क्रान्ति सुब्बा । हङकङ ।

मार्च ४ तारीख  शुक्रबार   कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५२,५२३
.आयातित केस संख्या : ११
.मृत्यु संख्या : १३६ जना (गत २४ घन्टामा)
.खोप नलाएका मृतक संख्या : ९७
.पुर्ण खोप लगाएका मृतक संख्या : १७
.एक खोप लगाएका मृतक संख्या : २१
.मृतक ज्येष्ठ नागरिकको संख्या : १३१ (६५वर्ष माथिका)
.मृत्यु हुने मानिस: ७६ जना पुरुष  ६० जना महिला
.मृत्यु हुनेको उमेर समुह  : २९ वर्ष देखि १०२ वर्ष
.नर्सिङ होमवासीको मृत्यु संख्या : ७३

.पाँचौ लहरबाट पब्लिक अस्पतालमा मर्नेको संख्या: १,३४१
.डिस्चार्ज हुनेको कुल संख्या : ४९४ ( गत २४ घन्टामा)
.प्रयोगमा आएको अस्पतालको बेड: ८६.८%
.अस्पताल भर्ना हुँदा पत्ता लागेको केस संख्या : ६०
.क्लोज कन्ट्याक्ट संख्या : १३०
.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या : ४,५५२
.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २,५३९
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट : ४५,४३२
.महामारी शुरु भएदेखि हालसम्मको कुल केस: ३९०,४४९

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ७,३०६
.पेन्नी बे क्वारेन्टाइनमा बस्नेको संख्या : करिब १,१००
.हाल क्रीटिकल बिरामीको संख्या : ५४ (३७ जनाले खोप लगाएका छैनन)
.सिरियस बिरामीको संख्या : ८५ (५९ जनाले खोप लाएका छैनन)

.अस्पताल प्राधिकरण कर्मचारी संक्रमित संख्या : ६,३८०
.६०० जना जस्तो स्वास्थ्यकर्मी निको भएर काममा फर्किसके


.हालसम्म ७५५ वटा वृद्ध  र अपाङ्ग आश्रमहरु संक्रमणको शिकार भएका छ्न। आज थप ३४ वटा   वृद्ध आश्रम र १२ वटा  अपाङ्ग गृहमा संक्रमण फैलिएको थियो । आज ती गृहबाट ५५२ जना वासिन्दा र १८७ जना कर्मचारीहरू संक्रमित भएका  थिए। ३०२ वटा प्रत्येक आश्रममा दस भन्दा बढी केसहरु फेला परेका थिए । वयोवृद्ध उमेर समुहको लागि पहिलो र दोस्रो डोज खोप बीचको समयावधि पनि सरकारले छोट्याएर २८ दिनबाट २१ दिन बनाएको छ। वयोवृद्ध नागरिक जो कोभिड मुक्त भएका छ्न उनीहरुले निको भएको चार हप्तापछि कोभिडको पहिलो खोप लाउन सक्छन।

हङकङ शहर भरिका ७२ प्रतिशत वृद्ध आश्रम ( नर्सिङ होम) मा संक्रमण फैलिसकेको छ। ९,८०० जना नर्सिङ होम वासिन्दा संक्रमित भएका छ। यो संख्या भने सबै वासिन्दाको १३ प्रतिशत हो। ९.५ प्रतिशत स्टाफहरु पनि संक्रमित भएकाछ्न। हाल सम्म संक्रमणको कारण कम्तीमा ६८० आश्रम वासीले ज्यान गुमाएका छ्न।

नर्सिङ होम निवासी दीर्घ रोगी, मृतक मध्ये एक ५५ वर्षीया महिलाको देहावसान मार्च ३ तारीख भएको थियो ।
  क्यान्सर पीडित ४७ वर्षीया महिला कुइन मेरि अस्पतालमा मार्च ३ तारीख स्वर्गवास भइन। अपांगता आश्रम निवासी एक २९ वर्षका पुरुषमा स्वासप्रस्वास सम्बन्धि समस्याका साथ ज्वरो आएपछि  फेब्रुअरी २७ तारीख प्रीन्स अफ मार्गरेट अस्पतालमा  भर्ना गरिएको थियो । उनको ३ मार्चमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया