क्रान्ति सुब्बा

हङकङ लिडर क्यारी लामको भनाइ हेर्न तल क्लिक गर्नुहोस

१४ अप्रिल २०२२ – (हङकङ) कार्यकारी प्रमुख क्यारी लामले आज बिहान ११ बजे दैनिक पत्रकार सम्मेलनमा पोजेटिभ केसहरू घटेर न्यून स्तरमा झरेको बताइन ।  तर केस  संख्या अझै हजारको वरिपरि घुमिरहेकोले   नागरिकहरूबीच सामाजिक अन्तरक्रियाको मात्रा बढेमा  संक्रमणको जोखिम पनि अवश्य बढनेछ उनले भनिन।

उनले जनतालाई सामाजिक दूरीका नियमहरू सधैं  पालना गर्न, सावधानी अपनाउन र विशेष गरी आगामी इस्टर बिदामा मास्क लगाउन अपील गरिन।  उनले जतिसक्दो चाँडो खोप लगाउन पनि नागरिकलाई आग्रह गरेकी छन । सामाजिक दुरीका उपायहरू खुकुलो तुल्याइसकिएपछी  भ्याक्सिन पासहरू कडाइकासाथ लागू गरिनेछ र सम्बन्धित विभागहरूले कानूनलाई अझ  बलियो बनाउनेछन उनले भनिन।

यसैबीच खाद्य तथा स्वास्थ्य मन्त्री  डा. सोफिया चानले महामारीको स्थितिमा सुधार हुँदै गएको र सामाजिक दूरीका उपायहरू हल्का रूपमा सहज बनाउन सकिने बताइन । २१ अप्रिलबाट डाइन-इन सेवालाई बेलुका १० बजेसम्म विस्तार गर्न सकिन्छ र प्रति टेबल अधिकतम ४ जना सम्म बसेर खाना खान सकिनेछ। विवाह भोजमा २० जना भन्दा बढी व्यक्ति भेला हुन पाइने छैन ।

बार र पबहरू बन्द नै रहनेछन । केहि निर्धारित परिसरलाई  पुन: खोल्ने अनुमति दिइनेछ जस अन्तर्गत  खेलकुद केन्द्र, फिटनेस सेन्टर, व्युटी  सैलुन, मसाज पार्लर , सार्वजनिक मनोरञ्जन स्थल, सिनेमाघर, खेल मैदान, आर्केड खेल केन्द्र, कार्यक्रम स्थल र पूजा हुने स्थल समावेश छन। एउटा ग्रुपमा ४ जना मात्र जम्मा हुन पाइनेछ। र प्रत्येक स्थानले आफ्नो क्षमताको अधिकतम ५०% क्षमता मात्र उपयोग गर्न पाउनेछ। मास्क हरबखत लगाउनु पर्नेछ।

खोप सर्तहरू पूरा भएको खण्डमा सिनेमा हलहरूमा खाना र पेय पदार्थ सेवन गर्ने अनुमति दिइनेछ। ती स्थानका सबै कर्मचारीले तीन डोज कोभिड खोप लगाएको हुनुपर्दछ। निको भएका बिरामी कर्मचारीले  दुई डोज खोप लगाएको हुनुपर्दछ र दर्शक वृन्दले खोपको तीन डोज प्राप्त गरेको हुनु पर्दछ स्वास्थ्यको कारणले छुट पाएका बाहेकले । १२ वर्ष मुनिका बालबालिका वा विगत ३ महिनाभित्र निको भइसकेकाले बाहेक बाकी सबै दर्शकहरू जसले दुई खोप लागाएका छ्न उनीहरुलाई  प्रवेश गर्न दिइनेछ।

हाल प्रचलित नियम अनुसार कुनै पनि निजि स्थानमा दुई परिवार भन्दा बढी भेला हुन पाइन्दैन। तर अप्रिल २१ बाट यो नियम हटाइने छ।

क्याटरिङ क्षेत्रमा काम गर्ने कर्मचारीले प्रत्येक तीन दिनमा एक चोटि रयापिड एन्टिजेन टेस्ट गर्नुपर्ने छ।

लोकल टुरमा ३० जना सम्म  व्यक्तिहरूलाई सहभागी हुन दिइनेछ  र टुर कम्पनीका सबै कर्मचारीहरूले ३ डोज  खोप लगाउन आवश्यक छ।  र्‍यापिड एन्टिजेन परीक्षण (RAT) प्रत्येक भ्रमण अघि सञ्चालन गरिनेछ।  सबै ग्रुप टुरमा सहभागी सदस्यहरूले खोप पासको आवश्यकताहरू पूरा गर्नुपर्छ।  यदि रयापिड एन्टिजेन टेस्ट ( RAT) मार्फत सबै टुर मेम्बरहरूको परीक्षण नेगेटिभ आएमा प्रति समूह अधिकतम संख्या १०० जना सम्म टुर मेम्बर बढाएर पुर्याउन  सकिन्छ।

यसैबीच सरकारले हालमा जारी २ जनाभन्दा बढी भेला हुन नपाउने नियमलाइ ४ जनासम्म भेला हुन पाउने बनाउन कार्यकारी परिषदमा प्रस्ताव लाने भएको छ ।

२१ अप्रिलदेखि लेजर एन्ड कल्चरल सर्भिस डिपार्टमेन्टले खेलकुद केन्द्र, स्क्वास केन्द्र, आउटडोर टेनिस कोर्ट, बास्केटबल कोर्ट र अन्य बाहिरी सुविधाहरू सहित केही मनोरञ्जन र सांस्कृतिक स्थलहरू पुन: खोल्न अनुमति दिइनेछ।  बाहिरी मनोरञ्जन सुविधा र फिटनेस सुविधाहरू पनि पुन: खोलिनेछ। नियम अनुसार खेलाडीको आधिकारिक संख्याको सहभागितामा अन्तर-टिम प्रतियोगिताहरू गर्न सकिन्छ।  वाटर स्पोर्टस  सुविधाहरू र बारबेक्यू साइटहरू बन्द रहनेछन।   पुस्तकालयहरू पुन: खोलिनेछ तर  मानिसहरूको संख्या क्षमताको आधा भन्दा बढी हुनु हुदैन ।

केही मनोरञ्जनजन्य  सुविधाहरू जस्तै सार्वजनिक समुद्र तट, सार्वजनिक स्विमिङ पुल, वाटर स्पोर्टस केन्द्र र बारबेक्यू क्षेत्रहरू तत्कालको लागि बन्द नैरहने छन। वाटर स्पोर्टस सुविधाहरूलाई दोस्रो चरण खोल्ने  अनुमति दिइनेछ।

तपाईको प्रतिक्रिया