क्रान्ति सुब्बा

मे ११ तारीख बुधबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २८०
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १३१
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४९
.कुल संक्रमित संख्या : १,२०७,०९१ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३५२
.आयातित केस संख्या : ३२ जना
.अस्थायी नमुना संकलन केन्द्र एयरपोर्टमा न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको आयातित केस : १६
.आयातित अन्तर्गतका ८ जना हिजो निम्न फ्लाइटमा आएका थिए JL029,AI314, SQ894, EK384, KE607 र 5J272 ।
.  क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस संख्या : १६ जना ।

.नयाँगरि पुष्ठि भएका १३१ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या : २८
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : १८
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ८५
.५३ केसको जिनोम बिश्लेषण गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ५२ वटा केसमा ओमिक्रोन भेटिएको थियो । भाइरल भारको मापन न्यून रहेका कारण १ वटा केसको भेरिएन्ट छुट्याउन सकिएन ।

.आज सम्ममा हङकङका ३,५०९ वटा स्कुलले फेस टु फेस क्लास संचालन गरेको छ।  विभिन्न २३ वटा स्कुलबाट २४ वटा  पोजिटिभ केस आएका छ्न। जसमा १५ जना  विद्यार्थी र ९ जना शिक्षक परेका छ्न। पोजिटिभ हुनेमा रयापिड एन्टिजेन टेस्ट मार्फत १८ जना पत्ता लागेको थियोे भने ६ जना न्युक्लिक एसिड टेस्ट मार्फत पत्ता लागेको थियो ।  स्कुलहरुबाट आएका जम्मा २४ वटा केस मध्ये ३ जना किन्डरगार्टनबाट, १४ जना  प्राइमरी स्कुलबाट र १७ जना हाइ स्कुलबाट आएका थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१४२
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ३
.औसत मृत्यु दर: ०.७६५%

मृत्यु विवरण
.२४ घन्टामा  बितेका मृतक संख्या : ३ जना ६५ वर्ष माथीका।
.२ जना मृतकले २ डोज  खोप लगाएका थिए ।

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : ८९२
.क्रीटिकल बिरामीको संख्या : ०
.सिरियस बिरामीको संख्या : ०
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३

. निको भएका बिरामीको संख्या : ७९
.डिस्चार्ज भएका बिरामीको संख्या : ३६
.अस्पताल भर्नाको सिलसिलामा स्क्रीनिङ हुँदा कोहि पनि  पोजिटिभ भएका थिएनन।
. हस्पिटल अथोरिटीको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२२,६६१
.निको भएर काम फर्किएका कर्मचारीको संख्या: २२,५२०

.युन लङको १० नम्बर साइ चिङ स्ट्रीट स्थित पोनि गोल्डेन कोर्ट हटपट रेस्टुरेन्ट क्लस्टरबाट थप ३ जना कस्टमर संक्रमित भएका छ्न जसमा ७१ वर्ष देखि ७६ वर्ष बीचका २ जना पुरुष र १ जना महिला परेका छ्न।

यो क्लस्टरबाट संक्रमण हुनेको संख्या २३ पुगेको छ जसमा एक सेफ पनि परेका छ्न भने २० जना कस्टमर र २ जना क्लोज कन्ट्याक्ट परेकाछ्न । उक्त रेस्टुरेन्टमा जम्मा  १९० जना  कस्टमर खाना खान गएका थिए र सबै जनालाई स्वास्थ बिभागले पत्ता लगाइसकेको छ। जसमध्ये ३ जना हाल हङकङमा छैनन- २ जना मलेसिया गएका छ्न भने एक जना सेन्जेन पुगेका छ्न। हङकङ स्वास्थ्य प्राधिकरणले संबंधित स्वास्थ्य बिभागलाई फलो अप गर्न आदेश दिइसकेकोछ।

तपाईको प्रतिक्रिया