क्रान्ति सुब्बा

मार्च १० तारीख दिउँसो करिब १२ बजे तिर मुल भूमि चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले हङकङको कोरोनाभाइरसको अवस्था उत्कर्षमा पुगेको निचोड निकालेकाको कुरा मैले आरटिएचकेको अंग्रेजी अन्लाईनमा पढेँ। उनले हर्ष व्यक्त गर्दै यो कुरा भनेका थिए । वस्तुतः यस्तो खबरले चीनबाट आएका अतिथि जति खुशी हुन्छन त्योभन्दा  कैयौं गुना खुशी हङकङवासी हुन्छन । एउटा यस्तो समय थियो जतिबेला संसारको कुनै गोलार्ध एउटै खाडलमा सयौं यदि हजारौं होइन भने मानिसको लास गाडन अभिशप्त थियो । हजारौं लास एउटै घानमा जंगलमा डढेलो लगाए जस्तो गरेर पोलिन्थे। दाउरा किन्न नसक्नेले लास पवित्र गंगामा बगाएका पनि  थिए । त्यस्तो लोमहर्सक दुर्दान्त घडीबाट संसारको कुनै भूगोल गुज्रदा हङकङमा न कोभिड केसको संख्या उल्लेख्य थियो न त मृत्यु नै देख्न सकिने स्थिति थियो । केवल परपिडालाई दुरबाट हेरेर विक्षिप्त हुनु मात्र परेको थियो ।
तर समयको एउटा यस्तो  फरक अन्तराल आयो जतिबेला हङकङले सर्बाधिक संक्रमण क्षमता बोकेको ओमिक्रोनलाई चुपचाप सामना गर्नुपर्ने भो। चारवटा लहरको भोटो फटाइसकेको हङकङ सम्पूर्ण हुतिका साथ शुन्य संक्रमण सहनसिलताका साथ अहोरात्र लडिरहेकै थियो । सबै मुल्य तिरेर कोरोना भाइरसलाई क्षितिज मै सिमित राख्ने हङकङले चालेको कदमलाई संसारले मुक्त कण्ठले प्रशंसा गरेको थियो । अन्ततः  हङकङको पनि पालो आयो। लाग्छ दुर्भाग्यको अनुभव गर्ने पालो सबैको आउँछ ढिलो चाडो। सुर्य पापी र धर्मती दुबैको लागि समान उदाउछ भनेर वाइवलमा बित्थामा लेखिएको होइन रहेछ।
हङकङको मेडिकल सिस्टम इतिहासमा सायद पहिलो चोटि बर्लिनको पर्खाल ढल्यो। १२,१३ डिग्री, फेब्रुअरी मध्य तिरको कठ्याङग्रीने  जाडोमा अस्पताल हाउसफुल भएपछि रोगीहरु आकाश मुनि बस्न बाध्य भए । हङकङमा बुढाखाडाहरुलाई  भकाभक कोरोना भाइरसले मार्न थाल्यो। शब गृहमा लास राख्ने स्थान भरिएपछी लासहरु अस्पतालमा लावारिस हुन थाले।
मृत्यु र भयको डरलाग्दो तान्डव नृत्य पछि बल्ल यो पाँचौ लहर उत्कर्समा पुगेको कुरा आयो। टुप्पोमा पुगेपछि ओरालो लाग्ने प्रकृतिको नियम अनुसार यो लहर टुप्पोमा पुग्नु आफैमा मानसिक राहतदायी संदेश हो।

राष्ट्रिय स्वास्थ्य आयोग कोभिड-१९ तास्क फोर्सका प्रमुख लियाङ वान्नियनले भने कि विगत केही दिनदेखि सङक्रमणको सङख्या ४०,००० देखि ५०,००० मा अडिएको छ। यसको अर्थ हो केसहरूको तीव्र वृद्धिमा रोक लागिसकेको छ।
लिआङ र मुल भूमि चीनका स्वास्थ्य विशेषज्ञहरूको एउटा  प्रतिनिधिमण्डल अहिले हङकङ आएको छ। कोरोनाभाइरस रणनीतिबारे सल्लाह दिन उनीहरु हङकङ आएका हुन।
उनै चीनको विभिन्न भूगोलमा कोभिड संग रेस्लिङ खेलेर ख्याग भएका लियाङले हङकङमा पाचौं लहर चरम विन्दुमा पुग्यो भनेका हुन। के त्यसो भए चरम बिन्दुमा पुग्दा समस्याको जादुमय अन्त्य हुन्छ ? हुदैन । हङकङमा कोभिड केसको गिरावट दर त हङकङले अपनाउने संक्रमण नियन्त्रणका उपायहरूमा निर्भर पर्दछ भनेर लिआङले स्पष्ट गरेका छन।
संक्रमण संख्यामा भारी कटौती ल्याउनु र मानवीय क्षति कम गर्नु हङकङको लागि फलामको चिउरा हो अहिले ।

हङकङ सरकारद्वारा  प्रस्तुत मौलिक महामारी नियन्त्रण बिधिलाई पनि उनले मान्यता दिएका छ्न। हङकङले अवलम्बन गरेको मापदण्डले नागरिकको आत्मविश्वासलाई बढाउछ र  समाजलाई बिचलित हुन दिन्न भन्ने उनको ठम्याइ रहेको छ।

हङकङ सरकारले अपनाएको निति जस्तै:  संक्रमित भएर गम्भीर अवस्था पुगेकालाई प्राथमिकताका साथ हेर्नु , छुट्टै कोविड अस्पतालहरू बनाउदै जानू  र गम्भीर बिरामीलाई बचाउन बिशेष ध्यान दिनुले उपचारको गुणस्तरमा सुधार आउदछ र सहरको मृत्यु दर पनि घटदछ।

वृद्ध गृहहरुमा कोभिड संक्रमणलाई रोक्न क्लोज्ड लुप सिस्टम (बन्द-लुप व्यवस्थापन) अथवा तोकिएको कर्मचारीले मात्र सेवा प्रदान गर्ने प्रणाली लागू गरेर  र बढी भन्दा बढी वृद्ध जनसंख्यालाई भ्याक्सिन लाउन लगाएर  ज्येष्ठ नागरिकको जीवन रक्षा गर्न सकिन्छ र त्यसले महामारीको अवस्थालाई स्थिर बनाउन पनि  मद्दत गर्छ लिआङले बताएका छ्न।

त्यसो त हङकङ युनिभर्सिटीका अन्वेषकहरूले आफ्नो कम्प्युटर मोडलिङलाई  प्रयोग गरि प्रस्तुत गरिएको दृश्य पटमा महामारीको पाँचौं लहरबाट हङकङका १५ देखि २० लाखको संख्यामा नागरिकहरू संक्रमित भएको देखाएको थियो ।

मार्च ८ तारीख मंगलबार जारी गरिएको हङकङ युनिभर्सिटीको यस अनुसन्धानले संकेत गरे अनुसार यो  प्रकोपले मार्च ४ तारीख शुक्रबार शिखर चुमेको थियो ।यो अध्ययन अनुसार अब अप्रिलको मध्य ताका हङकङमा कोभिड केसहरू मनासिव  स्तरमा गिर्ने अनुमान गरिएकोछ।

मार्च ९ तारीख बुधबार  आरटीएचकेको हङकङ टुडे कार्यक्रममा यस सोधले निकालेको निचोडबारे हङकङ युनिभर्सिटी सार्वजनिक स्वास्थ्य संकायकि एसोसिएट   प्रोफेसर कारेन ग्रेपिनले टिप्पणी गर्ने क्रममा केस संख्या घटन थालेको छ र यो आशाजनक संकेत हो भनेकी थिइन। यद्यपि उनले मृत्युको संख्या घटाउन भने खासै केहि गर्न नसकिने  तिक्त यथार्थ पोखिन।

“अस्पतालमा कहिले  भर्ना पाइएला भनेर बिरामी पालो कुरेर बसेका छ्न। अनगिन्ती गम्भीर केसहरु जताततै छ्न। धमाधम मानिसहरुको  मृत्यु भैरहेको छ। यस्तो   अवस्थामा हामीले महामारी कहिले उत्कर्समा पुग्छ भनेर बाटो हेर्नु हुन्न।” उनले आरटिएचकेका कार्यक्रम संचालक  विक्की वंगलाई भनिन।  ” मलाई लाग्छ आउँदा हप्ताहरूमा आउने दुर्दिनलाई अहिलेको यो सकसपुर्ण बिन्दुमा नाटकमा जस्तो गरि हटाउन सकिन्न।”
भिरबाट लडने गोरुलाई कसैले काँध हाल्न नसक्ने भएको छ अहिलेको अवस्था । ग्रेपिनको भनाइमा  यसो हुनुको मुल कारण बहुसंख्यक मानिस जसलाई यो रोगले भेटनेवाला थियो उनीहरुलाई भेटी नै सकेको छ। त्यसैले यसलाई पूर्ववत अवस्थामा फर्काउन धेरै कठिन छ।

उनले कालो बादलको चादिको घेरा देखाउदै भनिन “मलाई लाग्छ अवस्थालाई  सुधार्न अवश्य केहि गर्न  सकिन्छ । जस्तै गम्भीरताको आधारमा अस्पतालले व्यवस्थापन गरेका बिरामीहरू मध्ये सबैभन्दा गम्भीर केसमा स्रोत साधन लगाउने एउटा विकल्प हुन सक्छ। “

ग्रेपिनको भनाइ आरटिएचके अनलाइनमा पढिरहदा मानवीय क्षतिलाई रोक्न ढिलो भैसकेको भन्ने कुराले मलाई एकछिन निकै दुखित तुल्यायो। हिजो सुरक्षित शहर भनेर धेरै हदसम्म ढुक्क हुने यो मन भावी अपसकुन सुन्दा निकै वेचैन हुने रहेछ। हङकङले यति राम्रोसँग संक्रमणलाई  नियन्त्रण गरेको थियो कि मानिसलाई खोप लाउनुको औचित्य छैन सम्म भान गराइदिएको थियो । हङकङ समाजको एउटा ठुलो स्टेक होल्डरको रूपमा बसेका ज्येष्ठ नागरिकले कोभिड खोप प्रती हुनसम्मको उदासीनता प्रकट गरेका थिए । हङकङको खोप दर त्यसै त धिमा गतिमा अगाडि बढेको थियो । आज खोप समयमा नलाउनुको मुल्य सायद हङकङले तिरिरहेछ।

पुर्व प्रकाशित प्रतिवेदनले भने अनुसार यदि पाँचौं लहरको शेष अवधिमा हस्तक्षेपकारी भुमिका निभाउदै संक्रमणको गतिशीलतामा कुनै परिवर्तन ल्याउन सकिएन भने मे १ तारीख  सम्ममा मृत्यु हुनेको संख्या  अनुमानित ५,००० हुनेछ भनिएको छ।

उक्त रिपोर्टमा दुर्भाग्य व्यवस्थापनका तीनवटा मोडेल प्रस्तुत छ्न। ति तीन मोडेललाई फ्युजन गरि रणनीति बनाएमा  मृत्यु सङख्यालाई घटाउन सकिने सुझाव पनि प्रस्तुत गरिएको छ ती हुन १. अस्पतालको केयर  क्षमता विस्तार गर्ने, २.सबैभन्दा जोखिममा रहेकाहरूलाई नयाँ एन्टिभाइरल औषधिहरू दिने र ३. खोप दर बढाउने। साथै प्रभावकारिताको लागि १४ दिने लकडाउन जारी गरेर सामाजिक हिमचिममा व्यापक कटौती गरे अरु थप ज्यान बचाउन सकिन्छ भनिएको छ।

हङकङको शब्दकोषमा शहर नै ठप्प पार्ने किसिमको लकडाउन शब्द छैन अहिलेसम्म । अनिवार्य आम परिक्षण ( कम्पल्सरी युनिभर्सल टेस्टिङ) संपन्न गर्दा सिमित प्रकृतिको लकडाउन गर्ने भनिएको छ। अब यो अनिवार्य परिक्षण पनि  केस संख्यामा गिरावट आएपछि मात्र गर्ने भनिएको छ। “संक्रमणको जरा खोज्ने अनि त्यो जरालाइ काटदै हिडने ” डाइनामिक शुन्य कोभिड रणनीतिको मुल मन्त्र यही हो। ९० प्रतिशत जनसंख्याले खोप लगाइ नसकिन्जेल यो चोर पुलिसको खेल जारी रहन्छ। तर जब ९० प्रतिशतले खोप लगाइसक्छ्न तब मात्र यो अतिथि देवो भवको रूपमा रहेको चोर कोरोनाभाइरसलाइ हङकङले आफ्नो समाजको अभिन्न अंगको रूपमा स्विकार्ने प्रतिबद्धता गरेकोछ ” भाइरससंग जिउने निति ” अख्तियार गर्दै । अहिले त भाइरसबाट नै मर्ने हो , भाइरससंग मर्ने होइन।

तपाईको प्रतिक्रिया