क्रान्ति सुब्बा

भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस

एबरडीन एस्टेटमा जारी लकडाउन फेब्रुअरी १५ तारीख   मंगलबार दिउँसो समाप्त हुँदा ११ वटा  प्रारम्भिक पोजेटिभ फेला परेका थिए ।

प्रारम्भिक पोजिटिभ केस फेला परेपछि र ढलको नमूनाहरू कोभिड-१९ पोजेटिभ देखिएपछि अधिकारीहरूले एबरडीनको वाह फू एस्टेटको वाह यू हाउसलाई सोमबार साँझ लक गरेका थिए ।

मंगलबार मध्यरातसम्ममा ७३० जना व्यक्तिको परीक्षण गरिएको थियो जसबाट ११ जनामा पोजिटिभ देखिएको थियो।

वाह फु एस्टेट , एबरडिन

अधिकारीहरू २४० घरहरूमा गएका थिए तर १६ घरको ढोका खोलिएन।

३० वटा परिक्षण साइटमा पालो कुर्ने लाई कम गर्न टिकट मेसिन जडान

१५ फेब्रुअरी मंगलबार १६:०० बजे

हङकङका ३० वटा कोविड परीक्षण स्थलमा टिकेटिङ मेसिन जडान गरिएको छ।  लाइनमा बस्ने मानिसको संख्या घटाउन यस्तो स्थलगत टिकट व्यवस्थापनको तर्जुमा गरिएको हो।मङ्गलबारबाट ३०वटा कोविड परीक्षण साइटहरूमा यो टिकटिङ प्रणाली सञ्चालनमा आउन थालेको छ। 

नागरिकहरुले तलको वेबसाईटमा गएर आफ्नो पालो कतिबेला आउछ भनेर चेक गर्न सक्छन आफुले प्राप्त गरेको टिकटको आधारमा ।


https://event.thegulu.com/site_list/TESTING_CENTER

ती ३० परीक्षण साइटहरू निम्न बमोजिम  छन:

हङकङ आइल्याण्ड


– लेई तुङ कम्युनिटी  हल कम्युनिटी टेस्टिङ सेन्टर 
– शेक तङ चोइ स्पोर्टस सेन्टर कम्युनिटी टेस्टिङ सेन्टर 

काउलुन


– क्वुन तङ रिक्रीएअसन ग्राउन्ड  मोबाइल नमूना कलेक्सन स्टेशन
– मेपल स्ट्रीट खेल मैदान मोबाइल नमूना संग्रह स्टेशन
– याउ तङ सामुदायिक हल सामुदायिक परीक्षण केन्द्र
– पाक तिन सामुदायिक हल सामुदायिक परीक्षण केन्द्र
– आर्गिल स्ट्रीट खेल मैदान मोबाइल नमूना संग्रह स्टेशन
– वङ ताई सिन स्क्वायर मोबाइल नमूना संग्रह स्टेशन
– मुक लुन स्ट्रीट खेल मैदान मोबाइल नमूना संग्रह स्टेशन
– हेनरी जि ल्यङ याउ मा तेइ सामुदायिक केन्द्र सामुदायिक परीक्षण केन्द्र
– तुङ ताउ सामुदायिक केन्द्र सामुदायिक परीक्षण केन्द्र
– चि वान शान सामुदायिक हल मोबाइल नमूना संग्रह स्टेशन
– तो क्वा वान खेलकुद केन्द्र सामुदायिक परीक्षण केन्द्रमा
– लाइ कोक सामुदायिक हल मोबाइल नमूना संग्रह स्टेशन
– च्यङ शा वान खेल केन्द्र मोबाइल नमूना संग्रह स्टेशन

न्यु टेरिटोरिज


– युन लङ टाउन इस्ट सामुदायिक हल सामुदायिक परीक्षण केन्द्र
– किन साङ सामुदायिक हल मोबाइल नमूना संग्रह स्टेशन
– सिउ लुन सामुदायिक हल सामुदायिक परीक्षण केन्द्र
– तुंग चुंग नारा  पार्क मोबाइल नमूना संग्रह स्टेशन
– ताई वो खेलकुद केन्द्र सामुदायिक परीक्षण केन्द्र
– हाङ हाउ सामुदायिक हल सामुदायिक परीक्षण केन्द्र
– मा अन शान रिक्रिएसन ग्राउन्ड मोबाइल नमूना संग्रह स्टेशन
– सकर पिच, सन चुई एस्टेट, ताई वाइ मोबाइल नमूना संग्रह स्टेशन
– ताई वो हाउ एस्टेट सामुदायिक केन्द्र मोबाइल नमूना संग्रह स्टेशन
– अन तिङ/याउ ओइ सामुदायिक केन्द्र मोबाइल नमूना संग्रह स्टेशनमा
– तिन शुई खेल केन्द्र मोबाइल नमूना संग्रह स्टेशन
– चुन वान पार्क मोबाइल नमूना संग्रह स्टेशन
-क्वाइ चुङ खेल मैदान मोबाइल नमूना संग्रह स्टेशन
– वाइ चुन खेलकुद केन्द्र सामुदायिक परीक्षण केन्द्र
– लाइ किंग सामुदायिक हल सामुदायिक परीक्षण केन्द्र

टिकट मेसिन

सबै अस्पतालको बेड भरिंदा विरामीहरु सडकमा

१५ फेब्रुअरी मंगलबार १६:०० बजे

कोभिड–१९  बिरामीको चाप बढेपछि सार्वजनिक अस्पतालले आफ्नो  क्षमता गुमाएको थियो । त्यस पछि अस्पताल बाहिर टेन्टहरु राख्न थालिएको थियो ।

सर्वप्रथम  शाम शुई पोको कारिटास मेडिकल सेन्टर, एक्सिडेन्ट एन्ड इमर्जेन्सी डिपार्टमेन्ट छेउको खुला प्रांगणमा अनगिन्ती पालहरू राखेको देखियो जहाँ धेरै बिरामीहरू डाक्टर देखाउन वा अस्पताल भर्ना हुन प्रतीक्षारत थिए।

अस्पताल स्टाफहरू बाहिर रहेका बिरामीहरूलाई हेर्न व्यस्त देखिन्थे । कतिपय विरामीका साथमा परिवारजन पनि  थिए।

यसका अलावा थुप्रै अस्पतालका कार पार्कहरु  निलम्बन गरिएको थियो । कार पार्क भरी  कर्मचारीहरूले टेन्टहरू स्थापना गरेका थिए । कार पार्कहरु वास्तवमा  अस्थायी क्वारेन्टाइन केन्द्रमा परिणत भएका थिए ।

कारिटास मेडिकल सेन्टर बाहिर जडित टेन्ट

अस्पताल प्राधिकरणका अनुसार सोमबार करिटास मेडिकल सेन्टरको एक्सिडेन्ट एन्ड इमर्जेन्सी  विभागमा जम्मा २९२ जना व्यक्ति भर्ना हुन गएका थिए। अस्पतालको बेडको अधिग्रहण (ओकुपेन्सी ) दर ११० प्रतिशत पुगेको थियो । अस्पतालको बेड ११० प्रतिशत फुल हुनु भनेको हङकङका सार्वजनिक अस्पतालहरूमध्ये सबैभन्दा उच्च स्तरको कब्जा  हो।

युन लङको पोक ओइ अस्पतालले पनि आफ्नो उपचारलाई  बाहिरी क्षेत्रमा विस्तार गरेको थियो।  सोमबार राति जिल्लाको तापक्रम १४ डिग्री पुगेको थियो। त्यस्तो चिसोमा पनि अस्पतालबाहिर टेन्ट र शैया राखिएको थियो  ।

बिरामीहरू कोही ओछ्यानमा आराम गरिरहेका थिए, कोही ह्वीलचेयरमा बसिरहेका देखिन्थे । धेरै जसो विरामीहरु वयोवृद्ध थिए।

मेडिकल स्टाफले बिरामीहरूलाई कम्बल र लुगाहरू दिनुपर्ने थियो र एम्बुलेन्समा भर्खर ल्याइएकालाई  व्यवस्थापन गर्नुपर्ने थियो । तर त्यहाँ कसैले कसैलाई वास्ता गरेका थिएनन।

कारिटासमा मेडिकल स्टाफ बिरामीलाई हेर्दै

अस्पतालले त यो खुल्ला साइटलाई  बढदो केसका कारण अस्पताल आएका विरामीलाई व्यवस्थापन गर्न तयार पारिएको संकटकालिन युनिट(ट्राइएज क्षेत्र) भएको बताएको थियो । यसले वृद्धवृद्धा र बिरामीहरूलाई आवश्यकता अनुसार आराम गर्न ओछ्यान पनि प्रबन्ध गर्ने बताइएको थियो ।

ती बिरामीहरूको उपचार गर्न डाक्टरहरू पनि त्यस क्षेत्रमा पठाइएको थियो। र अस्पतालले उनीहरूलाई खाना, पेय र कम्बल पनि उपलब्ध गराएको थियो। सख्त  खाँचोमा परेकालाई प्राथमिकताको उच्च सुचीमा राखिएको जानकारी अस्पताल स्रोतले दिएको थियो ।

अस्पताल प्राधिकरणले सहरका सम्पूर्ण  अस्पतालको बेड र क्वारेन्टाइन सुविधाहरु भरिसकेको बताएको थियो । “अझै पनि हजारौं बिरामीहरू भर्ना हुनका लागि पर्खिरहेका छ्न , त्यसैले हामी क्वारेन्टाइन सुविधाहरू बढाउन प्रयास गरिरहे छौँ ।”

कोभिड रोगी बोक्ने एम्बुलेन्स अब ट्याक्सी

१५ फेब्रुअरी मंगलबार

कार्यकारी प्रमुख  क्यारी लामले मंगलबार कोभिड रोगीलाई बोक्ने एम्बुलेन्सको रूपमा ट्याक्सीलाई  प्रयोग गर्न दिन ट्याक्सी उद्योगसंग कुरा गरिरहेको बताएकी थिइन।

कार्यकारी परिषदको बैठकमा उपस्थित हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै लामले विगत एक सातादेखि समुदायमा प्रकोप बढदै गएपछी  धेरै सङक्रमित नागरिक अझै पनि अस्पताल जानको लागि घरमै कुरेर बसेको बताइन।

अस्पताल प्राधिकरणले एकदम हल्का लक्षण भएका बिरामीको उपचारार्थ केही विशिष्ट क्लिनिकहरूको सूची घोषणा गर्ने बताएपछि लामले औषधोपचार खाचो भएर घरमैले अस्पताल जान प्रतिक्षारत नागरिकलाई एम्बुलेन्स सुबिधा उपलब्ध गराउन ट्याक्सी उद्योगलाई अनुरोध गरिकी थिइन।
हङकङ ट्याक्सी ओनर्स एसोसिएसन लिमिटेडका अध्यक्ष वोङ पो-क्यङले यो योजनाले काम गर्ने विश्वास व्यक्त गरे तर सरकारले इनामस्वरुप कति तलब दिन सक्छ त्यसमा यसको प्रभावकारिता  निर्भर पर्ने बताएका थिए ।
उनले भने  “मैले सुनेको छु कोच बस चालकहरूलाई मासिक हङकङ डलर ५८,००० भुक्तान गरिएको थियो  एयरपोर्टबाट संक्रमित बिरामीहरूलाई क्वारेन्टाइन सम्म पुरयाएबापत। यदि त्यसो हो भने ट्याक्सी चालकहरूलाई पनि कम्तिमा हङकङ डलर ४०,००० देखि ५०,००० दिइनु पर्छ। यात्रुहरूको संख्या कम नै भए पनि यो खतरनाक काम हो।”
उनले यो योजनाले रोग प्रतिरोधात्मक प्रणाली बलियो भएका युवा चालक आकर्षित गर्ने अपेक्षा गरेका थिए ।

होटेललाई आइसोलेसन कोठरी बनाइने

१५ फेब्रुअरी मंगलबार १९:०० बजे

स्रोतले जनाए अनुसार यथाशीघ्र बिद्यमान क्वारेन्टाइन होटलहरूलाई कम्युनिटी आइसोलेसन सुविधामा रूपान्तरण गरिने चर्चा चलेको थियो। त्यसो भएमा होटलका १०,००० कोठाहरु आइसोलेसन कोठरीमा परिणत हुनेछ्न।

बुझिए अनुसार  स्वास्थ्य अधिकारीहरूले ४४ वटा क्वारेन्टाइन होटललाई आइसोलेसन सुविधामा रूपान्तरण गर्ने कुरा सोचिरहेका थिए ।

कार्यकारी प्रमुख क्यारी लामले योजनाबारे छलफल गर्न भोलि होटल क्षेत्रसँग भेटघाट गर्ने बताइन ।

हङकङ टुरिजम एसोसिएसनका कार्यकारी निर्देशक तिमोथी चुइ तिंग-पोङले सम्बन्धित क्वारेन्टाइन होटलहरू यस किसिमको नयाँ परिवर्तनलाई आत्मसात  सक्षम रहेको विश्वास गरे।

हङकङमा दैनिक केस वृद्धिका कारण सबै क्वारेन्टाइन सुविधाहरू भरिएका छ्न । त्यसैले थप क्वारेन्टाइन सुविधाको खोजी भइरहेको थियो ।

चुन वानको डोरसेट होटेल आइसोलेसन सेल बनेपछि अवलोकन गर्दै क्रीस ताङ

साप्ताहिक प्रेस ब्रिफिङका क्रममा लामले सरकारले क्वीन्स हिल इस्टेटको ब्लक १ र ७ र लाइ किङ इस्टेटको हेङ किंग हाउसलाई क्वारेन्टाइनको लागि प्रयोग गर्ने विषयबारे  विचार गरिरहेको बताइन । ति तीनवटा आवासीय ब्लकले तीन हजार युनिटसम्म उपलब्ध गराउने कुरा  लामले बताएकी थिइन ।
विश्वविद्यालयको होस्टललाई पनि अस्थायी क्वारेन्टाइन बनाउन सकिने विकल्पको रूपमा सोच्न सकिने उनले बताइन।

१५ फेब्रुअरी २०:०० बजे

मा ओन शानको ली अन एस्टेटमा लागु भएको दुई दिने लकडाउन  मंगलबार दिउँसो करिब १ बजे हटाएको थियो । जहाँ ४८ जना कोभिड-१९ प्रारम्भिक पोजिटिभ र १० जना अनिश्चित केस भेटिएका थिए ।

लि अन एस्टेटको ली शिङ हाउसको ढलको नमुना पोजिटिभ भएपछि आइतवार राति लक  गरिएको थियो। एक दिनको लकडाउनमा ४४ प्रारम्भिक पोजेटिभ केस  पत्ता लागेपछि एक दिन लकडाउन थपिएको थियो।

लि अन स्टेटको लि सिङ हाउस

कोभिड बिरामी हेर्ने सात वटा क्लिनिक थपिए

१५ फेब्रुअरी २१: बजे


हङकङमा मंगलबार १,६१९  नयाँ पुष्टि केस देखापरेका थिए । ५,४०० प्रारम्भिक पोजिटिभ केसहरू रिपोर्ट गरिएका थिए । सामान्य लक्षण भएकालाई उपचार गर्न  सातवटा क्लिनिकहरू बुधबारदेखि सञ्चालन हुने भनिएको थियो ।
अस्पतालमा भर्ना हुन हजारौं कोरोनाभाइरस संक्रमित व्यक्तिहरू पर्खिरहेको अवस्थालाई मध्यनजर गरि सात वटा अतिरिक्त क्लिनिक संचालन ल्याउन लागिएको  अस्पताल प्राधिकरणले  जनायो । ज्वरो र खोकी जस्ता हल्का लक्षण भएकाहरूको उपचार गर्ने जिम्मा उक्त  क्लिनिकहरूलाई दिएको कुरा  प्राधिकरणका बिरामी सुरक्षा तथा  जोखिम व्यवस्थापन प्रमुख प्रबन्धक सारा हो युनले बताइन।

ती क्लिनिकहरू साताभर बिहान ९ बजेदेखि १ बजेसम्म र त्यसपछि २ बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछन। ती क्लिनिकहरूले एक दिनमा कुल १,०००  बिरामीलाई हेर्न सक्छन।

क्लिनिकको सेवाहरू चाहनेले पहिले नै फोन बुकिङ गर्नुपर्छ। र उनिहरुलाइ यातायात र आवास ब्यूरोले सवारी साधन पठाएर पिक अप गर्नेछ ।

हल्का लक्षण भएका कोभिड बिरामीहरूको लागि तोकिएको क्लिनिकहरूको सूची:

१. पहिलो तला , शाउ केई वान जकी क्लब जनरल आउट-पेन्टेन्ट क्लिनिक
१/एफ, ८ चाई वान रोड, शाउ केई वान
फोन: २५६० ०२११

२. केनेडी टाउन जकी क्लब जनरल आउट-पेशेन्ट क्लिनिक
45 भिक्टोरिया रोड, केनेडी टाउन
फोन: २८१७ ३२१५

३. रोबर्ट ब्ल्याक जनरल आउट-पेशेन्ट क्लिनिक
600 प्रिन्स एडवर्ड रोड ईस्ट, सान पो कंग
फोन: २३८३ ३३११

४. काउलुन बे स्वास्थ्य केन्द्र जनरल आउट-पेशेन्ट क्लिनिक
1/F, 9 काई यान स्ट्रीट, काउलुन बे
फोन: २११६ २८१२

५. साउथ  क्वाई चुंग जकी क्लब जनरल आउट-पेशेन्ट क्लिनिक
३१० क्वाइ शिङ सर्किट, क्वाइ चुङ
फोन: २६१५ ७३३३

६. युन चाउ कोक जनरल आउट-पेशेन्ट क्लिनिक
G/F, 29 च्याप वाई कोन स्ट्रीट, शा तिन
फोन : २६४७ ३३८३

७.  १/एफ, तिन शुई वाई (तिन यिप रोड) सामुदायिक स्वास्थ्य केन्द्र
1/F, 3 तिन यिप रोड, तिन शुई वाइ (हङकङ वेटल्याण्ड पार्क र तिन क्वाई रोडको वियानी कोभको विपरीत)
फोन : ३१२४ २२००

सार्वजनिक अस्पतालहरूले आफ्ना आइसोलेसन वार्डका ९० प्रतिशत क्षमतालाई प्रयोग गरिसकेका छन जुन प्रतिशत भनेको अधिकतम हो अस्पताल प्राधिकरणले भन्यो। त्यसैले अहिलेको प्राथमिकता भनेको  ज्येष्ठ नागरिक, बालबालिका र जोखिममा परेका नागरिक हुन।

कोभिड  पुष्टि भएका तर अस्पताल भर्ना हुन पर्खिरहेका व्यक्तिहरूका लागि हटलाइन 1836115 स्थापना गरिएको छ।  कर्मचारीहरूले चिकित्सा समस्याहरू र घरमा संक्रमणको जोखिमलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा सोधिएका  प्रश्नहरूको जवाफ दिनेछन होले भनिन।

हाल कुल २,४८२ जना कोभिड-१९ रोगी अस्पतालमा भर्ना गरिएको बताइएको थियो । तीमध्ये तीन वर्षीया बालिकासहित आठ जनाको अवस्था गम्भीर थियो ।

मंगलबार दिउँसो एक प्रेस विज्ञप्तिमा प्राधिकरणले उच्च जोखिम वा गम्भीर अवस्थाका कोभिड बिरामीलाई मात्र  पहिला अस्पतालमा भर्ना गरिनेछ र  अरूलाई सामुदायिक क्वारेन्टाइन सुविधाहरूमा पठाइनेछ भनेको थियो ।

डाक्टर चुवाङ सुक क्वान

सामुदायिक परीक्षण केन्द्र वा मोबाइल परीक्षण स्टेशनहरूमा पोजिटिभ वा प्रारम्भिक पोजिटिभ पुष्टि भएका नागरिकहरूलाई विनियोजन प्रणालीका आधारमा पालो राखिनेछ । जोखिम मुल्यांकनका आधारमा उनीहरूलाई अस्पतालमा उपचार गराउने वा सामुदायिक क्वारेन्टाइन सुविधामा पठाउने व्यवस्था मिलाइनेछ।

लक्षण नभएका वा हल्का मात्र लक्षण भएका बिरामीहरुले घरमै आफ्नो पालो कुरेर शान्तसंग बस्न सरकारले अनुरोध गरेको थियो । पर्खाइमा बसेको बेला आफ्नो स्वास्थ्य अवस्थालाई आफैंले मनिटर गर्नु भनिएको थियो । व्यक्तिगत सरसफाइमा पनि ध्यान दिएर  भाइरस फैलिने जोखिमलाई कम गर्न भनिएको थियो ।

सम्भव भए सम्म संक्रमित व्यक्तिहरू आफ्नो कोठामा बस्नुपर्छ, आफ्नो ढोका बन्द राख्नुपर्छ, आमने-सामने सम्पर्कबाट टाढा रहनुपर्छ र एउटै फ्ल्याटमा बस्ने अरूसँग खाना वा व्यक्तिगत सामानहरू बाँडनु हुँदैन।  उनीहरूले कोठाबाट बाहिर निस्कँदा राम्रोसँग सर्जिकल मास्क लगाउन पर्दछ।

कोठामा स्वच्छ हावा आवतजावत गराउन उनीहरूले हमेशा आफ्ना झ्यालहरू खोल्नु पर्दछ र प्रत्येक दिन १:४९ पातलो घरेलु ब्लीचले आफ्नो घर सफा र कीटाणुरहित गर्न पनि  सिफारिस सिफारिस गरिएको थियो ।
यदि उनीहरूले परिवारका अन्य सदस्य वा बासिन्दासँग एउटै शौचालय साझा तरिकाले प्रयोग  गर्नु पर्ने स्थिति छ भने प्रयोग गरेपछि तुरुन्तै सौचालयलाई सफा र कीटाणुरहित गर्नुपर्छ। घरको प्रत्येक नालामा हप्तामा एक पटक करिब आधा लिटर पानी हाल्नु पर्छ।

सङ्क्रमित व्यक्तिहरू घरभित्रै बस्नुपर्छ । तिनीहरू बाहिर जानैपर्ने अवस्था जस्तै डाक्टरलाई भेटनु परेमा उनीहरूलाई  पोइन्ट-टु-पोइन्ट यातायातबाट जान सुझाव दिइन्छ।

विदेशी अनुभवले देखाए अनुसार ओमिक्रोन भेरिएन्टबाट संक्रमित वयस्कहरू डेल्टा भेरिएन्टबाट  संक्रमित भएका व्यक्ति भन्दा कम पीडित देखिएका छ्न। तर वृद्धहरू, दीर्घ रोगबाट पीडित  बिरामीहरू र साना बालबालिकाहरूमा भने ओमिक्रोनको असर गम्भीर परेको छ ।

गम्भीर लक्षणहरू – लगातार उच्च ज्वरो 38 डिग्री वा माथि आएमा , सास फेर्न गाह्रो भएमा, मुटुको धडकन बढने र छाती दुखेमा तुरुन्त  बिरामी वा बिरामीका परिवारले नम्बर 999 मा फोन गरेर एम्बुलेन्स बोलाउन भनिएको थियो ।

सरकारले खोपको महत्त्वलाई दर्साउदै भन्यो- खोप लगाउनाले अस्पतालमा भर्ना हुने र गम्भीर रोगको सम्भावना कम गर्न सक्छ । जसले बिशेष गरि गम्भीर रोग र मृत्युलाई रोक्न  महत्त्वपूर्ण भुमिका खेल्दछ।

तपाईको प्रतिक्रिया