२१ फेब्रुअरी सोमबार । हङकङ । क्रान्ति सुब्बा ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

हङकङमा आज पनि कोभिड संक्रमित संख्या उच्च देखिएको छ। आजको कुल संक्रमित केस संख्या रहेकोछ ७,५३३। ३ वटा केस आयातित हुन भने बाकी सबै स्थानीय संक्रमित थिए ।आज रिपोर्ट गरिएका केसमा २० वटा केस डेल्टा भेरिएन्टसंग संबंधित थिए । आज नै एक जना  ११ महिनाकी बालिकाको मृत्यु संक्रमणका कारण भएको जनाइएको छ। कोभिडबाट मृत्यु हुने सबैभन्दा कम उमेरकि बिरामी यिनि नै हुन । हङकङमा कुल कोभिड संक्रमित संख्या ६०,३६३ पुगेको छ।

बालिकाको स्वास्थ्य अवस्था सामान्य नै थियो । तर उनको बोजु, आमाबुवा, डोमेस्टिक हेल्पर, आठ वर्षीय भाइ र जुम्ल्याहा बहिनीको रयापिड टेस्ट नतिजा पोजेटिभ आएको थियो।

डाक्टर लाउ का हिन

उनलाई गत शनिबार बिहान ४ बजे तिर (फेब्रुअरी १९) ज्वरो र चक्कर आएपछि च्यङ क्वान ओ अस्पतालको एक्सिडेन्ट एन्ड इमर्जेन्सी डिपार्टमेन्टमा ल्याइएको थियो ।
उनलाई त्यतिबेला इन्ट्युबेटेड (कृत्रिम स्वासनली मुखमा लाएर स्वास फेर्ने तरिका )  गरिएको थियो, र क्वीन एलिजाबेथ अस्पतालको बाल चिकित्सा सघन कक्ष ( आइसियु) मा सारिएको थियो।

उनको अवस्था बिग्रीदै गएपछि शनिबार दिउँसो उनलाई  हृदयघात (कार्डियाक एरेस्ट) भयो। उनलाई पुन स्वासप्रस्वास बिधीद्वारा होसमा ल्याउने काम भयो । त्यसपछि  एन्टिभाइरल औषधि रेमडेसिभिर प्रदान गरियो । उनको सिटि भ्याल्लु सरदर १७ थियो ।उनले आइतवार साँझ ६:५९  बजे अन्तिम सास छोडिन। यही फेब्रुअरी १५ तारिख  तीन वर्षीया बालिका  र फेब्रुअरी ११तारीख  एक चार वर्षीय बालकको मृत्यु कोभिडबाट भैसकेको छ।

उनको मृत्युको कारण अनुसन्धान गर्न उनको मुद्दा कोरोनर अदालतमा पठाइएको छ।

विगत २४ घण्टामा ज्यान गुमाउने ७ जना पुरुष र ६ जना महिला गरि जम्मा १३ जना थिए  जस मध्ये बालिका पनि एक थिइन जसमा सबैभन्दा वृद्ध मृतक ९७ वर्षका मानिस रहेका छ्न । हङकङमा कोभिडका कारण मृत्यु हुनेको संख्या ३१९ पुगेको छ।

प्रश्न सोध्दै पत्रकार

अस्पताल प्राधिकरणले केहि समय पश्चात नै निको हुने क्रममा रहेका  गैर-कोविड बिरामीहरूलाई  निजी अस्पतालमा सार्ने नयाँ योजना बनाएको छ। जसले गर्दा  कोविड , स्ट्रोक र हृदयघात भएकालाई  उपचार गर्न सार्वजनिक अस्पतालहरूमा बेड उपलब्ध गराउन सकियोस।

सेन्टर फर हेल्थ प्रोटेक्शनले काम गर्ने स्थलहरूमा संक्रमणका  क्लस्टरहरू जन्मिएका छन कि छैनन अनुसन्धान गर्ने भएकोछ। तर ट्रेसिङ कार्य थालनी गर्न केही ढिलाइ हुने जानकारी दिएको छ। कम्पनीहरूलाई आफ्नो कार्यालयहरू सेनिटाइज गर्न वा संक्रमण घटेको छ भने  काम नै स्थगित गर्न सल्लाह दिइएको छ।

तपाईको प्रतिक्रिया