क्रान्ति सुब्बा

हङकङ नेत्री क्यारी लाम जनताको घरदैलोमा। माथिको भिडियो हेर्नुहोस

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले हङकङ सरकारले अप्रिल महिनाको शुरुआतबाट  प्रत्येक घरपरिवारलाई  कोभिड-१९  किट वितरण गर्नेछ भनेकी छिन। मार्च २५ तारीख शुक्रबार बिहान सम्पन्न नियमित प्रेस ब्रीफिङमा उनले यो  घोषणा गरेकी हुन।

सहरका ३० लाख घरपरिवारले २० थान र्यापिड टेस्ट किट, २० थान केएन ९५ मास्क, मेडिकल इन्फर्मेसन जनित पर्चा सहितको दुई बक्स  चिनियाँ औषधि प्राप्त हुने जानकारी लामले दिइन।

प्याकेज प्राप्त गरेपछि पटकौं परीक्षण जारी राख्ने र कसैको पोजिटिभ नतिजा आउनासाथ स्वास्थ्य अधिकारीहरूलाई तुरुन्तै रिपोर्ट गर्न लामले नागरिकहरूलाई आग्रह गरिन।

सरकारले अपनाएको यो वितरण योजनाले समाजमा व्याप्त संक्रमणको वास्तविक वस्तुस्थिति प्रतिबिम्बित गर्दछ र उच्च जोखिममा रहेका बिरामीहरूलाई लक्षित सहयोग प्रदान गर्न मद्दत गर्दछ उनले भनिन।

महामारी बिरोधि किटयुक्त झोला प्रदर्शनी

गृह मामिलाका कार्यवाहक सचिव ज्याक च्यानले पत्रकारहरूलाई जानकारी दिने क्रममा यी किटका साथमा रहेका मेडिकल सप्लाइहरू मुलभूमि चीनले उपलब्ध गराएको जानकारी दिए । केन्द्रिय सरकारले उपलब्ध गराएको औषधि पसलमा पनि किन्न सकिने चिनियाँ औषधिलाई “नागरिकहरूले व्यापक रूपमा स्वागत गरेको”  स्मरण गराउँदै केएन ९५  मास्कले उच्च स्तरको सुरक्षा दिने बताए ।

कोभिड-१९ रोगलाई  प्रभावकारी ढंगले  उपचार गर्न फापसिद्व ठहरिएको र जसलाई केन्द्रिय सरकारले पनि बिशेष प्राथमिकताका साथ प्रचार गरेको लोकप्रिय परम्परागत चिनियाँ औषधि लियान्हुवा छिङवेन (Lianhua Qingwen) को दुईवटा बाकस प्रेस ब्रीफिङपछि कोभिड किट सामग्रीसहित प्रदर्शन गरिएको थियो।

लियान्वा छिङवेन( Lianhua Qingwen ) मुल  भूमि चीन र हङकङमा विभिन्न लाइसेन्स अन्तर्गत वितरण गरिएको थियो। तर फेब्रुअरीको अन्त्यमा भने आपतकालीन शक्ति प्रयोग गरेर हङकङ सरकारले उक्त  औषधिलाई बिना दर्ता हङकङ आयात गर्न  छुट दिएको थियो ।

महामारी कीट लिनको निम्ति नाम दर्ता गर्नु पर्दैन

क्यारी लामले किटहरू प्राप्त गर्न नागरिकहरूले साइन अप अर्थात नाम दर्ता गर्नु नपर्ने जानकारी दिइन।

बिना झन्झट र असुविधा नागरिकहरूलाई महामारी कीट वितरण गरिनेछ। र वितरण प्रक्रिया पनि  “कडा हुने छैन” । अझ ठुलो परिवारलाई त  स्वयंसेवकहरूले अतिरिक्त  किट थपी पनि दिनेछन लामले बताइन।

हङकङ सरकारको गृह मामिला ब्यूरोले ३५० भन्दा बढी स्थानीय समूह र संस्थाहरूलाई  किटहरू प्याक गरि  वितरण गर्नको लागि आमन्त्रित गरेको छ।  चानका अनुसार  सबै संस्था र ग्रुपले “सकारात्मक प्रतिक्रिया ” दिएका थिए  र बिहीबारसम्मको रेकर्ड अनुसार  १०,००० भन्दा बढी व्यक्तिहरूले सहयोग गर्न तत्पर रहेको बताइसकेका छन।

प्याकेजिङ कार्य  बुधवारबाट सुरु हुने र वितरण अप्रिल लाग्ने साथ  सुरु हुने चानले  बताए। सबै किटहरू हङकङका सबै जिल्लाहरूमा सात दिनभित्र हस्तान्तरण गरिसकिने  अपेक्षा गरिएको छ।

न्यून आय स्रोत भएका समुदाय र  संचालक समिति र म्यानेजमेन्ट नभएको भवनहरूमा  स्वयंसेवक र निजामती कर्मचारीहरु स्वयं कीट वितरण गर्न घर-घर जानेछन चानले भने।

हाउजिङ डिपार्टमेन्टले पब्लिक हाउजिङ कम्प्लेक्सहरुमा वितरण गर्नेछ। ह्यङ यी कुक कम्पनीले  ग्रामीण वा दुर्गम क्षेत्रहरूमा रहेको घरपरिवारको जिम्मा लिनेछ। प्राइभेट प्रोपर्टीहरुमा वितरण गर्ने कार्य  सम्बन्धित मालिकहरूको संस्था वा प्रोपर्टी म्यानेजमेन्टले गर्दछ।

कथमकदाचित केही घरधुरीले सप्लाइ प्याक नपाएको अवस्था रहेमा सबै जिल्लामा सङकलन केन्द्र पनि स्थापना गरिने चानले बताए । यदि कीट पुरयाउन जाँदा कुनै परिवारले  ढोका खोलेनन भने स्टाफले लिखित सन्देश छोडनेछ र बादमा किटहरू सरल दर्ता प्रक्रिया पूरा गरेर संबंधित परिवारले संकलन गर्न सक्नेछ्न।

तपाईको प्रतिक्रिया