हङकङ सरकारले आगलागी पीडितलाई घर खर्च एक लाख,शोक राशी २ लाख डलर दिने
हङकङ । विनाशकारी वाङ फुक कोर्ट आगलागीबाट प्रभावित घरपरिवारहरूलाई सरकारले शुरुमा घर खर्चको लागि ५० हजार हङकङ डलर दिने निर्णय गरेको थियो तर गृह तथा युवा मामिला मन्त्री एलिस माकले घर खर्च भत्ता बढाएर हङकङ डलर १ लाख पुर्याउने घोषणा डिसेम्बर ४ तारीख बिहीबार गरेकी छिन।
उनले अहिलेसम्ममा तीन सय घरपरिवारले हङकङ डलर ५० हजार घर खर्च प्राप्त गरिसकेको र बाँकी ५० हजार पनि उनीहरुलाई क्रमशः वितरण गरिने बताइन...









