संविधान असफल पार्न भारत मात्र हैन ज्ञानेन्द्र, विप्लव, मधेस सबै लागेका छन – प्रदीप गिरि
संविधान सभाबाट जारी भएको संविधानप्रति शासकहरू प्रतिबद्ध नभएको देखिएको छ । प्रकारान्तरले यो संविधान असफल पार्ने षड्यन्त्र हो पनि भन्छन्, यस्तो होला त ?
नेपाली समाज र राजनीतिको समस्या के छ भने हामी तात्कालिक उत्तेजनामा, रिसमा प्रतिक्रिया जनाउँछौँ । विगत ३०/३२ को इतिहास हेर्नुस् न, संसदीय लोकतन्त्र स्थापना भयो । त्यसपछि सरकार बन्ने र विघटन हुने भइरहे । बन्नेलाई भारतले बनायो, हट्नेलाई भारतले हटायो ...