बादनको क्षेत्रमा नेपालको प्रथम सरोदबादक भनेर आफ्नो नाम स्थापित हुदै गर्दा उनले बाँचेर आएको जीवन र संर्घष आम महिलाको निम्ति एक प्रेरणा बन्न सक्छ । सानो छँदा रेडियो नजिक बसेर घन्टौं बसेर रेडियोमा बजेको शास्त्रीय धुन सुन्नु उनको निम्ति एक आदत थियो । रेडियो नसुनेको दिन उनलाई खल्लो लाग्थ्यो। भित्र कतै केही नभए झैँ रित्तो अनुभुत हुन्थ्यो। उबेला बेलुका आठ बजेको समाचारअघि शास्त्रीय संगीत बज्थ्यो, आमा...