क्रान्ति सुब्बा

चीनका अधिकारीसंग मिलेर भाइरससंग लडने

कार्यकारी प्रमुख क्यारी लाम चेंग युत-ङ्गोरले फेब्रुअरी १४ तारीख सोमबार ग्लोबल फाइनान्सियल हब हङकङमाथि यस पटक  कोरोनाभाइरस संक्रमणले भयानक तरिकाले  “आक्रमण” गरेको छ भनिन र दैनिक रूपमा केसहरु अति द्रुत तवरले वृद्धि भएका कारण महामारीसँग लडने शहरको  क्षमतालाई नै चुर्ण बनाइदिएको स्विकारिन।

विगत दुई हप्तामा दैनिक संक्रमण १३ गुणा बढेको छ, फेब्रुअरीको सुरुमा करिब १०० केस मात्र दैनिक देखिन्थे तर अहिले फेब्रुअरी १३ मा आइपुग्दा दैनिक  १,३०० भन्दा बढी पुगेको छ।

चीनले हङकङलाई परीक्षण सम्पन्न गर्ने अभियानमा , उपचारलाई सशक्त पार्न र क्वारेन्टाइन सुबिधालाई व्यवस्थित गर्न सहयोग पुर्‍याउने बताएपछि लामले अब सरकारले अहिलेको संगिन घडीलाई सम्बोधन गर्न चिनियाँ अधिकारीहरूसँग समन्वय गर्ने बताइन।

बेरोजगारलाई १० हजार अनुदान

१४ फेब्रुअरी १३:०० बजे


हङकङमा अस्थायी बेरोजगार राहत प्याकेज अन्तर्गत  जागिर गुमाएका व्यक्तिहरूलाई हङकङ डलर १० हजार एक भुक्तानीमा  चुक्ता गर्ने तयारी  पहिलो पटक हङकङ सरकारले गरिरहेको छ।

यस पटकको  एन्टि-एपिडेमिक कोष अन्तर्गत सरकारले हङकङ डलर २७ बिलियन विनियोजन गर्ने भएको छ  र मंगलबार हुन गइरहेको  अनलाइन बैठकमा विधान परिषदको वित्तीय  समितिबाट अनुमोदन गर्ने भएकोछ।

हङकङ डलर १० हजार एकै भुक्तानीमा पाउने योग्यता हासिल गर्नको निम्ति संबंधित आवेदक कम्तिमा एक महिना अगावैबाट  बेरोजगार भएको हुनुपर्दछ । र  बेरोजगार हुनु अघि उनीहरुको मासिक तलब हङकङ डलर ३० हजार भन्दा कम हुनुपर्दछ ।

बेरोजगारी अनुदान अन्तर्गत कुल ४८ किसिमका मापदण्डहरु तय गरेर  सरकारले लगभग ६७ हजार व्यवसाय, ७ लाख ५० हजार जना  व्यक्ति र यातायात सञ्चालकहरूलाई मद्दत गर्ने योजना गरिरहेको बताइएको छ।
विज्ञप्तिमा उल्लेख भए अनुसार बन्द गर्ने आदेश प्राप्त गरेका गरेका स्थानहरु वा सामाजिक दुरि कायम राख्नुपर्ने मापदण्ड अन्तर्गत प्रतिबन्धित भएका ईलाकाहरुले अघिल्लो चरणमा प्राप्त अनुदान भन्दा  दोब्बर पाउनेछन।
ती परिसर अन्तर्गत  रेस्टुरेन्ट, ब्यूटी पार्लर, मसाज सेन्टर , फिटनेस केन्द्र र सिनेमा हल आदि  पर्दछ्न ।

रेस्टुरेन्टको आकारको आधारमा  इजाजतपत्र भएकाले एक भुक्तानीमा हङकङ डलर ५ लाख सम्म प्राप्त गर्न सक्छन । विगतको चरणमा हङकङ डलर २ लाख ५० हजार मात्र दिइएको थियो।

भर्खरै बन्द गर्न आदेश प्राप्त गरेर बन्द गरिएका हेयर सैलुनले हङकङ डलर ५० हजार सम्म अनुदान  एक भुक्तानीमा प्राप्त गर्नेछन। संबंधित सेलुनमा  कति जना स्टाफ राखेका छ्न सोही अनुसार रकम पर्न सक्छ ।

यातायात सञ्चालकहरूका सन्दर्भमा प्रत्येक सवारी साधन अथवा पानीजहाज देखि  फ्रान्चाइज्ड बसहरू, स्थानीय फेरीहरू, ट्रामवेहरू, ट्याक्सीहरू, रातो मिनी बसहरू र हरियो मिनिबसहरूले सम्मले हङकङ डलर ३० हजार एक पटक अनुदान प्राप्त गर्नेछन । प्रत्येक काइतो जहाज (वाटर ट्याक्सी ) लाई हङकङ डलर २० हजार अनुदान दिइनेछ।

लकडाउनमा ४४ केस भेटिए

१४ फेब्रुअरी १५:०० बजे

रातभरको लकडाउनबाट ४४  वटा प्रारम्भिक पोजिटिभ केस भेटिएपछि सरकारले मा ओन सान आवासीय ब्लकमा जारी लकडाउन अबधिलाई अरु एक दिन लम्ब्याएको थियो ।

ढलको नमुनामा कोरोनाभाइरस देखिएपछि ली अन एस्टेटको ली शिङ हाउसका बासिन्दाहरूलाई आइतबार राती लकडाउनमा राखिएको थियो ।

४४ वटा प्रारम्भिक पोजिटिभ  केस बाहेक अरु पाँच वटा केसको परिणाम अनिश्चित आएको थियो ।

कोभिडबाट ४ जनाको मृत्यु

१४ फेब्रुअरी सोमबार १८:०० बजे

हङकङमा सोमबार थप चार जनाको मृत्यु कोभिड-१९  बाट भएको थियो ।  सोमबारको कुल नयाँ पुष्टि केस २,०७१ र प्रारम्भिक पोजिटिभ केस संख्या ४,५०० पुगेको थियो ।
जसमा इन्डोनेसियाबाट आएका १९ वटा केस पनि संलग्न थिए।  बाँकी सबै स्थानीय केसहरू थिए जसमा१,९५७ वटा  संदिग्ध ओमिक्रोन संक्रमणहरू थिए।

मृत्यु हुनेमा पामेला युदे नेदरसोल पूर्वी अस्पतालमा रहेका एक ७७ वर्षीय पुरुष र पृन्सेस  मार्गरेट अस्पतालमा रहेका  एक ८२ वर्षीय पुरुष थिए।

अस्पताल भर्ना हुनु अघि नै दुई वृद्धको मृत्यु भएको थियो । क्वङ तिन एस्टेटमा बस्ने एक ७३  वर्षीय पुरुषको मृत्यु आइतवार मृत्यु भएको थियो र सोमबार उनलाई  कोरोनाभाइरस भएको  पुष्टि भएको थियो। अर्का मृतक  एक ७७ वर्षीय व्यक्ति थिए जो याउ मा तेईमा बस्थे र जसमा सोमबार प्रारम्भिक  देखिएको थियो ।

आइतवार रिपोर्ट गरिएको एक तीन वर्षीया बालिकाको अवस्था गम्भीर भएको र उनलाई बाल चिकित्सा आइसियुमा राखिएको जानकारी गराइएको थियो ।
कोभिड–१९ का कारण कुल ९ जना बिरामीको अवस्था गम्भीर रहेको थियो ।

पोजिटिभ पुष्टि भएका हजारौं मानिसहरू  अस्पताल भर्नाको लागि पर्खेर बसेका थिए । यदि उनीहरूलाई निरन्तर उच्च ज्वरो आएमा वा सास फेर्न गाह्रो भएमा तुरुन्तै एम्बुलेन्स बोलाउने सल्लाह स्वास्थ्य अधिकारीहरुले दिएका थिए ।

१४ फेब्रुअरी १९:०० बजे

हङकङका विद्यालयमा आमनेसामने कक्षा पुनः दुई हप्ताका लागि अर्थात मार्च ६ तारीखसम्मको लागि निलम्बन भएको घोषणा सोमबार  शिक्षा ब्यूरोले गरेको थियो । साथै सेकन्डरी स्कुलको भर्ना सम्बन्धि एसेस्मेन्ट पनि क्यान्सल भएको जानकारी गराइएको थियो ।

कार्यकारी प्रमुख क्यारी लामले जनवरी २७ मा  सबै सामाजिक दूरी सम्बन्धि  नियमहरू फेब्रुअरी १७ सम्म र  स्कूलको प्रत्यक्ष कक्षा फेब्रुअरी २१ सम्म निलम्बन हुने बताएकी थिइन।

तर सोमबारको एक अपडेटमा शिक्षा ब्यूरोले किन्डरगार्टेन, प्राथमिक र माध्यमिक विद्यालयहरू साथै ट्युटोरियल स्कूलहरूका प्रत्यक्ष कक्षाहरू मार्च ६ सम्म निलम्बन गरिने बताएको थियोे ।
निलम्बन अवधिमा विद्यालयहरूले क्याम्पसको हाताभित्र विद्यार्थीका निम्ति  कुनै गतिविधि संचालन गर्न पाउने छैन। तर जुन विद्यार्थीका अभिभावकहरूले घरमा आफ्ना नानीहरूको हेरचाह गर्न सक्दैनन उनीहरुको लागि स्कुलले कक्षा कोठा सदा उपलब्ध गराउनु सक्नु पर्छ।
सेकन्डरी फर्म सिक्सका विद्यार्थीहरुलाई  भने आफ्नो पढाई   र इन्टरनल एसेस्मेन्टको लागि विद्यालय जाने छुट हुनेछ स्वास्थ्य मापदण्ड कायम गर्दै ।

ब्यूरो प्रवक्ताले फेब्रुअरी २४ देखि सबै कर्मचारी र भिजिटरले क्याम्पसमा प्रवेश गर्न खोप लगाउन आवश्यक छ भने। प्रत्यक्ष कक्षाहरू निलम्बन भएको अवधिमा नै यो भ्याक्सिन पासको नीति लागू हुनेछ।

१४ फेब्रुअरी २२:०० बजे

ढलको नमुना प्रारम्भिक पोजेटिभ भएपछि र एउटा प्रारम्भिक पोजेटिभ केस फेला परेपछि अधिकारीहरूले सोमबार साँझ  एबरडीनको  एक ब्लकलाई लकडाउनमा लगेका थिए ।

सोमबार साँझ ८ बजे एबरडीन हाउजिङ एस्टेटको वाह यू हाउसलाई  लक गरिएको थियो।  र बासिन्दाहरूलाई मध्यरात अघि परीक्षण गर्न आदेश दिइएको थियो ।

१५ फेब्रुअरी मंगलबार

तरकारीको मूल्य अझै केही समयको लागि उच्च रहने आकलन गरिएको छ। हालमा चीनबाट  हङकङ ताजा सामान ढुवानी गर्ने सक्रिय  क्रस बोर्डर चालकको संख्या ५० जना भन्दा कम  हुनुले यो अवस्थाको सिर्जना भएको हो।  हिजो मात्र थप १२ जना क्रस बोर्डर ड्राइभरहरू शेन्जेनको भु बन्दरगाहहरुमा  कोभिड-बाट संक्रमित फेला परेका थिए। 

सेन्जेन अथोरिटिले जानकारी दिए अनुसार यी १२ चालक समेत गरेर  कम्तिमा ३५ जना क्रस-बोर्डर ड्राइभरहरू फेब्रुअरी ४ देखि यता संक्रमित भएका थिए ।
गत साता केही तरकारीको मूल्य सामान्यभन्दा दुई वा तीन गुणा बढी भएको थियो।

हङकङ-ग्वाङडोङ यातायात चालक र कर्मचारी संघका प्रतिनिधि  च्यङ युक-फाईले भने अनुसार क्लोज कन्ट्याक्ट मानिएका  लगभग ३०० देखि ४०० चालकहरू अहिले आइसोलेसनमा छ्न।

भाइरस समक्ष आत्मसमर्पण गर्ने होइन

१५ फेब्रुअरी मंगलबार ११:०० बजे

हङकङ नेत्री क्यारी लामले मंगलबार हङकङमा शहरव्यापी लकडाउन गर्ने कुनै योजना नरहेको खुलासा गरिन। कोभिड संक्रमणले जतिसुकै हायलकायल तुल्याएता पनि “भाइरस सामु  आत्मसमर्पण गर्नु” हाम्रो  विकल्प होईन भनिन।

साप्ताहिक प्रेस ब्रिफिङमा बोल्दै लामले मार्चमा हुन लागेको आसन्न कार्यकारी प्रमुखको  निर्वाचन सर्न सक्ने छनक पनि दिइन।

उनले शहर व्यापी लकडाउन गर्ने कुनै योजना नभए पनि   ‘गतिशील शून्य’ कोरोनाभाइरस रणनीतिलाई  दोब्बर कडाइका साथ लागु गर्ने प्रण गरिन । चीनको पदचाप अनुशरण गर्दै जहाँ संक्रमण घटछ त्यहाँ तुरुन्तै नियन्त्रण गरिहाल्ने निति अपनाइने कुरामा जोड दिइन।

सरकारी अधिकारीहरु जति नै जोरजुलमका साथ परीक्षण र आइसोलेसन अभियानमा जुटेता पनि गत दुई हप्तामा संक्रमण दर २० गुणा बढेको थियो ।

“हामी भाइरस समक्ष आत्मसमर्पण गर्न सक्दैनौं। यो हाम्रो  विकल्प होइन।”
लामले  केन्द्र सरकारले १० करोड भन्दा बढी परीक्षण किटहरू हङकङलाई दिने बताइन।

संक्रमण ह्वात्तै बढेता पनि हङकङ जस्तै अन्य शहरको तुलनामा यहाँको मृत्यु दर धेरै कम रहेको छ।

लामले केही सार्वजनिक आवास र होटललाई आइसोलेसन फेसिलिटिमा परिणत गराउने पनि बताइन।

हङकङका ७५ लाख बासिन्दामध्ये ८४ प्रतिशतले कम्तिमा  खोपको एउटा खुराक लगाएका  छन। विडम्बना यति धेरै संक्रमित संख्यामा वृद्धि हुँदा पनि वयोवृद्ध जमात अझै खोप लाउन  हिचकिचाइरहेका छन।

तपाईको प्रतिक्रिया