अनास हक्कानी तालिबानका सह संस्थापक जल्लालुदिन हक्कानीका कान्छा छोरा हुन जसलाई अमेरिकी सैनिकले पक्राउ गरि पाँच वर्ष जेल हालेको थियो । २०१९ सालमा उनको छुटकारा भएपछि  तालिबान र अमेरिका बीच शान्ति वार्ता शुरु भएको थियो  जुन वार्ताले २०२१ सालमा दोहा संझौता गरायो। जुन संझौता अनुसार अमेरिकाले अफगानिस्तान छोड्नु पर्ने भो र अगस्ट ३१ तारीख २०२१ मा अमेरिकाले अफगानिस्तान छोड्यो। सिनियर अफगान तालिबान लिडरको अन्तर्वार्ता टिआर्टी वर्ल्डले अगस्ट ३० तारीख लिएको थियो त्यसैको अनुवाद पाठक समक्ष राखिएको छ। अनुवाद : क्रान्ति सुब्बा ।

प्रश्न १. तपाईंले यो बीस वर्षको अवधिमा अमेरिकी आक्रमणका कारण  ४ जना भाइहरु गुमाउनु भो र ५ वर्ष तपाईं अमेरिकीले थुनामा राख्यो । अफगान सरकार मार्फत र यतिका सतावट पाएता पनि तपाई किन अहिले क्षमा दिन चाहनु हुन्छ?

हक्कानी : विगत दुई दशक म जस्तै धेरै मानिस युद्धको चपेटामा परेर दुख पाएका छ्न । र पुर्व अफगानिस्तान सरकार र अमेरिकी सेनाबाट  यातना पाएका छ्न। मलाई पनि उनिहरुले करिब ५ वर्ष जेल हाले। करिब चार वर्ष त मैले सिंगल रुममा एक्लै एकान्तवासमा विताएँ। मलाई मानसिक यातना पनि दिइयो।
बलिदानको कुरा गर्ने हो भने यो युद्धमा मैले चार जना दाजुभाइ गुमाएँ। मलाई थाहा छ विगतमा नराम्रा कुराहरू पनि घटे। तर अहिले हामीलाई फेरि एक पटक पुन स्थापना र पुन एकीकरण हुने अवसर मिलेको छ।

इश्वरले यो पनि भनेका छन कि तिमी  शक्तिमा भएको बेला कमजोर अथवा जसले आत्मसमर्पण गरेकोछ लाई नहेप।

मेरो निम्ति इस्लामी निति र मुल्य मान्यता साथै पैगम्बर मुहम्मदका अनुयायीहरु धेरै महत्त्वपूर्ण छ। शान्तिको संबन्धमा कुरा गर्नु पर्दा इश्वरले दुश्मनी र प्रतिशोधको भावनालाई मानिसको हृदयबाट त्यति सजिलै हटाउदैन।

सन २०१९ साल , काबुल। हक्कानिको रिहा बिरोधमा निस्किएको जुलुस ।

हालैमा जब मुजाहिदिनले काबुल कब्जा गर्न लागेको थियो त्यसबेला मैले जनताको प्रतिनिधित्व गर्दै शान्ति वार्तामा केन्द्रित भएँ । ईस्लामिक एमिरेट अफगानिस्तानको प्रमुखले आम माफीको घोषणा गरिदिए। पुर्व रेजिमबाट  मैले धेरै शत्रु कमाएको छु तर अहिले उनीहरुको खराबी म सोच्दिन । हाम्रो विगतलाई हामीले पछाडी नै छोड्नु पर्छ ।
धेरै वर्षको प्रयास पछि इश्वरले हामीलाई विजय दिएको छ यति कुरा बुझ्न सके नै काफी छ। र ईस्लामिक प्रणाली स्थापना हुन लागेकोमा म खुशी छु।

यो लामो समय अवधिमा जनसमुदायको मनमा पुर्वाग्रहको भावना रोपिदिएका छ्न जसलाई उखाल्न अति जरुरी छ। उनीहरुले हामी उनीहरु कै दाजुभाइ हो भनेर बुझ्नु पर्दछ।

तर म खुशी छु  किनकि परिस्थिति द्रुत गतिमा सकारात्मक तरिकाले  बदलिरहेछ । अहिले मैले आफ्नै शत्रुलाई भेटे पनि उसको विरुद्धमा जान सक्दिन । किनकि इश्वरले हामीलाई मानिसको गल्तीलाई जतिसक्दो माफ गरिदिने आदेश दिएका छ्न।

इश्वरले यो पनि भनेका छन कि तिमी  शक्तिमा भएको बेला कमजोर अथवा जसले आत्मसमर्पण गरेकोछ लाई नहेप।

ईस्लामिक क्यालिफेत चलिरहेको बेला ओमारले एक पटक भनेका थिए ” जब शक्तिको मातले तिमिलाइ आफू भन्दा कमजोर प्रति क्रुर हुन उक्साउछ याद गर इश्वरसंग तिम्रो विरुद्धमा जाने शक्ति छ तर उनले तिम्रो विरुद्धमा त्यो शक्ति प्रयोग गर्दैन ।”

सबै सदस्यहरुलाई मेरो सल्लाह छ ज जसले गल्ती गरेका छ्न उनीहरुलाई कुनै हानी नगरी माफ दिनु पर्छ । उनीहरुलाई इश्वरको हातमा छोडिदिनु पर्छ। म प्राथना गर्दछु इश्वरले उनीहरुलाई सहि मार्गमा डोर्‍याउने काम गरोस।

प्रश्न २. दुई वर्ष अघि तपाई जेलमा हुनु हुन्थ्यो तर केहि महिना पछि अफगान सरकारले तपाईलाई रिहा गरिदियो जसले अमेरिका र तालिबान  बीच संझौता हुने बाटो खोली दियो जुन डिल दोहा कतारमा भएको थियो । त्यसबेला पनि मैले भेट हुदा तपाईलाई सोधेको थिएँ के आजको दिन जस्तो पनि समय आउला भनेर सोध्दा अल्लाहको हातमा छ भन्नू भा थियो । र अहिले तपाईं काबुलमा हुनु हुन्छ । कस्तो लागीरहेछ?

हक्कानी : दोहामा मैले तपाईलाई  भनेको थिए मैदानमा के भैरहेको थियो यसबारेमा हामी चिन्तित थिएनौं ।हामीलाई इश्वरले दिएको प्रतिज्ञामा पुरै विश्वास थियो । अमेरिकाले २००१ सालमा आक्रमण गरेको बेला समेत हामी इश्वरको भरमा थियौँ। हामीलाई विश्वास थियो हामी एक दिन विजयका साथ काबुल टेक्नेछौं। जो इस्लामको लागि लडदछ उसलाई अटुट सहयोग गर्ने ईश्वरको प्रतिज्ञा छ।
हामीलाई पहिलाको सत्ताले सरकारमा सामेल हुने अफर दिएका थिए । मन्त्री वा सो भन्दा माथीको पद पनि दिने भनेका थिए । तर हामीले  मानेनौं। मैले यो मार्गमा लाग्दा आफ्नो परिवारजन गुमाएको थिएँ। अरु कतिपय मुजाहिदिनले  शरीरमा विस्फोटक भेस्ट लगाएर हिड्नु परेको थियो  ।
किनकि हाम्रो  धर्मप्रतिको आस्थामा कुनै पनि किसिमको निजि लाभ भन्ने चिज हुदैन । फलस्वरूप आजको दिन आयो। र अहिले तपाईंको अगाडि राजधानीमा बसिरहेको छु। तपाई पत्रकार मान्छे आफै विश्लेषण गर्नुहोस। एकातिर संसार भरका शक्तिशाली देशहरू छ्न आधुनिक गोलाबारुद ,ड्रोन, सेटलाइट टेक्नोलोजी र फाइटर जेटका साथमा भने अर्कोतिर छन गरिब मानिसहरू सामान्य हातहतियारका साथमा । अब भन्नोस कुन पक्षले युद्ध जित्छ? अवश्य पहिलो पक्षले युद्ध जित्छ भन्छ सामान्य ज्ञानले। तर सत्य के  हो भने जुन पक्षलाई इश्वरले साथ दिन्छ त्यसले जित्छ।

जर्ज डब्लु बुसले एक पटक भनेका थिए ” तिमि कि त हाम्रो साथमा हुनेछौ अन्यथा कि त जेलमा नत्र भने मरिसकेका हुनेछौ।”

तर अहिले हामी परिक्षण कालमा नै छौँ  किनकि सरकार चलाउनु भनेको कठिन कार्य हो । यो युद्ध लड्नु भन्दा धेरै चुनौतीपूर्ण कार्य हो। जनताको सेवा गर्नको निम्ति प्रशस्त ध्यान र प्रयास चाहिन्छ । सबैलाई न्याय र अधिकार दिने यो काम त्यति सजिलो छैन। यस विषयमा हामीले आफुलाइ विज्ञ ठान्दैनौं। एउटा सक्षम सरकार संचालन गर्न के कसो गर्नु पर्छ हामीलाई थाहा छ भन्दैनौं। हामी इश्वरलाई पुकार्छौं सरकार उचित ढंगले संचालन गर्न सहयोग गर्नोस भनेर।

ईस्लामिक क्यालिफेत चलिरहेको बेला ओमारले एक पटक भनेका थिए ” जब शक्तिको मातले तिमिलाइ आफू भन्दा कमजोर प्रति क्रुर हुन उक्साउछ याद गर इश्वरसंग तिम्रो विरुद्धमा जाने शक्ति छ तर उनले तिम्रो विरुद्धमा त्यो शक्ति प्रयोग गर्दैन ।”

प्रश्न ३. तपाईलाई लाग्छ युद्ध सकियो?

हक्कानी : प्रमुख समस्याको हल भैसकेको छ किनकी अमेरिकीहरु जादै छ्न। अफगानिस्तानको सबै दुख र समस्याहरु एक या अन्य रुपले वैदेशिक हस्तक्षेपसंग गाँसिएको थियो । इतिहास हेर्दा थाहा हुन्छ कि सोभियत युनियन होस या अमेरिका जसले अफगानिस्तान माथि हमला गरेका छ्न त्यसले यहाँ समस्या जन्माएकोछ।

आफ्नो आक्रमणसंगै उनीहरुले चुनौती र समस्याहरु ल्याएका छ्न। हस्तक्षेप पश्चात् उनिहरु आफ्नो एजेन्डालाई जसरी भए पनि  यहाँ थोपर्ने कोशिश गर्छन। तर आखिरमा सबै समस्या हामी माथि नै आइपर्छ।

अहिले सबै कुरा समाप्त भएको छ मिसन सकिएको छ। उनीहरुले बनाएको कठपुतली सरकार पनि खतम भएकोछ। ९० प्रतिशत समस्या समाधान भैसकेको छ। तर अझै केहि देश छ्न जसले अफगानिस्तानमा युद्धको अन्त भएको देख्न चाहदैनन। त्यसैले ती देशले विभिन्न समूह बनाएका छ्न जस्तै डाएस, खोरासन आदि ।
आफ्नो प्रोक्सी ( छ्दम) युद्धलाई जारी राख्न उनीहरुले यसो गरेका हुन।
तिनीहरुले आक्रमण गरेर वा अरु तरिकाले भय उत्पन्न गराउन खोज्छ्न । तर यो त्यति ठूलो कुरा होइन। हामीले जसरी ठुला समस्यालाई सामना गरयौं हो त्यसरी नै यसलाई पनि  सामना गर्नेछौं ।

प्रश्न ४: अमेरिकाले छोडेपछिको सरकार कस्तो हुन्छ?

हक्कानी: नयाँ सरकार र क्याबिनेट बनाउने प्रयासको शुरुआत हुदैछ। म एकदम आशावादी छु। सबै कुरा ठिक ठाक हुँदै जान्छन। क्याबिनेटमा चयन हुनेहरू सबै जनताको सेवा गर्न सक्षम नेतृत्व नै हुनेछन। तर को को जान्छन नाम तयार भैसकेको छैन । म निश्चित छु सकारात्मक परिणाम आउने छ आगामी दिनहरुमा।

प्रश्न ५. आनस हक्कानी तपाईंले पाँच वर्ष जेलमा काट्नु भो र अहिले २८ वर्ष पुग्नु भो। अहिलेको अवस्थाले तपाई के चाहनु हुन्छ?

हक्कनी : अवश्य मेरो वाल्यकाल अध्ययनमा बित्यो। त्यसपछि कारागारमा बस्नु परयो। जेलबाट निस्केपछि म राजनीतिमा लागेँ। भबिष्यमा मलाई सैनिक बन्ने इच्छा छ। अन्यथा मेरा अग्रजको सेवा गर्ने मन छ।  यदि मेरो  खाचो महसुस गरियो भने म जनताको सेवा गर्न तयार छु।
ईमानदार पुर्वक भन्ने हो भने पहिला म मेरो अपुरो  पढाइ पूरा गर्न चाहन्छु ।

तपाईको प्रतिक्रिया