क्रान्ति सुब्बा

क्यारी लामको भनाइ सुन्न तल क्लिक गर्नुहोस

१० अप्रिल २०२२ आइतबार – (हङकङ) क्यारी लामले आज अप्रील १० तारीख  बिहानको दैनिक मिडिया सम्मेलनमा सम्पूर्ण नागरिकको सहभागिता रहेको  तीन दिने र्यापिड टेस्टको आज अन्तिम दिन भएको बताइन र  सक्रिय सहयोगका लागि जनतालाई पुन अपिल गरिन। यो अभियानबाट अपेक्षा गरे अनुसार धेरै केस नभेटिएको स्थिति रहे पनि रिपोर्ट भएका प्रत्येक केस कम्युनिटी ट्रान्समिसन चेनको हिस्सा पनि हुन सक्छन जसलाई  पहिचान गर्न सकिएको अर्थमा  यसलाइ लिनुपर्ने उनले बताइन। र तीन दिने र्‍यापिड एन्टिजेन टेस्टको प्रभाव अप्रिल १२ सम्म रहने भएकोले सरकारले महामारीको पूर्ण तस्वीर त्यसपछि मात्र  पाउन सक्नेछ उनले स्पष्ट पारिन।

९ अप्रिलको रिपोर्ट हेर्दा पुष्टि कोभिड केस संख्या ३० प्रतिशतले बढेको देखिन्छ । हालसम्ममा र्यापिड एन्टिजेन टेस्टबाट पुष्टि भइ रिपोर्ट भएका कुल  केसहरूमध्ये ७०% व्यक्तिमा लक्षण देखिएका थिए, तर अप्रिल ९ मा रिपोर्ट गरिएका केसहरूमध्ये ७०% केसहरू लक्षणविहीन थिए।  यसर्थमा शहरव्यापी गरिएको रयापिड एन्टिजेन टेस्टिङ उपयोगी सिद्ध भएको तथ्य क्यारी लामले औल्याइन। यो बिधि यथाशक्य  चाँडो प्रसारण श्रृंखला काटन सक्षम हुनेछ फलस्वरूप  प्रभावकारी रूपमा महामारी नियन्त्रण गर्न सजिलो हुनेछ।

हङकङका सबै विद्यालय कक्षाहरु अर्को हप्ता अर्थात  इस्टरको विदा पश्चात चरणबद्व रूपमा खोल्दै जाने जानकारी लामले दिइन। खोप नलाएका  विद्यार्थीले  हरेक दिन परीक्षण गर्नु पर्छ या कसो गर्दा उत्तम हुन्छ  भन्ने बारे केही आइडिया आफुसंग भएको र अर्को हप्ताको सुरुमा कक्षाहरू पुनः सुरु कसरी गर्ने भन्नेबारेमा विस्तृत  विवरण दिदा सबै कुरा बताइने भनिन।

हङकङमा वर्ष ३ देखि ११ सम्मको उमेरका किन्डर्गार्टेन वा प्राइमरी स्कुलका विद्यार्थीको लगभग २ लाख जनसंख्याले खोप लगाएका छैनन। यो संख्या यो उमेर समुहको ३० प्रतिशत जनसंख्या हो।

त्यसो त भ्याक्सिन पास स्कुलमा पनि लागु गर्नु पर्छ भन्ने सुझाव सरकारलाई आएको छ तर कुराकानी निष्पक्षतासंग संबंधित छ। जस्तै भ्याक्सिन नलगाएका विद्यार्थीलाई घरमै बसेर अन्लाईन क्लास गर भन्दा उसले आफ्नो क्लासमेट चाहिँ स्कुल गइरहेको देख्दछ। यो कतिको उचित हुन्छ । सोचनिय विषय छ लामले भनिन।

हाम्रो मुल लक्ष्य भनेको संभव भएसम्म विद्यार्थीहरुको स्कुल जीवनलाई नर्मल बनाइ पाठशाला जाने वातावरण बनाउनु हो र अब उप्रान्त सरकारले त्यति सजिलै स्कुलहरु बन्द गर्ने छैन लामले जोड दिदै भनिन।

यसैबीच सरकारले अप्रील २१ तारीख उप्रान्त चरणबद्व सामाजिक दूरीका नियम खुकुलो तुल्याउदै लैजानेबारे थप विवरण यस हप्ता भित्र नै घोषणा गर्ने उनले बताइन।

क्यारी लामले औंल्याए अनुसार यो हप्ता  सरकारले मुख्य तीन वटा  महामारी विरोधी कार्यमा ध्यान केन्द्रित गर्ने छ। जस अन्तर्गत  इस्टर पछि  सबै स्कूलहरूमा आमनेसामने कक्षाहरू क्रमशः पुन: सुचारु गर्दै लाने योजना पनि परेको छ।

अनिवार्य आम परीक्षण निकट भविष्यमा लागू हुन्छ कि हुँदैन भन्ने  कुरा अहिले सुनिश्चित नभएको लामले बताइन। सर्वप्रथम  शहरव्यापी रयापिड एन्टिजेन परीक्षणको नतिजा आउनु पर्दछ। त्यसपछि नतिजाको पुनरावलोकन हुनु जरुरी छ।  महामारीको विकास र परीक्षण क्षमताको पक्षमा बिचार गर्नु पर्दछ। क्वारेन्टाइन क्षमता र जनमानसमा पर्ने असरलाइ पनि उत्तिकै ध्यान दिएर मात्र अनिवार्य मास टेस्टिङ गर्ने कुरा आउदछ लामले स्पष्ट पारिन।

तपाईको प्रतिक्रिया