समय भन्दा अघि हिडेको चेतनाको झिल्को – स्वार्गीय वृजमान तुम्खेवा
व्यक्तित्व-
तेह्रथुम जिल्लाको छथर गाउपालिकामा बिक्रम सम्वत १९७५ भाद्र ६ गते जन्मनु भएका स्वर्गीय वृजमान तुम्खेवा तत्कालीन समयमा एक बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ जन्मिएर हुर्किएको समयमा नेपाल अत्यन्त संक्रमणकालीन युगबाट अगाडि बढिरहेको अवस्था थियो ।
नेपालको सबै क्षेत्रहरुमा देखिएको परिवर्तन सुरुवाती अवस्थामा थिए । राजनीतिक प्रणाली र चेतनाको अवस्था पञ्चायती व्यवस्था भएकाले र...









