क्रान्ति सुब्बा । हङकङ ।

मार्च ३ तारीख बिहीबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५६,८२७
.आयातित केस संख्या : २
.मृत्यु संख्या : १४४ जना (गत २४ घन्टामा)
.खोप नलाएका मृतक संख्या : १२४
.पुर्ण खोप लगाएका मृतक संख्या : १०
.एक खोप लगाएका मृतक संख्या :१०
.मृतक ज्येष्ठ नागरिकको संख्या :१३४(६५वर्ष माथिका)
.मृत्यु हुने मानिस: ८५ जना पुरुष  ५९ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ४२ वर्ष देखि १०२ वर्ष
.नर्सिङ होमवासीको मृत्यु संख्या : ५६


.महामारी शुरु भएदेखि हालसम्मको कुल केस:३३७,९२६

.पाँचौ लहर यता पब्लिक अस्पतालमा मर्नेको संख्या :१,१५३
.२ वर्ष अघि शुरु भएको महामारीबाट मृत्यु हुनेको कुल संख्या  :१,३१२
.डिस्चार्ज हुनेको कुल संख्या :५६४ ( गत २४ घन्टामा)
.प्रयोगमा आएको अस्पतालको बेड:८८.१%
.अस्पताल भर्ना हुँदा पत्ता लागेको केस संख्या : ६०
.क्लोज कन्ट्याक्ट संख्या : १३०

.हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या : ५,४३४
.स्वास्थ बिभाग पब्लिक हेल्थ ल्याबबाट : २,६०२
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट :४८,७९१

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ६,६९८
.पेन्नी बे क्वारेन्टाइनमा बस्नेको संख्या : करिब ७२०
.हाल क्रीटिकल बिरामीको संख्या : ७८ (५२ जनाले खोप लगाएका छैनन)
.सिरियस बिरामीको संख्या : ११६ (६४ जनाले खोप लाएका छैनन)

.अस्पताल प्राधिकरण कर्मचारी संक्रमित संख्या :५,२२१
.६०० जना जस्तो स्वास्थ्यकर्मी निको भएर काममा फर्किसके

पोजेटिभ भएको दिन र आइसोलेसनबाट छुटकाराको दिनलाई कसरी हिसाब गर्ने


.बिरामीले नमूना परीक्षण गरेको दिन अथवा स्वाब(रयाल)को नमुना संकलन भएको दिनलाई “दिन- ०” ( दिन-शुन्य) को रूपमा लिने
.संक्रमितको संपर्कमा रहेका घरपरिवारका सदस्यहरूको हकमा संक्रमित सदस्यले नमुना बुझाएको दिनलाई शुन्य दिन मानिन्छ।
. यदि परिवारको अन्य कुनै सदस्यलाई पोजेटिभ पुष्टि अन्य सदस्य भन्दा पछि भयो भने अन्तिममा संक्रमित भएको केसको आधारमा होम आइसोलेसन बस्नुपर्ने दिनलाई पुन: गन्ती गर्नु पर्दछ।

.हालसम्म ७१० वटा वृद्ध  र अपाङ्ग आश्रमहरु संक्रमणको शिकार भएका छ्न। आज थप २१ वटा   वृद्ध आश्रम र १६ वटा  अपाङ्ग गृहमा संक्रमण फैलिएको थियो । आज ती गृहबाट ४३४ जना वासिन्दा र १३२ जना कर्मचारीहरू संक्रमित भएका  थिए। हालसम्ममा कुल वृद्ध गृहका लगभग ४,१०० वृद्ध बासिन्दाहरू र १,३०० कर्मचारीहरू पोजिटिभ  वा प्रारम्भिक पोजेटिभ भएका छन ।

नर्सिङ होम निवासी दीर्घ रोगी, मृतक मध्ये एक ४४  वर्षीय व्यक्ति मृत्यु हुनु अघि क्वङ वाह अस्पतालमा भर्ना गरिएको थियो।  सिउ लाम अस्पतालमा उपचाररत अर्का ४२ वर्षीय अपाङ्गता भएका पुरुष बिरामीमा कोभिड-१९ पोजिटिभ देखिएपछि मार्च २ मा उनको मृत्यु भएको थियो । क्यान्सर पीडित ५७ वर्षीया महिलालाई ज्वरो आएपछि प्रिन्स अफ वेल्स अस्पतालमा भर्ना गरिएको थियो । उनको २ मार्चमा निधन भएको थियो ।  क्यान्सर पीडित ५१ वर्षीया महिलालाई च्यङ क्वान ओ अस्पतालमा भर्ना गरिएको थियो । उनको २ मार्चमा निधन भएको थियो ।  कुनै दीर्घ  रोग नभएका एक मात्रा   खोप लगाएका एक ५४ वर्षीय पुरुषलाई  युनाइटेड क्रिस्चियन अस्पतालमा भर्ना हुनु अघि  कोभिड-१९ पोजेटिभ भएको  थियो । उनको २ मार्च दिउँसो निधन भयो। अर्का  क्यान्सर पीडित एक ५२ वर्षीय पुरुषको पनि २ मार्चमा निधन भएको थियो ।  चुन मुन अस्पतालमा भर्ना भएका एक ५५ वर्षीय अपाङ्गता भएका व्यक्तिको २ मार्चमा निधन भएको थियो ।

खाद्य तथा स्वास्थ्य उपसचिव डा. चुई ताक-यीले पत्रकार सम्मेलनमा  हङकङमा जारी किनमेल आतंक बन्द गर्न अनुरोध गरे  । तरकारी, फलफूल र दैनिक उपभोग्य वस्तु लगायतका खाद्यान्न आपूर्ति मुल भूमि चीनबाट हङकङलाई पुग्ने गरि हुन्छ। जल थल मार्गबाट खाद्यान्न सप्लाइ हुनेछ । हामीलाई चाहिने भन्दा १.९ गुणा बढी अन्नपात चीनबाट आयात भैरहेछ। हामीलाई एक महिना सम्म पुग्ने चामल ,३ महिना सम्म पुग्ने फ्रोजन मासुको  स्टक छ अहिले ।  सुपरमार्केट सञ्चालकहरूलाई माग पुरा हुने हिसाबले  खाद्यान्न स्टकलाई परिपुर्ति गर्न भनिसकिएको कुरा उनले भने ।आगामी दिनमा हुने अनिवार्य आम परीक्षण बारे भने कुनै विवरण सार्वजनिक गरिएन।

तपाईको प्रतिक्रिया