गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सुनैको दरवार’बोलको गीतमा शब्द रचना क्षितिज सापकोटाको र संगीत पुष्कर सुनुवारको रहेको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता बिपिन कार्की र लुनिभा तुलाधरले अभिनय गरेका छन। युवराज वाइबाले निर्देशन गरेको भिडियो उत्कृष्ट बनेको छ। भिडियोमा बिपिन र लुनिभाको काम पनि तारिफ योग्य नै रहेको छ।

निसल पौडेलले छायाँकन गरेको भिडियोको सम्पादन बिकाश दाहालले गरेका छन। लोमस पौडेलले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन। भिडियो फोर बि इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो लिङ्क

तपाईको प्रतिक्रिया