कुनै बेलाको लोकप्रिय साङ्गीतिक समूह ‘ओकिली’का गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘सरिताको दिदी…’ शीर्षकको गीत सार्वजनिक गरेका छन।
गीतमा अनीश ओकिलीको स्वर शब्द तथा सङ्गीत रहेको छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन । यस्तै गीतमा सङ्गीत संयोजन भने चाँद सिंहको रहेको छ । गीतलाई सङ्गीतकार राजन इशानले मास्टरिंग गरेका हुन ।

राजन इशानकै अवधारणामा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच तथा प्रनिमा दाहालका साथमा सन्दीप क्षेत्रीलाई फिचर गरिएको छ ।

सन्तोष भुजेलको कोरियोग्राफी,शिवराम श्रेष्ठको छायाङ्कन तथा बिजेश पौडेलको सम्पादनमा तयार भएको उक्त भिडियोलाई बिजेश तथा राजनले निर्देशन गरेका हुन ।
३ दशक देखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका अनीश ओकिली एक परिचित नाम हो । उनको ‘मेरी ओकिली ‘, ‘ गुलाबी जाडो ‘, ‘झ्यालबाट हेरी” लगायतका चर्चित गीतहरू रहेका छन।

भिडियो लिङ्क

तपाईको प्रतिक्रिया