गायिका रानी शाक्यको नेवारी गीत कुछु कुछु मी: सार्वजनिक
काठमाडौं । पाँच दर्जनभन्दा बढी गीत गाएर चर्चामा रहेकी गायिका रानी शाक्यले नेपाल भाषाको गीत ल्याएकी छिन। पप, आधुनिक , डान्सिङ , लभ भर्सनका गीतको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी गायिका शाक्यको नेपालभाषाको गीत 'कुचु कुचु मी: 'को आज काठमाडौंमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो ।
नेवाः फिल्म सोसाईटीका अध्यक्ष बिराजकाजी राजोपाध्याय ,नेपाल भाषाका लोकप्र...









