क्रान्ति सुब्बा

कार्यकारी प्रमुख क्यारी लामको भनाइ सुन्न तल क्लिक गर्नुहोस

११ अप्रिल २०२२ – (हङकङ) कार्यकारी प्रमुख क्यारी लामले आजको दैनिक पत्रकार सम्मेलनमा स्कुलको गर्मी बिदालाई  फेब्रुअरी २२ तारीखबाट नै सुरु गरिदिएर महामारीको एउटा ठुलो प्रकोपबाट  हङकङलाई बचाएको निष्कर्ष निकालेकी छिन । पाँचौ लहरले ल्याएको विकराल स्थितिमा विद्यालय बन्द नगर्नु निकै ठुलो जोखिम मोल्नु थियो  उनले भनिन।

वास्तवमा २२ फेब्रुअरी पछि दैनिक  १०,००० भन्दा बढीको दरले संक्रमित संख्या बढेको थियो र मार्च महिनामा केस बढने क्रम चरम सीमामा पुगेको थियो । त्यस्तो अवस्थामा हङकङका ८००,००० विद्यार्थीहरूलाई  सामान्य अवस्थामा झैं स्कुल जान दिइएको भए संक्रमण फैलिने जोखिम अति उच्च हुन्थ्यो भन्दै  क्यारी लामले इस्टर बिदापछि कक्षाहरू सुचारु हुने घोषणा गरिन। स्कुल शुरु भएपछि विद्यार्थी र स्कुल कर्मचारीहरूले हरेक दिन र्यापिड एन्टिजेन टेस्ट (RAT) गर्नुपर्ने छ। सरकारले  विद्यार्थीहरुको टेस्टको लागि एक करोड सेट किट उपलब्ध गराउने भएको छ ।

हुन त इस्टर बिदापछि स्कुल शुरु गर्नु जोखिमपूर्ण नभएको होईन , महामारी फेरि फर्कन पनि सक्छ  तर त्यसलाई नियन्त्रण गर्न हामी सक्नेछौं लामले भनिन।

शिक्षा मन्त्री केभिन यङले मे ३ तारीख डिप्लोमा अफ सेकन्डरी एजुकेसनको परिक्षा सकेपछि  माध्यमिक विद्यालयहरूको कक्षाहरू  सुचारु गर्ने विषयमा छ्लफल तथा निर्णय गर्दै जाने बताएकाछ्न ।  तथापि सबै स्तरको हाफ डे फेस टु फेस क्लास भने मे १० तारीखबाट सुरु हुने कुरा उनले खुलस्त पारे। प्राइमरी स्कुलको हकमा हाफ डे फेस टु फेस क्लास भने चरणबद्व हिसाबले छिटोमा यही अप्रिल १९ बाट संचालन हुनेछ उनले भने।

यस अघि  निलम्बनमा परेका सबै तहका अन्लाईन कक्षाहरु तत्कालका लागि  सुचारु गर्न सकिने  र आमने-सामने कक्षाहरू भने  मे ३ उप्रान्त सुचारु हुनेछ।  यङले  दैनिक संचालनमा आएका कक्षाहरुको समिक्षा  मे महिनाको अन्त तिर गरिनेछ भने। र यदि कोभिड केसहरु छिटपुट मात्र  देखिए भने विद्यालयहरूको  कक्षामा हुने पढाइ  जारी रहनेछ उनले जोड दिए।

यद्यपि कुनै पनि  विद्यालयमा पोजिटिभ केसको संख्या ५% नाघेको स्थिति रहेमा हङकङ स्वास्थ्य संरक्षण केन्द्रले कक्षाहरू स्थगित गर्ने निर्णय गर्ने कि नगर्ने भनेर अनुसन्धान र अध्ययन गर्नेछ।  सबै कर्मचारी र भिजिटर हरुले स्कुल परिसरमा प्रवेश पुर्व कम्तीमा एक मात्रा खोप लगाएको हुनुपर्दछ। अन्यथा मेडिकल कारणले भ्याक्सिन लाउन नमिल्ने हो भने मेडिकल सर्टिफिकेट देखाउनु पर्नेछ । शिक्षण कार्यमा संलग्न शिक्षक  र गैर-शैक्षिक कर्मचारीहरूले अप्रिल २१ भन्दा अघि नै खोपको दुई मात्रा ग्रहण गरेको हुनुपर्दछ र मे ३१ बाट सबैले तेस्रो डोज खोप लगाएको हुनुपर्छ ।

मन्त्री यङले कुनै विद्यार्थी संक्रमित रोगीको घनिष्ठ सम्पर्कमा रहेको आधारमा स्कुल निलम्बन नहुने स्पष्ट पारे।

विद्यार्थीले कता टेस्ट गर्ने ?

हङकङको एउटा शिक्षक समूहले विद्यार्थीहरुले प्रत्येक विहान घरमै रयापिड एन्टिजेन टेस्ट गरेर नेगेटिभ आएमा स्कुल जान सक्छ्न भनेको छ।

हङकङ महिला टिचर्स अर्गनाइजेसनले पनि स्कुल तथा क्याम्पसको गेटमा कोभिड परिक्षण गर्न प्राविधिक रूपमा कठिन हुने कुरा उल्लेख गरेका छ्न।

प्रायःजसो प्राइमरी स्कुलका विद्यार्थीहरु बिहान ७:४५ देखि ८ बजेभित्र स्कुल आइ सक्छन। यदि उनीहरु टेस्टमा भाग लिन गेटमा उभिए भने लामो लाइन बन्छ जसले क्रस इन्फेक्सनको हुने जोखिमलाई बडाउदछ।

यदि स्कुलभित्र टेस्ट गरियो भने कोरिनाभाईरस झन क्याम्पस तथा स्कुल भित्र पस्न सक्छ। त्यसकारण प्रत्येक अभिभावकलाई आफ्नो बच्चाको टेस्ट प्रत्येक बिहान गर्न अनुमति दिइनेछ भनिएको छ। र रिपोर्ट पोजिटिभ आएमा स्कुल र सेन्टर फर हेल्थ प्रोटेक्सनलाई फलो अपको लागि खबर गर्नुपर्छ । जसको रिजल्ट पोजिटिभ आउँछ उसले स्कुल जान पाउदैन ।

टेस्टको रिजल्ट बडी टेम्परेचर लेखे जस्तै लेख्नु पर्दछ र अभिभावकले हस्ताक्षर गरेको हुनु पर्दछ संगठनले भन्यो।

खोप नलाएका विद्यार्थीहरुले दिउँसो हुने गैर- शैक्षिक गतिविधि जस्तै खेलकुद र स्पेसल इन्टेरेस्ट ग्रुपमा भाग लिन पाउने छैनन।

तपाईको प्रतिक्रिया