क्रान्ति सुब्बा

मे १ तारीख आइतबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३००
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११९
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १८१
.कुल संक्रमित संख्या : १,२०४,५१०(वर्ल्डोमिटरले देखाएको )
.आयातित केस संख्या : २२ जना
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको आयातित केस: १६
.रयापिड एन्टिजेन टेस्टबाट पत्ता लागेको आयातित केस : ६
.आयातित मध्येमा १४ जना हिजो निम्न फ्लाइट नम्बरहरु मार्फत आएका थिए CX2819(एक जना ), CX865(तीन जना भेन्कुभरबाट), CX881(एकजना लस एन्जलसबाट ), SQ882(२ जना ), SQ894( ५ जना सिंगापुरबाट )  र AI316 (इन्डोनेसिया )।

.नयाँगरि पुष्ठि भएका ११९ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या :२१
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : १६
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ८२
.८४ केसको जिनोम अनुक्रम जाँच गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ८४ वटा केसमा ओमिक्रोन भेटिएको थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ९,१०० (३,७५३ महिला र ५,३४७ पुरुष )
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ५
.औसत मृत्यु दर: ०.७६%

मृत्यु विवरण
.सरकारी अस्पतालमा बितेका मृतक संख्या : ५
.गत २४ घन्टामा मृत्यु हुनेमा ५३ वर्ष देखि ८८ वर्ष बीचका ३ जना पुरुष र २ जना महिला थिए । ६५ वर्ष माथिका मृतकको संख्या : ४
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : १
.खोप नलाएका मृतकको संख्या : २
.एक खोप लगाएका मृतकको संख्या : ०
.दोस्रो  खोप लगाएका मृतक संख्या : ३
.३ खोप लगाएका मृतक संख्या : ०
.कम उमेरका मृतकमा एक ५३ वर्षकि मधुमेह रोगबाट पीडित महिला परिकी थिइन।

.अस्पताल भर्ना भएका बिरामीको संख्या : १,३३९
.क्रीटिकल बिरामीको संख्या : २
.सिरियस बिरामीको संख्या : ०
.आइसियुमा कृटिकल बिरामीको संख्या : ५
.अस्पताल भर्ना हुने क्रममा शुन्य जना पोजिटिभ पुष्टि भएका थिए भने शुन्य  जना घनिष्ठ संपर्क सुचीमा परेका थिए ।
.निको भएका बिरामीको संख्या : १६८ (गत २४ घन्टामा)
.डिस्चार्ज भएका बिरामीको संख्या : ११२

.हस्पिटल अथोरिटी मातहत संक्रमित कर्मचारीको संख्या : २२,५०३
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,०९७


अब बिदेशी पनि हङकङ आउन पाउने


हङकङ सरकारले आजदेखि विदेशबाट हङकङ आउने यात्रुहरु माथि लगाइएको प्रतिबन्धलाई  खुकुलो पारेको छ। आजबाट  कोभिड-१९ विरुद्ध पूर्ण खोप लगाएका गैर-हङकङ बासिन्दाहरूलाई प्रवेश गर्न अनुमति दिएको छ। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटका अनुसार आज दिउँसो १२:३० बजेसम्ममा हङकङमा २० भन्दा बढी उडानहरू आउने जनाइएको थियो । जसमध्ये थाइल्याण्ड र चीनबाट हुने उडानहरूले कुल उडानको २५% ओगटेका थिए । उडानहरू मुख्यतया टोकियो, मनिला, सिंगापुर र अन्य एसियाली क्षेत्रहरूबाट थिए ।
महामारीको विश्वव्यापी असरका कारण हङकङले गैर हङकङवासी बिदेशीलाई हङकङ छिर्न मार्च २५ तारीख २०२० देखि मनाही गरेको थियो ।

तपाईको प्रतिक्रिया