२७ फेब्रुअरी आइतबार । हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा सात सातदिन पछि होम क्वारेन्टाइन ब्रेक गर्न सकिने नियम।कुरा बुझ्न तलको भिडियो हेर्नुहोस

फेब्रुअरी २७ तारीख आइतबार  कोभिड-१९ केसको विवरण


.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २६,०२६
.मृत्यु संख्या : ८३ जना (गत २४ घन्टामा)
.आयातित केस संख्या : ७
.स्थानीय संक्रमण संख्या : २६,०१९

.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या :५,८६६
.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट :१,७३६
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट :१८,४२४

विगत २४ घण्टामा १९ देखि १०० वर्षको उमेरमा जम्मा ८३ जनाको मृत्यु भएको छ। तीमध्ये ९० प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिका थिए।
मृत्यु हुने १९ वर्षका एक व्यक्ति दीर्घ रोगबाट पीडित थिए र अपाङ्ग आश्रममा  बस्थे।

मृत्यु हुने अर्का ४६ वर्षका बिरामी क्यान्सरबाट ग्रस्त थिए र केमोथेरापी लिनु पर्ने अवस्था थियो जसले गर्दा उनको रोग प्रतिरोधात्मक शक्ति कमजोर भएको थियो ।

मृत्यु हुने मध्ये ६७ जना वृद्ध आश्रमका वासिन्दा थिए । ती मध्ये तेह्र जनाले एक वा दुई खोप लाएका थिए भने एक जनाले तीनवटा खोप लगाएका थिए।

गत बुधबार र शुक्रबार मृत्यु हुनेको  परीक्षणको नतिजा आउनमा ढिलाइ भएका ती २७ जनाको मृत्यु कोभिडबाट भएको तथ्य आज सदर गरिएको छ। उनीहरु ६८ देखि १०४ वर्षका थिए।

थप ६६ वटा  वृद्ध वा अपांग आश्रमहरू संक्रमणका शिकार भए आज। ती स्थानबाट आज कुल ५३० जना संक्रमित भएका थिए ।
हालसम्म ती आश्रमका ८०० भन्दा बढी कर्मचारी र २,४५० बासिन्दाहरू संक्रमित भएका छन।

पब्लिक अस्पतालमा अस्पताल भर्ना हुन आएका  ३० जना बिरामीलाई कोरोना संक्रमण भएको विश्वास गरिएको थियो। कुल २,७६६ अस्पताल प्राधिकरणका कर्मचारीहरू संक्रमित भएका थिए ।

प्राधिकरणले रयापिड एन्टिजेन किटबाट जाँच्दा  पोजेटिभ भएकाहरुले आफूलाई संक्रमित भएको ठान्न आग्रह  गरेको छ र उनीहरुलाई घरमै बस्न आग्रह गरिएको छ ।
पाँचौ लहर शुरु भए यता कुल संक्रमित संख्या हङकङमा १५८,६८३ पुगेको छ। कुल मृत्यु संख्या ७१७ पुगेको छ।

तपाईको प्रतिक्रिया