क्रान्ति सुब्बा

प्रेस ब्रीफिङ भिडियो हेर्न माथि क्लिक गर्नोस

अप्रिल ९ तारीख शनिबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,५३५
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ८९७
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १,६३८
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१७५,६३१

.आयातित केस संख्या : १३ जना
.६ जना क्याथे प्यासिफिक यात्रुवाहक जहाज CX798 बाट इन्डोनेशियाबाट आएका हुन।

.हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: १५६
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : १५१
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: ५९०
.६८३ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा एउटा पनि डेल्टा भेटिएन । ६७३ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। १० वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,४९२
.आज रिपोर्ट भएको  मृत्यु हुनेको संख्या : ६२
.हालसम्म कुल मृत्यु हुने महिलाको संख्या :३,४५२
.हालसम्म कुल मृत्यु हुने पुरुषको संख्या : ५,०४०
. ६० वर्ष माथिका मृतक : ९६%
.औसत मृत्यु दर : ०.७२%
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ९,२८५
.हाल क्रीटिकल बिरामीको संख्या : ३
.सिरियस बिरामीको संख्या : १७
.आइसियु रहेका संख्या : ६६

मृत्यु विवरण
.गत २४ घन्टामा बितेका मृतक संख्या : ५३
.मृत्यु हुने मानिस: ३५ जना पुरुष १८ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ५८ वर्ष देखि १०७ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ३४
.खोप नलाएका मृतकको संख्या : ३४
.एक खोप लगाएका मृतकको संख्या : १३
.दोस्रो  खोप लगाएका मृतक संख्या : ५
.३ खोप लगाएका मृतक संख्या : १
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ४८

कम उमेरका मृतक (२ जना)
.एक ५८ वर्षका पुरुष  बिरामी
.६० वर्षका दीर्घ रोग भएका बिरामी

.९ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा ५ जना पुरुष , ४ जना महिला, वर्ष ५८ देखि ९६ वर्ष बिचका थिए ।

.डिस्चार्ज संख्या : १,५४३ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ७ जनामा पोजिटिभ देखिएको थियो र ८ जना नजिकका संपर्कमा परेका थिए ।

.अस्पतालका संक्रमित कर्मचारीको संख्या : २१,६२८
.निको भएर ड्युटीमा फर्किएकाको संख्या : २०,३७९

पोजिटिभ केसको संख्या बढनुले नागरिकहरु सरकारले आव्हान गरेको तीन दिने स्वेच्छिक आम परिक्षण योजनामा संलग्न भएको संकेतलाई देखाउदछ भनिन सेन्टर फर हेल्थ प्रोटेक्सनकि प्रमुख च्वाङ सुक क्वानले। तर कतिपयले कोभिड रिजल्ट नेगेटिभ आएको भएता पनि सिस्टममा अपलोड भएको पाइयो।  नेगेटिभ रिजल्ट आउनेले अपलोड नगरिदिन उनले अनुरोध गरिन।

तपाईको प्रतिक्रिया