क्रान्ति सुब्बा। हङकङ ।

सातदिने क्वारेन्टाइन कसरी ब्रेक गर्ने तलको भिडियो हेर्नुहोस।

हङकङमा कोभिड पोजिटिभ भएर धेरै मानिस घरमा या त आइसोलेशन सेन्टरमा बसिरहेको अवस्था छ। सेल्फ कीट अर्थात रयापिड टेस्टबाट नेगेटिभ आएपछि  कति दिन बस्नुपर्छ या पर्दैन आदि प्रश्न सर्वत्र उठिरहेको अवस्था छ। यस्तो असमन्जसपुर्ण  अवस्थामा फेब्रुअरी २६ तारीखको प्रेस ब्रीफिङबाट आइसोलेसनबारे केही कुरा अप्डेट गरेकोछ सरकारले ।

यो नयाँ प्रावधान अनुसार अब उप्रान्त आइसोलेसनमा रहेका जोकोही कोभिड  बिरामी जसले दुबै अर्थात पुर्ण खोप प्राप्त गरिसकेका छ्न र उनीहरुको कोभिड टेस्टिङ रिजल्ट आइसोलेसनमा रहेको छैटौं र सातौं दिन अर्थात लगातार दुई दिन नेगेटिभ आएमा र निज आइसोलेसन सेन्टरमा छ्न भने उनलाई छुटकारा दिइनेछ र यदि घरमै आइसोलेसन बसेका छ्न भने उनीहरुलाई  हिडडुल गर्न सक्ने अनुमति दिइएको छ। ( नोट : तपाईंले टेस्ट गरेको दिन या तपाईंको रयालको नमूना संकलन भएको दिनलाई पहिलो दिन मानिन्छ । यदि तपाईसंग टेस्ट गरेको या नमुना संकलन गरेको प्रमाण नभएमा टेस्टको रिजल्ट आएको दिनलाई पहिलो दिन मानिन्छ।)

संक्रमितको नजीक रहेका (क्लोज कन्ट्याक्ट) मानिसले पनि खोपको दुबै डोज लगाएका छ्न भने छैटौं र सातौं दिनको दुइटा टेस्ट नेगेटिभ आएमा सातौं दिन बिहानै घर या आइसोलेसन क्याम्पबाट बाहिर जान सक्छन। तर रयापिड एन्टिजेन टेस्टको दुइ दिनको रिजल्ट मध्ये एउटा मात्र पनि पोजिटिभ आयो भने उसले पुरानै नियम अनुसार १४ दिने आइसोलेसन वा होम क्वारेन्टाइनलाई पालना गर्नु पर्दछ।

तर निको भएर अस्पतालबाट डिस्चार्ज  भएका बिरामीहरूले १४ दिनसम्म सेल्फ-आइसोलेसनमा बसेपछि मात्र छुटकारा प्राप्त गर्न सक्नेछ्न र सामान्य जीवनमा फर्कनु सक्नेछ्न।

हाल लागु यो नयाँ मापदण्ड अनुसार गरिएको दुईवटा टेस्टमा पास हुने संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सर्ने क्षमता एकदम कम हुने भएकोले उनीहरुलाई समय भन्दा अगाडि नै स्वतन्त्र तुल्याइएको हो।

अहिले हस्पिटल अथोरिटिले उच्च जोखिममा रहेका संक्रमित जनलाइ धरातलीय यथार्थ अनुसार संभब भए सम्म छिटो अस्पताल लगिरहेका छ्न। लक्षण नभएका वा हल्का मात्रै लक्षण भएका संक्रमितजनलाइ पनि व्यवस्थापन गर्न संभव भएका जतिलाइ कम्युनिटी आइसोलेसन फेसिलिटीमा १४ दिनको लागी आइसोलेअसनमा पठाइने छ। पोजिटिभ भएर घरमै अस्पताल वा आइसोलेसनबाट लिन आउँछ भनेर बसेका बिरामीलाई यदि सरकरी निकायबाट अस्पताल वा आइसोलेसन सेन्टरमा लान आएनन भने त्यस्ता बिरामीले पोजिटिभ भएको चौधौं दिनमा आफै टेस्ट गर्न सक्छन र परिमाण नेगेटिभ आएमा आइसोलेसन तोडेर दैनिक जीवनमा फर्कन सक्छन।

हङकङमा संक्रमण संख्याको वृद्धिमा जति तिव्रता आए  पनि खाद्य तथा  स्वास्थ्य मन्त्री शोफिया चानले सामुदायिक स्तरमा व्याप्त संक्रमण चेनलाई काटन सरकारले  “शिघ्र संक्रमणको पहिचान गरि  र शिघ्र क्वारेन्टाइन ” रणनीति अपनाउने बताएकी थिइन।

क्वारेन्टाइन सुविधाहरूको अभावको सन्दर्भमा चानले  क्वारेन्टाइन सुविधाहरूमा रहेका युनिटहरू अति खाँचोमा परेकाहरूको लागि आरक्षित गरिनेछ भनिन।

कोभिड बिरामीको अवस्था कतिको गम्भीर छ त्यसको आधारमा अस्पताल भर्ना   गरिने या नगरिने कुरा भर पर्दछ। र  सोही अनुसार आइसोलेसन बेड प्रबन्ध गराउने वा नगराउने कुरा पनि भर पर्दछ । यदि तपाईलाई आइसोलेसनको लागि बेड मिलिहालेमा एशिया वर्ल्ड एक्स्पो ( AsiaWorld-Expo ) कम्युनिटी ट्रीटमेन्ट सेन्टरमा मिल्दछ या त  पेनी बे क्वारेन्टाइन सेन्टर  र होटलहरूमा खोलिएको कम्युनिटी आइसोलेसन सेन्टरमा मिल्दछ चानले उल्लेख गरिन।

पिसिआर (PCR) परीक्षण बिधिको सट्टामा रयापिड  एन्टिजेन परीक्षण किटहरू सरकारले प्रयोग गर्ने योजना लिएको बारे प्रश्न गर्दा  चानले  यो केवल अनिवार्य परीक्षण सूचना प्राप्त गरेका हरुलाई मात्र लागू हुने बताइन।

लक डाउन भएका भवनहरूमा बस्ने बासिन्दाहरूले  अझै पनि पीसीआर परीक्षण बिधिबाट  गुज्रनु पर्छ भनिन।

तपाईको प्रतिक्रिया